सुन महँगियो, सस्तियो चाँदीको मूल्य

वि.सं.२०७८ साउन ५ मंगलवार

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य महँगिएको छ भने चाँदी सस्तियको छ । यो दिन सुन प्रतितोला ४०० रुपैयाँले उकालो लागेर छापावाला सुनको प्रतितोला मूल्य ९३ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९२ हजार ७०० रुपैयाँ कायम भएको हो।
हिजो सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाला सुन ९२ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार २८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २९० रुपैयाँमा किनबेच भएको थियो।
२०७८ असार ५ गते प्रकाशित

प्रकाशित समय : ०५:४५ बजे