back

नासोँमा बाढीपहिरोः जलविद्युत र सडकमा २ अर्बको क्षति

काठमाडौँ । मनाङको नासोँ गाउँपालिकामा पहिरो जाँदा जलविद्युत् आयोजना र सडकमा ठूलो क्षति पुगेको छ । आयोजना र सडक भत्किँदा करिब २ अर्बको नोक्सानी भएको गाउँपालिकाले जनाएको हो । गत जेठ १४ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट गाउँपालिकामा १ अर्ब एक करोड ८३ लाख बराबरको सार्वजनिक भौतिक सम्पत्तिमा क्षति भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका सूचना अधिकारी गोविन्द रानाभाटका अनुसार सबैभन्दा धेरै सडकमा रु ८३ करोड ६५ लाख बराबरको क्षति भएको छ । नासोँ क्षेत्रभित्र रहेका कच्ची तथा पक्की गरी सडकमा मात्र सो रकम बराबरको क्षति भएको सूचना अधिकारी रानाभाटलले बताए ।

बाढीपहिरोबाट गाउँपालिकाकै प्रशासनिक भवनमा रु पाँच करोड बराबरको क्षति भएको छ । यहाँका सात पुलमध्ये चार वटा पुल बाढीले बगाएको र तीन वटा पुलमात्र मर्मत गर्न सकिने अवस्थामा रहेको पालिकाले जनाएको छ । पुलमा पूर्ण तथा आशिंक गरी रु पाँच करोड २० लाख बराबरको क्षति भएको छ ।

तीनवटा जलविद्युत् आयोजनामा रु चार करोड ५० लाख बराबरको क्षति भएको सूचना अधिकारी रानाभाटले बताए । यस्तै रु तीन लाख बराबरको एउटा मोटरसाइकल पनि बाढीले बगाएर लगेको बताइएको छ । यही असार ४ गते मस्र्याङ्दी नदीमा आएको बाढीले मनाङको गाउँपालिकाको भौतिक संरचनामा ठूलो क्षति पु¥याएको हो । पालिकाको वडा नं २ बाहेक सबै वडामा बाढीले ठूलो क्षति पु¥याएको छ ।

गाउँपालिकाका अध्यक्ष चन्द्र घलेका अनुसार १, ३, ४, ५, ६, ७, ८ र ९ वडा पूर्णरूपमा बाढीपहिराबाट क्षति भएका छन् । वडा नं ३ मा सबैभन्दा धेरै भौतिक संरचनामा क्षति पु¥याएको छ । अध्यक्ष घलेका अनुसार वडा नं १ को ताल गाउँ अहिले बगरमा परिणत भएको छ । मस्र्याङ्दीमा उर्लिएको बाढीले मनाङका विभिन्न स्थानमा ठूलो क्षति पु¥याएको छ ।

२०७८ असार १८ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

वि.सं.२०८३ जेठ १० आइतवार २३:४३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई बदलिँदो विश्व...

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

वि.सं.२०८३ जेठ १० आइतवार २३:३५

काठमाडौं । देशको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परिरहेका बेला...

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

वि.सं.२०८३ जेठ १० आइतवार २३:११

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा सुर्तीजन्य, मदिरा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

वि.सं.२०८३ जेठ १० आइतवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक वस्तुको...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद

वि.सं.२०८३ जेठ १० आइतवार १०:३३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...