back
skip this gaugauma singhadarbar

दुई दर्जन होटलमा करिब २५ अर्बको क्षति, हिल्टनमा मात्रै ८ अर्बको नोक्सानी

काठमाडौं । होटल संघ नेपालले जनेजी आन्दोलनको क्रममा देशभर झन्डै दुई दर्जन होटलमा ठूलो क्षति पुगेको जनाएको छ । प्रारम्भिक अनुमान अनुसार आर्थिक नोक्सानी करिब २५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।

संघका अनुसार काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ (विराटनगर), धनगढी, महोत्तरी, दाङ (तुल्सीपुर) लगायतका क्षेत्रमा सञ्चालित स्वदेशी र विदेशी ब्रान्डसहितका चर्चित होटलहरू प्रत्यक्ष प्रभावित भएका छन् ।

प्रारम्भिक तथ्यांक अनुसार काठमाडौंस्थित हिल्टन होटलमा मात्र करिब ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । जसलाई समेत समेट्दा देशभर करिब २५ अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ ।

संघले भनेको छ कि प्रभावित होटलहरू मर्मत र पुनर्निर्माण नगरी सञ्चालनमा ल्याउन नसकिने भएकाले करिब दुई हजारभन्दा बढी कामदार तथा कर्मचारीको रोजगारीमा प्रत्यक्ष असर परेको छ ।

चाडपर्वको समयमा रोजिरोटी प्रभावित भएकाले होटलहरूले बैंक तथा अन्य वित्तीय संस्थाहरूसँगको ऋण तथा आर्थिक दायित्व पूरा गर्न समस्या देखिएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘सुशासन, विकास र जनताले खोजेको मूलभूत परिवर्तनका लागि नवयुवाहरूले गरेका बलिदानका बीच प्रारम्भ भएको संक्रमणकालमा सार्वजनिक लगानीसहित निजी क्षेत्रका होटलहरूमा भएको यस किसिमको ठूलो क्षतिको यथाशीघ्र न्यायिक छानबिन हुनुपर्छ।’ होटल संघले प्रभावकारी न्यायिक समिति गठन गरी दोषीलाई दण्ड र क्षतिपूर्ति सुनिश्चित गर्न, होटलहरूको मर्मत–पुनर्निर्माणका लागि राज्यबाट विशेष आर्थिक प्याकेज उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

संघले लगानीकर्ताको मनोबल जोगाउँदै आर्थिक स्थायित्व कायम गर्न र परिवर्तनकारी नयाँ युगसँगै पर्यटन विकासमा अघि बढ्न सरकारको सहकार्य आवश्यक भएको पनि उल्लेख गरेको छ ।


राष्ट्र बैंकको निर्देशन– सीमित कर्मचारीबाट अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न आग्रह

राष्ट्र बैंकको निर्देशन– सीमित कर्मचारीबाट अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न आग्रह

वि.सं.२०८२ भदौ २६ बिहीवार १२:३८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र...

अर्थमन्त्री पौडेल र विश्व बैंकका उपाध्यक्ष जुटबीच शिष्टाचार भेट

अर्थमन्त्री पौडेल र विश्व बैंकका उपाध्यक्ष जुटबीच शिष्टाचार भेट

वि.सं.२०८२ भदौ १७ मंगलवार १३:३३

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका...

वर्तमान सरकार, सबैभन्दा बलियो र स्थिर सरकार भएको अर्थमन्त्रीको दाबी

वर्तमान सरकार, सबैभन्दा बलियो र स्थिर सरकार भएको अर्थमन्त्रीको दाबी

वि.सं.२०८२ भदौ १५ आइतवार १३:३२

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार, सबैभन्दा बलियो र...

राष्ट्र बैंकले भदौ २९ देखि दशैंका लागि सुकिला नोट सटहि गर्ने

राष्ट्र बैंकले भदौ २९ देखि दशैंका लागि सुकिला नोट सटहि गर्ने

वि.सं.२०८२ भदौ १५ आइतवार ११:००

काठमाडौं । यस वर्षको दशैंका लागि नेपाल राष्ट्र बैंकले यही...

अटोमोबाइल क्षेत्रको विकासका लागि स्थिर कर्जा नीति आवश्यक

अटोमोबाइल क्षेत्रको विकासका लागि स्थिर कर्जा नीति आवश्यक

वि.सं.२०८२ भदौ ५ बिहीवार १९:३७

काठमाडौं । सरोकारवालाहरूले अटोमोवाइल क्षेत्रका लागि स्थिर कर्जा नीति आवश्यक...

अर्थ मन्त्रालयका अनुसार वैदेशिक सहायता प्राप्ति घट्यो, यस्तो छ तथ्याङ्क

अर्थ मन्त्रालयका अनुसार वैदेशिक सहायता प्राप्ति घट्यो, यस्तो छ तथ्याङ्क

वि.सं.२०८२ भदौ ५ बिहीवार १४:०८

काठमाडौँ । पछिल्लो समय वैदेशिक सहायता आउने क्रम घट्दै गएको...