back

ग्लोबल आइएमई लघुवित्तको नाफामा छलाङ, २८३ प्रतिशतले बढ्यो

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा राम्रो प्रगति गरेको छ । समिक्षा अवधिमा कम्पनीले २८३.०९ प्रतिशत नाफा बढाउन सफल भएको हो । गत आर्थिक वर्षको समिक्षा अवधिमा २२ करोड ७६ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । अघिल्ला आ.वको समक्षा अवधिमा लघुवित्तले मात्रै ५ करोड ९४ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७२.५१ प्रतिशत बढेर ४५ करोड ३१ लख ७१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २६ करोड २६ लाख ९६ हजार रुपैयाँ आर्जन गरेको थियो ।

गत असार मसान्तसम्म लघुवित्तको सञ्चालन मुनाफा २४१.१४ प्रतिशत बढेर ३१ करोड ३२ लाख ९४ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ९ करोड १८ लाख ३८ हजार रुपैयाँ रहेको थियो । लघुवित्तले ४ करोड २५ लाख ६५ हजार रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ३०.४७ प्रतिशत बढेर ४३ करोड १७ लाख १० हजार रुपैयाँ, जगेडा कोष ३९०.४३ प्रतिशत बढेर ३४ करोड ५४ लाख ५५ हजार रुपैयाँ, सापटी ३३.६४ प्रतिशत बढेर ३ अर्ब ४३ करोड ६३ लाख २४ हजार रुपैयाँ, निक्षेप ६२.३४ प्रतिशत बढेर २ अर्ब १३ करोड ८६ लाख ८१ हजार रुपैयाँ र कर्जा ७७.४८ प्रतिशत बढेर ६ अर्ब १६ करोड २६ लाख २ हजार रुपैयाँ रहेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ३४ रुपैयाँ ७७ पैसा बढेर ५२ रुपैयाँ ७३ पैसा छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ५३।३८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ २ पैसा रहेको छ ।

२०७८ साउन १८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...