कर्मचारीमाथि एनसेलको दमन, आन्दोलनले लियो उग्र रुप

वि.सं.२०७८ असार २३ बुधवार

काठमाडौँ । एनसेल कम्पनी विरुद्ध कर्मचारीले विगत चार दिनदेखि आन्दोलन सुरु आन्दोलन सतहमा आएको छ । नीजि क्षेत्रको ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले कर्मचारीलाई मानसिक यातना दिनुका साथै कर्मचारी ट्रेड युनियनका अध्यक्षलाई नै धम्कीपुर्ण पत्राचार गरेपछि आन्दोलन सतहमा आएको हो ।
अहिले कर्मचारीहरु एनसेलको मुख्र्यालयमा कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका छन् । उनीकहरुले कालो ब्यानरमा डेभलपमेन्ट पोष्टिङका नाममा हुने गरिएको सरुवा बन्द गर्न र कर्मचारीमाथिको अन्यायपूर्ण कारवाही फिर्ता गर्न माग गरेका छन् ।
आन्दोलनरत कर्मचारीहरुको ट्रेड यूनियनले प्राधिकरणलाई पत्र लेख्दै एनसेल कर्मचारी ट्रेड युनियन एनसेल आजियाटामा रहेका कर्मचारीहरु शान्तिपूर्ण संघर्षका कार्यक्रमहरु वाध्य भएर सूचारू गरेको समेत जनाएको छ ।
एनसेल व्यवस्थापनले कोरोना महामारिकोकारण देखाई कर्मचारीहरुलाई बर्खास्त गर्ने, बलपूर्वक सरूवा गर्ने, गैरकानूनी तबरमा चेताबनी दिने र सामुहिक सौदाबाजीका बिबादलाई समाधान नगर्ने कर्मचारीहरुमा त्रास र भयको वातावरण सिर्जना गर्न लगायतका विभिन्न गतिविधिहरु गरेको कर्मचारीको भनाई छ ।
अहिले बन्दाबन्दि खुकुलो भइसक्दा पनि संस्थाले आफ्ना कार्यालयहरु बन्द गरेर कर्मचारीहरुलाई कार्यालय नआउन उर्दी जारी गरि कार्यालय समय भन्दा पछिको समयमा र बिदाका दिनमा समेत काममा लगाई मानसिक तनाब तथा यातना दिने काम पत्रमा उल्लेख छ ।
अत्यावश्यक सेवा प्रदायक संस्थामा काम गर्ने कर्मचारीहरुलाई सरकारले खोपलाई प्राथमिकता दिएको भएपनि एनसेल व्यवस्थापनले सो को व्यवस्थापन नगरेको र सिमित खोफहरु मगाई भेदभाब पूर्ण तबरले केही कर्मचारीलाई मात्र लगाएको जानकारी गराइएको छ । यूनियनले खोपको लागि सम्बन्धित सरकारी निकायमा पहल गर्न आग्रह गरेको छ ।
साथै युनियले श्रम कार्यालयलाई पत्र लेख्दै ट्रेड युनियनका सदस्यलाई माहामारीको दौरानमा एकतर्फी कानुन बिपरित बर्खास्त गरेको जानकारी गराएका छन् । कर्मचारीले काम गरेर खान पाउने अधिकार र मानब धर्म बिपरित महामारीको समयमा कर्मचारीको बर्खास्ती बलपूर्वक सरुवा, कानुन र सामुहिक सौदाबाजीको उल्लंघन तथा ट्रेड युनियन पदाधिकारी तथा सामुहिक सौदाबाजी समितिका सदस्यहरुलाई औपचारिक रुपमा गैरकानुनी तवरमा चेतावनी दिने कार्य गरेको भएको जानकारी गराएका छन् ।
एनसेल कर्मचारी ट्रेड यूनियनले १९ गतेदेखि कम्पनीले मानसिन यातना दिएको, कोरोना विरुद्धको खोपमा विभेद गरेको , युनियनकै अध्यक्षलाई धम्कीपूर्ण पत्र लेख्ने र कर्मचारीहरूलाई निकाल्ने तथा सुरुवा गर्ने गरेको भन्दै आन्दोलन सुरु गरेको हो ।
कर्मचारीमाथि अन्याय गरेको भन्दै यूनियन सदस्य तथा कर्मचारीले आफूहरू बाध्य भएर विरोधमा उत्रिनु परेको बताए ।
युनियनले आन्दोलनको बोधार्थ श्रम तथा रोजगार कार्यालय टेकु र दुरसञ्चार प्राधिकरण जमललाई समेत गराएका छन् ।
कम्पनीका आन्दोलनरत एक कर्मचारीले ठूलो कम्पनीले पनि आफुहरुलाई अन्याय गरेका बताए । उनले पहिला पनि चार जना कर्मचारीलाई कारवाही गरेको र अहिले विधि प्रक्रियाको नाममा कर्मचारीलाई अस्वाभाविक सरुवा गरेको जानकारी गराए ।
उनले थपे ‘यति मात्रै नभएर कर्मचारीको अधिकारको लागि बोल्दा युनियनकै अध्यक्षलाई धम्कीपूर्ण पत्र लेखियो, हरेक दुई–दुई बर्षमा हुने सामुहिक सौदावाजीमा पेश भएका जायजम माग पनि सम्बोधन भएनन् । त्यही भएर विरोध गरेका हौं ।’
यूनियले स्वास्थ्य सम्बन्धि सुरक्षाका मापदण्डहरू पूर्णरूपमा पालना गर्दै अत्यावश्यक सेवा प्रदानमा समेत बाधा नपुर्याई आफुहरु शान्तिपूर्ण आन्दोलमा उत्रिको जनाएको छ ।
२०७८ असार २३ गते प्रकाशित

प्रकाशित समय : ११:२० बजे