back

वर्ल्डलिंकको इन्टरनेट सेवा संख्या ५ लाख घरधुरी सम्म

काठमाडौँ। इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सले आफ्नो सेवा ५ लाख घरधुरीमा पुगेको दाबी गरेको छ । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकले हाल ५ लाख बढीमा सेवा पुर्याएको हो ।

नेपालमा इन्टरनेट प्रयोग गर्ने हरेक तीन जनामध्ये एक जना प्रयोगकर्ताले वर्ल्डलिंकको इन्टरनेट प्रयोग गर्ने गरेको कम्पनीले दावी गरेको छ । नेपालमा भित्र्याइएको इन्टरनेटको कुल ब्यान्डविथमध्ये ४५ प्रतिशत व्याण्डविथ वर्ल्डलिंक एक्लैले प्रयोग गरेको कम्पनीले जनाएको छ ।

वर्ल्डलिंकको इन्टरनेट कर्णालीको सबैभन्दा दुर्गम क्षेत्रमा समेत नेपालका ७३ जिल्लामा पुगेको छ । वल्र्डलिंक नेपालको तेस्रो ठूलो दूरसञ्चार कम्पनी हो ।

यसै बिचमा वर्ल्डलिंक आईसीटी क्षेत्रको सबैभन्दा ठूलो करदाता पनि बन्न सफल भएको छ । यस कम्पनीले आव २०७६०७७ मा १० औं ठूलो भ्याट योगदानकर्ताको सम्मान समेत पाएको थियो ।

वर्ल्डलिंक आइसीटी क्षेत्रमा सबैभन्दा ठूलो रोजगारदाता कम्पनी पनि हो । यसमा करिव ४ हजार जनाले रोजगारी पाएका छन ।

ववर्ल्डलिंकले देशका १० हजार ठाउँमा पब्लिक वाईफाई विस्तार गरेको छ । कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रमअनुसार देशैभर सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउदै आएको हो ।

दैनिक एक लाख ५१ हजारभन्दा बढीले निःशुल्क उपलब्ध पब्लिक वाईफाई प्रयोग गरिरहेका छन् । मन्दिर, अस्पताल, बसपार्क, क्याफे, रेष्टुरेन्ट लगायतका मानिस धेरै जम्मा हुने स्थानमा कम्पनीले फ्री वाईफाई दिइरहेको छ ।

वर्ल्डलिंक कम्युनिकेशन्समा बेलायती सरकारको संस्था सिडीसी ग्रुपको समेत लगानी रहेको छ । वर्ल्डलिंकले ग्राहकलाई इन्टरनेट, आइपिटिभी र कर्पोरेट ग्राहकलाई डाटा कनेक्टिभिटि सेवा प्रदान गर्दै आइरहेको छ ।

वर्ल्डलिंकको शुरुवात संस्थापक तथा अध्यक्ष दिलीप अग्रवालले सन् १९९५ मा गरेका थिए । त्यतिखेर डायलअप कनेक्टिभिटीमा साधारण ईमेल सेवाबाट यसको शुरुवात भएको थियो ।

संस्थाले भिस्याट, वायरलेस टेक्नोलोजी, केबल इन्टरनेट र एफटिटिएच जस्ता प्रविधिको माध्यमबाट धेरै कठिन मार्गहरू पार गर्यो । कम्पनीको संचालकहरु दिलीप अग्रवाल, मनोज अग्रवाल, स्वर्गीय विजय जालानको वल्डर्डलिंक विस्तारमा महत्वपूर्ण योगदान रह्यो ।

वल्र्डलिंकका अध्यक्ष दिलीप अग्रवालले ग्राहकहरूको विश्वास र समर्थनले गर्दा संस्थाले एउटा कोषेढुंगा पार गरेको बताए । आजको दिन वर्ल्डलिंकका लागि गर्वको क्षण हो, उनले भने हाम्रो परिवार ५००००० को ठूलो परिवार बनेको छ ।

यो विशाल आधार ग्राहकको अथक समर्थनबाट प्राप्त भएको हो । उनले ग्राहकहरूको सेवा गर्न समर्पित कडा मेहनती सबै कर्मचारीहरूसमेत यो उपलब्धिको भागिदार रहेको बताउँदै सबैलाई धन्यवाद दिएका छन् । अग्रवालले कम्पनीको सेवामा संतुष्ट बनाउन आफूहरुको काँधमा ठूलो जिम्मेवारी आएको पनि स्मरण गराएका छन् ।

२०७८ असार १८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...