back

सर्वोत्तम सिमेन्टको शेयर भित्रि कारोबार प्रकरणः अध्यक्ष ढुंगाना अख्तियारको निगरानीमा

काठमाडौँ । सर्वाेत्तम सिमेन्टको शेयर कित्ता भित्रि कारोबारबाट खरिद गरेको आरोप लागेपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि अख्तियार आयोगले छानविन सुरु गरेको छ । शेयर बजारको नियामक निकायका प्रमुखहरुले आफ्नो परिवारको नाममा सर्वोत्तमको शेयर खरिद गरेको भेटिएपछि अख्तियारले यस विषयमा अनुसन्धान थालेको हो ।

यता अर्थमन्त्रालयले पनि ढुंगानालाई स्पष्टिकरण माग गरेको छ । यद्यपी सामान्य जानकारी लिन पाएतापनि अर्थ मन्त्रालयले चेतावनीकै रुपमा भने स्पष्टिकरण माग्न नपाउने केही विज्ञहरुले बताउँछन् । तर, अख्तियार स्रोतका अनुसार मन्त्रालयले ढुंगानालाई स्पष्टिकरणको लागि पत्र काट्नु अगाडी नै अख्तियारले छानविन सुरु गरेको हो । स्रोतकाअनुसार अख्तियारले भिष्म ढुंगानाका पछिल्ला गतिबिधिहरुलाई निगरानीमा राखेको छ ।

साथै यस अगाडी ५१ कम्पनी तोकेर लगानीको लागि जोखिम भनेर निकालेको बिज्ञप्तीको पछाडी पनि अरु नै आर्थिक खेल भएको हुन सक्ने अख्तियारको आशंका रहेको छ । ढुंगानाले भ्रष्ट्राचार गरेको भन्दै यस अघि नै आयोगमा उजुरी समेत परिसकेको थियो ।

अध्यक्ष ढुंगानाको छोरी रेबिना ढुंगानाको नाममा सर्बोत्तम सिमेन्टको शेयर खरिद गरिएको फेला परेको हो । त्यस्तै बोर्डका संचालक रहेका चन्द्र ढकालका भाई हेमराज ढकालको नाममा कम्पनीको शेयर खरिद गरिएको भेटिएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदको श्रीमतीको नाममा पनि शेयर लिएको देखिएको छ ।

बुक विल्डङ विधिबाट आइपिओ निष्काशनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर नियामकको परिवारको नाममा लिएको देखिएपछि अर्थ मन्त्रालयले बोर्ड अध्यक्ष ढुंगाना र नेप्सेका सीइओ साउदलाई ३ दिने स्पष्टिकरण सोधी सकेको छ ।

उता नेपाल धितोपत्र बोर्डको कर्मचारी युनियनले पनि बोर्ड अध्यक्ष ढुंगाना र संचालक ढकाललाई निलम्बन गरि छानविन गर्न माग गरेको छ ।

यो पनि पढ्नुहोस्

नेप्सेका सिईओ साउद, सेबोनका अध्यक्ष ढुंगाना र वरिष्ठ उपाध्यक्ष ढकालले भित्री कारोबार गरेको स–प्रमाण खुलासा

२०७८ साउन १७ गते प्रकाशित


विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वधार निर्माण लागि वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल

विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वधार निर्माण लागि वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार ३१ मंगलवार १८:२५

काठमाडौं ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग लगायत...

योजना आयोग र राष्ट्र  बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता  सम्बन्धमा कुराकानी

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

वि.सं.२०८२ असार २३ सोमवार १६:१६

काठमाडौँ । राष्ट्रिय योजना आयोग र राष्ट्र बैङ्कका गभर्नर बिच...

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार १८ बुधवार १७:०४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको...

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार १६ सोमवार १५:३३

काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले प्रकृतिमा आधारित...

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

वि.सं.२०८२ असार ५ बिहीवार १९:५८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न पाउने गरी...

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार ५ बिहीवार १५:४५

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले नेपालको विकासिल मुलुकमा...