back
himalayan life

सासु कोष विरुद्दमा परेको रिटमा आज दुवै पक्षको बहस

कामठाडौँ । सामाजिक सुरक्षा कोष (सासु कोष) विरुद्द सर्वोच्च अदालतमा दायर भएको मुद्दामा आज दुवै पक्षबीच बहस हुने भएको छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीले दायर गरेको उक्त रिटको प्रारम्भिक सुनुवाई गर्दै अदालतले कोषको नाममा कारण देखाउ आदेश जारि गरी दुवै पक्षलाई आज बहसमा बोलाएको हो ।

न्यायधीश तेज बहादुर केसी र बम कुमार श्रेष्ठको संयुक्त इजलाशमा बहस हुन लागेको हो । यस अघि असार ३१ मा मुद्दाको पेशी तोकिएपनि हेर्न नभ्याईने भन्दै स्थगित भएको थियो । सोहि मुद्दामा आज बहस हुन लागेको हो ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको तर्फबाट वारेसको रुपमा मुद्दा दायर गरेका अधिवक्ता सुरेश भण्डारीले आज अदालतमाअन्तरिम आदेश दिने कि नदिने बारे बहस हुने बताए।

बैंक तथा वित्तीय संस्थाका कर्मचारी युनियनका अध्यक्षहरु र कर्मचारीहरु समेत गरि ६५ जनाले संयुक्त रुपमा रिट दायर गरेका थिए । कर्मचारीहरुले सासु कोषमा आबद्ध हुनका लागि केही माग राखेका थिए साथै कोषले तय गरेका कतिपय विषयमा चित्त नबुझेको भनि सच्चाउन माग गरेका थिए । आफ्ना मागमा अडान राख्दै कर्मचारीहरुले आन्दोलन समेत गर्दा पनि आफ्नो माग सम्बोधन नभएपछि कोष बिरुद्द अदालत गएका हुन् ।

रिटमा सामाजिक सुरक्षा कोषले बैंकर्स संघलाई लेखेको पत्र, कोषमा आउँनको लागि बाध्य पार्ने गरि कोषले जारि गरेको सूचना, बदर गर्नको लागि आदेश दिन माग गरिएको छ । त्यस्तै बैंक त्तहा वित्तीय संस्थाका कर्मचारीलाई कोषमा जान जबर्जस्ती नगर्न, सेवा सुविधा रोज्ने अधिकार कर्मचारीलाई नै दिन र सामाजिक सुरक्षा कोषलाई स्वेच्छिक बनाउन निर्देशनात्मक आदेशको माग गरिएको छ भने बैंक तथा वित्तीय संस्थालाई गरिएको विभिन्न कारवाही बदर गर्नको लागि आदेश माग गरिएको छ ।

हाल कै अवस्थामा सामाजिक सुरक्षा कोषमा जाँदा खाई पाई आएको सेवा सुविधा घट्ने, आफैले जम्मा गरेको रकम नपाउने अवस्था हुने, सामाजिक सुरक्षाको ग्यारेन्टी नहुने, कार्मचारी बीच विभेद हुने भन्दै कर्मचारीहरुले कोष विरुद्द विभिन्न माग राख्दै आन्दोलन थालेका थिए । बैंक बित्त तथा बीमा कम्पनीका २९ संस्थाले राखेको १५ बुंदे माग बारेमा सकारात्मक जवाफ नआएपछि बैंकिङ क्षेत्रबाट आन्दोलन सुरु भएको थियो । सामाजिक सुरक्षा कोषको बिध्यमन ऐन, नियमावली, कार्यविधिमा भएका व्यवस्था, योजना र सर्तअनुसार आबद्द हुँदा बैंक, बित्त तथा बीमा कम्पनीका विगत ३० बर्षदेखि काम गर्दै आएका कर्मचारीहरु अहिलेसम्म पाउदै आएको सेवा सुविधाबाट बन्चित हुने भएकाले बिध्यमान व्यवस्था संसोधन गरिनु पर्ने उनीहरूको माग छ ।

उता वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले अदालतको अर्को आदेश नआएसम्म सामाजिक सुरक्षा कोषमा नजाने निर्णय गरेको छ । संघको गत बिहिबार बसेको लिगल कमिटिको बैठकले अदालतमा विचाराधीन रहेको मुद्दा हेर्ने मिति सरेकोले सो मितिमा अर्को आदेश नआउँदासम्म कोषमा दर्ता हुन नजाने निर्णय गरेको हो ।

२०७८ असार ५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...