back

बीएस ६ सुजुकी एक्सेस १२५ स्कुटर नेपाली बजारमा

काठमाडौँ । बीएस ६ प्रविधिको सुजुकी एक्सेस स्कुटर नेपाली बजारमा भित्रिएको छ । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक भीजी अटोमोबाइल्स प्रालिले उक्त स्कुटर भित्र्याएको हो । निषेधाज्ञाकै समयमा नेपाल प्रवेश गरेको उक्त स्कुटर सुजुकीको बहुप्रतीक्षित स्कुटर हो ।

यो भारतीय बजारमा टप ३ मा रहन सफल स्कुटर मध्येमा पर्दछ । सुजकी एक्सेस स्कुटर विगतमा नेपालमा पनि धेरै मध्यम वर्गका बीच र व्यावसायिक प्रयोजनमा निकै रुचाइएको स्कुटरमा पर्छ । एक्सेस स्कुटरमा आगाडी ग्यास सिलिन्डर अटाउने, फराकिलो सिट तथा आराम्दाइ यात्रा हुनुका साथै यसमा अगाडिको भागमा स्टिलको कभर समेत रहेको छ । यसले गर्दा यो दैनिक प्रयोजनका लागि निकै नै उपयोगी रहेको छ भने यसको मर्मत खर्च पनि अरु भन्दा कम आउने यसका उपभोक्ताहरुको बुझाई छ ।

हाल नेपालमा भित्रिएको सुजुकी एक्सेस १२५ स्कुटरमा फोर स्ट्रोक सिंगल सिलिन्डर एयरकुल्ड जडित इन्जिन प्रयोग गरिएको छ । नयाँ परिमार्जित एक्सेस १२५ स्कुटरमा भारत स्टेज ६ अर्थात बीएस ६ प्रविधि जडान गरिएको छ भने एफआई प्रविधि समेत रहेको हुँदा उत्कृष्ट माइलेज आउने आकलन गर्न सकिन्छ ।

२ भल्वयुक्त इन्जिन प्रयोग भएको यस स्कुटरमा इन्जिनले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएम टर्क जेनेरेट गर्छ । एलईडी हेडल्याम्प तथा बाहिरबाटै पेट्रोल भर्न सकिने सुबिधाले यसको सजावटमा समेत आकर्षण थपेको छ । एस मा सुजुकी स्टार्ट सिस्टम प्रयोग गरियेको छ र किक स्टार्ट दुबै व्यवस्था रहेको सो स्कुटरमा २२ लिटर बराबरको स्टोरेज राखिएको छ भने मोबाइल चार्जिङ प्वाइन्ट समेत जडान गरिएको छ । दुबै चक्कामा अलोय ह्विल प्रयोग गरिएको सो स्कुटरको जम्मा तौल १०३ किलोग्राम रहेको छ ।

१६० mm को ग्राउण्ड Clearance भएको हुँदा, यो सेग्मेन्ट मै उत्कृष्ट प्रोडोक्ट गनिन्छ । पूर्ण डिजिटल मिटर को साथमा क्लासिक स्टाईल, ईन्जिन diagnosis, battery diagnosis सहित ट्रिप मिटर तीन कलरमा उपलब्ध छन् ।

सेतो, निलो, खैरो र कालो गरी चार रङमा उपलब्ध सुजुकी एक्सेस स्कुटरमा बढि रुकचाइएको रङ भने निलो मानिएको छ ।
२०७८ साउन १७ गते प्रकाशित


विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२७

काठमाडौं । ऊर्जा क्षेत्रको नियमनकारी निकाय र इकोनोमिक मिडिया एसोसिएसन...

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

वि.सं.२०८२ वैशाख ३१ बुधवार १६:०९

काठमाडौं । महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार...

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:५३

काठमाडौं । सांसद रोशन कार्कीले राष्ट्र बैंकको गर्भनर पद लिलामीका...

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण...

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१९

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना...

भूकम्पको शिर्षकमा बजेट छुट्याउन आग्रह

भूकम्पको शिर्षकमा बजेट छुट्याउन आग्रह

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:०९

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद जनार्दन शर्माले...