प्रभु क्यापिटलले १ वर्षका लागि ‘फ्री’ डिम्याट खाता र मेरो सेयर खोलिदिने
वि.सं.२०७८ साउन १० आइतवार
काठमाडौँ । प्रभु क्यापिटल लिमिटेडले एक वर्षका लागि डिम्याट खाता र मेरो सेयर सेवा निशुल्क दिने भएको छ ।
क्यापिटलले ग्राहकलाई डिम्याट सेवाअन्तर्गत नयाँ डिम्याट योजना ‘समर डिम्याट स्किम’ आज साउन १० गतेबाट सञ्चालनमा ल्याएको हो।
उक्त योजना यही साउन ३२ गतेसम्म सञ्चालन हुने छ ।
यसका साथै यस योजनाअन्तर्गत प्रभु क्यापिटलमा पहिलै डिम्याट खाता हुने तथा नयाँ डिम्याट खाता खोलेका एवं खाता खोल्नलाई अनलाइनका माध्यमबाट आवेदन गरेका ग्राहकले अरु १० जनालाई यस योजनामा रिफर गरी नयाँ डिम्याट खाता खोलाएमा थप १ वर्षका लागि डिम्याट खाता र मेरो सेयर निःशुल्क प्राप्त गर्न सक्नेछन्।
समर डिम्याट स्किम
– डिम्याट अकाउन्ट र मेरो सेयर लगइन निःशुल्क
– साथीभाइ तथा घरपरिवारमा रिफर गरी १० वटा नयाँ डिम्याट खाता खोलाएमा थप १ वर्षका लागि डिम्याट खाता र मेरो सेयर निःशुल्क।
प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपाल अधिराज्यभरि रहेका शाखाबाट यो योजनाअन्तर्गत ग्राहकले डिम्याट खाता खोल्न सक्ने जनाएको छ। यसका साथै प्रभु क्यापिटलको अनलाइन डिम्याट एप्लिकेसन जततउकस्ररमझबतबउउथि।उचबदजगअबउष्तब।िअयm बाट समेत डिम्याट खाताको आवेदन दिन सक्ने क्यापिटले जनाएको छ।
२०७८ साउन १० गते प्रकाशित
प्रकाशित समय : ०९:०४ बजे





















