back
himalayan life

सर्वोत्तम सिमेन्टको शेयर भित्रि कारोबार प्रकरणः अध्यक्ष ढुंगाना अख्तियारको निगरानीमा

काठमाडौँ । सर्वाेत्तम सिमेन्टको शेयर कित्ता भित्रि कारोबारबाट खरिद गरेको आरोप लागेपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि अख्तियार आयोगले छानविन सुरु गरेको छ । शेयर बजारको नियामक निकायका प्रमुखहरुले आफ्नो परिवारको नाममा सर्वोत्तमको शेयर खरिद गरेको भेटिएपछि अख्तियारले यस विषयमा अनुसन्धान थालेको हो ।

यता अर्थमन्त्रालयले पनि ढुंगानालाई स्पष्टिकरण माग गरेको छ । यद्यपी सामान्य जानकारी लिन पाएतापनि अर्थ मन्त्रालयले चेतावनीकै रुपमा भने स्पष्टिकरण माग्न नपाउने केही विज्ञहरुले बताउँछन् । तर, अख्तियार स्रोतका अनुसार मन्त्रालयले ढुंगानालाई स्पष्टिकरणको लागि पत्र काट्नु अगाडी नै अख्तियारले छानविन सुरु गरेको हो । स्रोतकाअनुसार अख्तियारले भिष्म ढुंगानाका पछिल्ला गतिबिधिहरुलाई निगरानीमा राखेको छ ।

साथै यस अगाडी ५१ कम्पनी तोकेर लगानीको लागि जोखिम भनेर निकालेको बिज्ञप्तीको पछाडी पनि अरु नै आर्थिक खेल भएको हुन सक्ने अख्तियारको आशंका रहेको छ । ढुंगानाले भ्रष्ट्राचार गरेको भन्दै यस अघि नै आयोगमा उजुरी समेत परिसकेको थियो ।

अध्यक्ष ढुंगानाको छोरी रेबिना ढुंगानाको नाममा सर्बोत्तम सिमेन्टको शेयर खरिद गरिएको फेला परेको हो । त्यस्तै बोर्डका संचालक रहेका चन्द्र ढकालका भाई हेमराज ढकालको नाममा कम्पनीको शेयर खरिद गरिएको भेटिएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदको श्रीमतीको नाममा पनि शेयर लिएको देखिएको छ ।

बुक विल्डङ विधिबाट आइपिओ निष्काशनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर नियामकको परिवारको नाममा लिएको देखिएपछि अर्थ मन्त्रालयले बोर्ड अध्यक्ष ढुंगाना र नेप्सेका सीइओ साउदलाई ३ दिने स्पष्टिकरण सोधी सकेको छ ।

उता नेपाल धितोपत्र बोर्डको कर्मचारी युनियनले पनि बोर्ड अध्यक्ष ढुंगाना र संचालक ढकाललाई निलम्बन गरि छानविन गर्न माग गरेको छ ।

यो पनि पढ्नुहोस्

नेप्सेका सिईओ साउद, सेबोनका अध्यक्ष ढुंगाना र वरिष्ठ उपाध्यक्ष ढकालले भित्री कारोबार गरेको स–प्रमाण खुलासा

२०७८ साउन १७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...