स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्धारा सरकारी सुविधा नलिने घोषणा

वि.सं.२०७८ साउन १८ सोमवार

काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पदमा रहुँन्जेल सरकारी सुविधा नलिने घोषणा गरेका छन् । स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सुरक्षा बाहेकका अन्य सेवा नलिने बताएका हुन् ।
उक्त पत्रकार सम्मेलनमा श्रेष्ठले कोरोनाभाइरस महामारी रोकथामका लागि एकसय दिने कार्ययोजना पनि सार्वजनिक गरेका छन् । म कार्यरत रहुञ्जेल आवास, गाडी र भत्ता लिन्न’ उनले भने, ‘आफू सम्बद्ध सम्पूर्ण व्यवसायमा पनि आबद्ध हुनेछैन ।’
२०७८ साउन १८ गते प्रकाशित

प्रकाशित समय : ०७:०१ बजे