किसान लघुवित्तले माग्यो एफपीओ जारी गर्न अनुमति
वि.सं.२०७८ साउन १० आइतवार
काठमाडौँ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ जारी गर्न अनमति माग गरेको छ ।
सवा १६ करोड रुपैयाँको हाराहारीमा एफपीओ निष्कासन गर्ने अनुमति माग गर्दै लघुवित्तले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो। कम्पनीले गत असार २९ गते धितोपत्र बोर्डमा आवेदन पेस गरिसकेको छ।
बार्डका अनुसार लघुवित्तले १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ जारी गर्ने अनुमति मागेको छ। एफपीओ प्रतिकित्ता १२५ रुपैयाँ तोकिएको छ।
धितोपत्र बोर्डबाट अनुमति पाएमा किसान लघुवित्तले कुल १६ करोड २२ लाख ८२ हजार ४३६.२५ रुपैयाँबराबरको एफपीओ निष्कासन गर्नेछ।
धितोपत्र बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
२०७८ साउन १० गते प्रकाशित
प्रकाशित समय : ०८:२९ बजे





















