सुनको मूल्यमा सामान्य वृद्धि, हेर्नुस् आजको बजारभाउ
वि.सं.२०७८ असार २५ शुक्रवार
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार(आज) छपावाला सुन प्रतितोला १ सयले बढेको हो । सय रुपैयाँले बढेको छापावाला सुन आज प्रतितोला ९२ हजार ४ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । त्यस्तै तेजावि सुन ९१ हजार ९ सयमा कारोकार भइरहेको छ ।
त्यसैगरी आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो विहिबार १ सयले बढेर छापावाला सुन प्रतितोला ९२ हजार ३ सय र तेजावि सुन प्रतितोला ९१ हजार ८ सय र चाँदीको मुल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार सुन तोलामा ४ सयले रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९२ हजार २ सय र तेजावि सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी चाँदीको मुल्य १० रुपैयाँले बढेर तोलामा १ हजार ३ सय २० रुपैयाँ पुगेको थियो ।
मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ, तेजावी ९१ हजार ३०० रुपैयाँ र चाँदी १ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।
२०७८ असार २५ गते प्रकाशित
प्रकाशित समय : ०५:५७ बजे