back

खल्तीले मोबाइल टपअपमा १० प्रतिशत क्यासब्याक दिने

काठमाडौँ । ‘खल्ती’ मा दर्ता गरिएको मोबाइल नम्बर टपअपमा १० प्रतिशत क्यासब्याक भएको छ ।

नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त अनलाइन भुक्तानी सेवा प्रदान गर्ने कम्पनी खल्ती डिजिटल वालेटले ग्राहकको लाभ तथा बचतलाई मध्यनजर गर्दै यस्तो अफर सार्वजनीक गरेको हो ।

यो अफर टपअप सेवामा हालसम्म नेपालकै सबैभन्दा बढी प्रदान गरिएको क्यासब्याक रहेको छ।

प्रयोगकर्ताहरुका लागि रहेको यस अफरले मोबाइल टप अप गर्न पसल धाइरहनुपर्ने र रिचार्ज कार्ड स्क्र्याच गर्नुपर्ने झन्झटलाई न्यूनीकरण गरी ग्राहकहरुको पैसा र समयको बचत गर्न उक्त अफर सञ्चालनमा ल्याइएको खल्तीको ब्रान्ड तथा मार्केटिङ प्रबन्धक शिरिष श्रेष्ठले बताए।

एनसेल, नेपाल टेलिकम, र स्मार्टको टपअपमा लागू हुने यो अफरअन्तर्गत क्यासब्याक पाउन जुन नम्बरमा आफ्नो खल्ती आईडी रहेको छ, सोही नम्बर खल्तीबाट रिचार्ज गर्नपर्ने हुनेछ । यसका साथै खल्ती केवाईसी पनि भेरीफाई भएको युजर खाता हुनपर्नेछ।

यो योजना साउन ७ देखि सुरु भई सीमित समयावधिका मात्र लागि हुनेछ। क्यासब्याक हरेक नेपाली महिनाअनुसार एक महिनाको अधिकतम  १०० हुनेछ भने त्यसपश्चात् सामान्य रूपमा पाइने १ प्रतिशत क्यासब्याक उपलब्ध हुनेछ।

आफ्नोबाहेक अरुको नम्बर रिचार्जमा पनि सामान्य रूपमा पाइने १ प्रतिशत क्यासब्याक उपलब्ध हुनेछ। यसका साथै रिचार्ज गर्दा सम्पूर्ण क्यासब्याक नदेखिए पनि सर्तहरु पूरा भएको खण्डमा भए Transaction History मा पूरै क्यासब्याक पाएको देख्न सकिनेछ।

उक्त अफरसम्बन्धी पाटनस्थित मकै पोल्दै गरेका खल्तीका एक ग्राहक, ललिता यादवले भने, ‘खल्तीबाट रिचार्ज गर्न सार्है सजिलो हुनेरहेछ। त्यसमाथि १० प्रतिशत क्यासब्याक पाउँदा मेरो पैसा र समय दुवैको बचत भएको छ।’

१०५ क्यासब्याक प्राप्त गर्नः

–खल्ती एप को टपअप अप्सनमा गई खल्ती आईडीमा रजिस्टर गरिएको मोबाइल नम्बर र रिचार्ज गर्न चाहेको रकम दाखिला गर्ने।
–सबै विवरण ठिक भएको निश्चित गरी ‘ओके’ बटनमा ट्याप गर्ने ।
–१० प्रतिशत अफरसम्बन्धी थप सर्तहरु खल्तीको ब्लगमा गई हेर्न सकिन्छ।

खल्ती डिजिटल वालेटः

१७ लाखभन्दा बढी प्रयोगकर्ता भएको खल्तीले बिगत चार वर्षभन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तर रुपमा योगदान पुर्याउँदै आइरहेको छ। खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुमा पैसा पठाउन सकिन्छ । यसका साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टीभीको बिल भुक्तानी, फिल्म, फोहोर व्यवस्थापन शुल्क, सरकारी कर तथा सेवा शुल्क तिर्नेजस्ता धेरै सेवाहरु लिन सकिन्छ ।

थप जानकारीका लागि ९७७–९८०१३०११६१ मा पूर्णकुमार रानालाई सम्पर्क वा  [email protected] मा इमेल गरी बुझ्न सकिन्छ ।

२०७८ साउन १० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...