back

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल वायुसेवा नियमको सञ्चालक समितिमा नयाँ पदाधिकारी नियुक्त भएसँगै सुधारका संकेतहरु देखिएका छन् । सुशासन, व्यवसायीकता र सेवा प्रवाहमा सुधार हुन थालेको निगमको दाबी छ ।

निगममा खुल्ला प्रतिस्पर्धाबाट पाँच जना र मन्त्रालयगत प्रतिनिधि दुई जना गरी सात जनाको सञ्चालक समिति गत जेठ ५ गते गठन गरिएको थियो ।

उनीहरु मध्येबाट हवाई सेवाको क्षेत्रका विषयविज्ञ र अनुभवी महेश्वरभक्त श्रेष्ठलाई मन्त्रीपरिषद्को बैठकबाट गत असार ३० गते महाप्रवन्धकको समेत भूमिका निर्वाह गर्नेगरी कार्यकारी अध्यक्षको जिम्मेवारी दिइएको हो।

नेपालको हवाई सेवा क्षेत्रमा अनुभवी, विषयविज्ञ तथा सफल व्यक्तित्वका रूपमा चिनिनु हुने अध्यक्ष श्रेष्ठ विक्रम सम्वत् २०४९ सालमा निगमकै निर्देशक पदबाट सेवानिवृत्त भएका थिए । उनले निगमको बजार विभाग, संस्थागत विभाग तथा व्यवसाय प्रवद्र्धन विभागको निर्देशकका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए ।

श्रेष्ठ बेलायतको वेस्टमिन्स्टर विश्वविद्यालय, लन्डनबाट हवाई यातायात विषयमा उच्च अध्ययन गरी स्वदेश फर्कने पहिलो नेपाली हुन् । उनले क्यानडामा पनि हवाई सेवा सम्बन्धी अध्ययन गरेका छन् ।

साथै, अमेरिका र भारतका प्रतिष्ठित शैक्षिक संस्थाहरूबाट हवाई सेवा व्यवस्थापन, योजना निर्माण तथा बजार प्रवद्र्धनलगायत विषयमा विशेष अध्ययन तथा तालिम प्राप्त गरेका छन् ।

नवनियुक्त कार्यकारी अध्यक्ष श्रेष्ठले तीन वर्षभित्रमा निगमलाई ऋणमुक्त बनाउने लक्ष्य लिएको बताए । अध्यक्षको जिम्मेवारी सम्हालेको १५ दिनमा तीन पटक सञ्चालक समितिकै बैठक बसेको छ भने अन्य कार्यसम्पादनका निर्णायक बैठकहरु पनि दर्जनौ पटक बसेका छन्।

ती बैठकहरु निगमको सुधारका लागि स्पष्ट मार्गचित्र, योजना र रणनीतिहरु तय गर्न उपलब्धीमुलक भएको उनको भनाई छ ।

निगमले अघिल्लो बर्षको असार महिनाको तुलनामा यस बर्षको असारमा आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बृद्धि गरेको छ । अघिल्लो बर्षको असार महिनामा एक अर्व ५७ लाख आम्दानी भएकोमा यस बर्षको असारमा करिव एक अर्ब ३३ करोड ५२ लाख आम्दानी भएको छ ।

निगमका अनुसार सञ्चालन भएको विमानको कुल सिट उपयोगीता प्रतिशत पनि अघिल्लो बर्षको भन्दा यस बर्ष बढी देखिएको छ । अघिल्लो बर्ष झण्डै ७५ प्रतिशत सिट विक्रि भएको थियो भने यस बर्ष कुल ८५.४ प्रतिशत सिट उपयोग भएको देखिएको हो ।

गत आर्थिक बर्षभरीमा निगमको उडान २९४ ओटा भएको र त्यसबाट ४९ हजार ४ सय ६० जनाले सेवा पाएको निगमकी प्रवक्ता तथा कर्पोरेट विभागकी निर्देशक अर्चना खड्काले जानकारी दिइन् ।

निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरु हुने फ्लाई दुवइको नियमित उडान सेवाका लागि स्थलगत सेवा पुर्याउन आवश्यक तयारी पनि अहिले नै पुरा गरेको छ ।

नियमका श्रोत साधन र जनशक्तिलाई अत्यधिक परिचालन गर्दै आम्दानी बढाउने तथा खर्च घटाउने योजनाहरु पनि कार्यान्वयन गर्न थालिएको अध्यक्ष श्रेष्ठले बताए ।

‘निगमको सेवा युरोपसम्म विस्तार गर्दै संस्थालाई चुस्त, मितव्ययी, पारदर्शी र व्यावसायिक बनाउने मेरो लक्ष्य छ। अहिलेको ऋण चुक्ता गरी आफ्नै आम्दानीबाट सञ्चालन हुन सक्ने आत्मनिर्भर संस्था बनाउने योजनामा म पूर्ण रूपमा समर्पित छु,’ उनले भने ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

वि.सं.२०८३ साउन १७ आइतवार ०८:४१

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

वि.सं.२०८३ साउन १३ बुधवार १३:३०

धनगढी । कैलाली भन्सार कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/०८२ को...

नेपालको निर्यातमा भटमास तेलको दबदबा : १ खर्ब २८ अर्बको निर्यातसँगै कुल निर्यातमा ४० प्रतिशत हिस्सा

नेपालको निर्यातमा भटमास तेलको दबदबा : १ खर्ब २८ अर्बको निर्यातसँगै कुल निर्यातमा ४० प्रतिशत हिस्सा

वि.सं.२०८३ साउन १३ बुधवार १३:१८

काठमाडौं । नेपालको वैदेशिक व्यापारमा भटमासको तेलको हिस्सा निकै मजबुत...

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीलाई अर्थमन्त्रीको आग्रह 

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीलाई अर्थमन्त्रीको आग्रह 

वि.सं.२०८३ साउन १३ बुधवार १३:१६

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार...

‘अर्थमन्त्री र प्रधानमन्त्रीबीच विभेद भएको हल्ला अफवाह मात्रै, आर्थिक मुद्दामा गहिरो समन्वय छ’: अर्थमन्त्री वाग्ले

‘अर्थमन्त्री र प्रधानमन्त्रीबीच विभेद भएको हल्ला अफवाह मात्रै, आर्थिक मुद्दामा गहिरो समन्वय छ’: अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ साउन १२ मंगलवार १८:१५

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र साहसँग आर्थिक एजेण्डामा...

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

वि.सं.२०८३ साउन १० आइतवार १६:३१

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका...