back

बजेट कार्यान्वयन गर्न खरो रुपमा उत्रिन्छुः उपप्रधान तथा अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा खरो रुपमा प्रस्तुत भई गतिलो नतिजा ल्याउने दाबी गरेका छन् । आगामी आर्थिक वर्ष २०७८–७९ को अर्थ मन्त्रालयसँग सम्बन्धित कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनका लागि मन्त्रीका हैसियतले गर्नु पर्ने सबै काम र सहयोग गर्न खरो रुपमा प्रस्तुत हुने बताएका हुन् ।

सबैसँगको समन्वयमा बजेट कार्यान्वयनमा राम्रो नतिजा ल्याउने सकिने भन्दै उनले बजेट प्रस्तुत हुन्छ, कार्यान्वयन हुँदैन भन्ने विगतका मानकमा परिवर्तन गरी बजेट प्रस्तुत हुन्छ र कार्यान्वयन पनि हुन्छ भन्ने मानक स्थापित हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उपप्रधान तथा अर्थमन्त्री पौडेलले आगामी वर्षको बजेट कार्यान्वयनको अहिले तयारी भइरहेकाले साउनदेखि नै बजेट कार्यान्वयनले गति लिने बताए ।

उनले कुनै पनि प्रकारको कमजोरी हुन नदिने गरी जिम्मेवारी निर्वाह गर्न कार्यक्रमबाटै कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् । अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले साउन १ गतेदेखि नै आगामी वर्षको बजेट कार्यान्वयनका लागि बलियो आधार तयार भएको भन्दै आ–आफ्नो जिम्मेवारी बोध गरेर काम गर्न जरुरी रहेको बताए। उनले कार्य सम्पादन सम्झौताले अनुगमन गर्न पनि सहज बनाएको धारणा व्यक्त गरे।

राजस्व सचिव रामशरण पुडासैनीले कार्य सम्पादन सम्झौताले उत्तरदायी र जिम्मेवारी बढाएको भन्दै त्यसले नतिजा बढाउन सहयोग पुगेको बताए । उनले कार्यसम्पादन सम्झौता देखाउन र प्रचार गर्नका लागि नभएर प्रतिष्पर्धाको भावना बढाउन भएकाले सोही अनुसार प्रस्तुत हुनु पर्नेमा जोड दिएका छन्।

महालेखा नियन्त्रक मधु मरासिनीले तल्लो तहसम्म कार्य सम्पादन सम्झौता गरी बजेटमार्फत घोषित कार्यक्रमहरु पूरा गर्ने बताएका छन् । अर्थ मन्त्रालयका प्रबक्ता महेश आचार्यले आगामी वर्षको बजेट कार्यान्वयनका तयारीका सन्दर्भमा विभिन्न मन्त्रालयहरुसँग छलफल गरिएको, आवश्यक निर्देशिकाहरु निर्माण भइरहेको जानकारी दिँदै कार्य सम्पादन सम्झौताले उन्नत खालको परिणाम ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्रीसँग अर्थ सचिव, राजस्व सचिव र महालेखा नियन्त्रकले कार्य सम्पादन सम्झौता गरेका हुन्। यस्तै सचिवसँग महाशाखा प्रमुख र विभागीय प्रमुखहरुले कार्य सम्पादन सम्झौता गरेका छन् ।

२०७८ असार २३ गते प्रकाशित


अर्थ मन्त्रालयमा बैठक : नेपाल विकासशील राष्ट्र हुनका लागि तयारी सुरु

अर्थ मन्त्रालयमा बैठक : नेपाल विकासशील राष्ट्र हुनका लागि तयारी सुरु

वि.सं.२०८१ चैत ६ बुधवार १७:२३

काठमाडौं । नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा...

सार्वजनिक ऋण झन्डै २७ खर्ब : राजस्व नउठेपछि ऋण बढाउँदै, साँवा व्याज भुक्तानीमा मात्रै जीडीपीको ३.५४ प्रतिशत खर्च

सार्वजनिक ऋण झन्डै २७ खर्ब : राजस्व नउठेपछि ऋण बढाउँदै, साँवा व्याज भुक्तानीमा मात्रै जीडीपीको ३.५४ प्रतिशत खर्च

वि.सं.२०८१ चैत ६ बुधवार ११:१९

सार्वजनिक ऋण झन्डै २७ खर्ब, साँवा व्याज भुक्तानीमा मात्रै जीडीपीको...

चीनले उत्पादन गर्यो क्यान्सरको नयाँ औषधि: अमेरिकालाई चुनौति

चीनले उत्पादन गर्यो क्यान्सरको नयाँ औषधि: अमेरिकालाई चुनौति

वि.सं.२०८१ चैत ५ मंगलवार १४:५४

चिनियाँ कम्पनीले विकास गरेको नयाँ क्यान्सर औषधिले विश्वव्यापी ध्यान खिचेको...

मौसम पूर्वानुमान: केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

मौसम पूर्वानुमान: केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

वि.सं.२०८१ चैत ५ मंगलवार १०:४८

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

नागरिक लगानी कोषको रकम नागरिकको हितका लागि उपयोग गर्नुपर्छः अर्थसचिव उपाध्याय

नागरिक लगानी कोषको रकम नागरिकको हितका लागि उपयोग गर्नुपर्छः अर्थसचिव उपाध्याय

वि.सं.२०८१ चैत ४ सोमवार १३:४१

काठमाडौं । अर्थसचिव घनश्याम उपाध्यायले नागरिक लगानी कोषको रकम नागरिकको...

स्वास्थ्य मन्त्रालय र डा. सन्दुक रुइत नेतृत्वको तिलगंगा प्रतिष्ठानबीच सम्झौता

स्वास्थ्य मन्त्रालय र डा. सन्दुक रुइत नेतृत्वको तिलगंगा प्रतिष्ठानबीच सम्झौता

वि.सं.२०८१ चैत ३ आइतवार २०:०९

काठमाडौं । आँखा स्वास्थ्य सेवामा नेपाली नागरिकको पहुँच बढाउन भन्दै...