ग्लोबल आइएमई लघुवित्तको नाफामा छलाङ, २८३ प्रतिशतले बढ्यो
![कर्पाेरेट बजार कर्पाेरेट बजार](https://www.corporatebazar.com/wp-content/themes/custom_new_theme/images/small_icon.jpg)
वि.सं.२०७८ साउन १८ सोमवार
![image image](https://www.corporatebazar.com/wp-content/uploads/2021/08/download-1-1.jpg)
काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा राम्रो प्रगति गरेको छ । समिक्षा अवधिमा कम्पनीले २८३.०९ प्रतिशत नाफा बढाउन सफल भएको हो । गत आर्थिक वर्षको समिक्षा अवधिमा २२ करोड ७६ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । अघिल्ला आ.वको समक्षा अवधिमा लघुवित्तले मात्रै ५ करोड ९४ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७२.५१ प्रतिशत बढेर ४५ करोड ३१ लख ७१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २६ करोड २६ लाख ९६ हजार रुपैयाँ आर्जन गरेको थियो ।
गत असार मसान्तसम्म लघुवित्तको सञ्चालन मुनाफा २४१.१४ प्रतिशत बढेर ३१ करोड ३२ लाख ९४ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ९ करोड १८ लाख ३८ हजार रुपैयाँ रहेको थियो । लघुवित्तले ४ करोड २५ लाख ६५ हजार रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ३०.४७ प्रतिशत बढेर ४३ करोड १७ लाख १० हजार रुपैयाँ, जगेडा कोष ३९०.४३ प्रतिशत बढेर ३४ करोड ५४ लाख ५५ हजार रुपैयाँ, सापटी ३३.६४ प्रतिशत बढेर ३ अर्ब ४३ करोड ६३ लाख २४ हजार रुपैयाँ, निक्षेप ६२.३४ प्रतिशत बढेर २ अर्ब १३ करोड ८६ लाख ८१ हजार रुपैयाँ र कर्जा ७७.४८ प्रतिशत बढेर ६ अर्ब १६ करोड २६ लाख २ हजार रुपैयाँ रहेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ३४ रुपैयाँ ७७ पैसा बढेर ५२ रुपैयाँ ७३ पैसा छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ५३।३८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ २ पैसा रहेको छ ।
२०७८ साउन १८ गते प्रकाशित
![कर्पाेरेट बजार कर्पाेरेट बजार](https://www.corporatebazar.com/wp-content/themes/custom_new_theme/images/small_icon.jpg)
प्रकाशित समय : ०७:१३ बजे