back
himalayan life

सार्वजनिक सेवा प्रवाहलाई पुनः सञ्चालनतर्फ अघि बढाइएको छ , मुख्य सचिव अर्याल

काठमाडौं । जेनजी आन्दोलन तथा प्रदर्शनका क्रममा भएको व्यापक क्षतिपछि सार्वजनिक सेवा प्रवाहलाई पुनः सञ्चालनतर्फ अघि बढाइएको नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले बताएका छन् ।

आन्दोलनका क्रममा आगजनी भएको सिंहदरबारको अवलोकन पश्चात पत्रकारहरूसँग कुरा गर्दै मुख्यसचिव अर्यालले आन्दोलनका क्रममा भएको जनधन तथा भौतिक संरचनाको क्षतिलाई ‘अत्यन्त अपूरणीय’ भन्दै त्यसको प्रारम्भिक मूल्यांकन सुरु गरिएको जानकारी दिए । उनका अनुसार, सिंहदरबारभित्र मात्र नभई बाहिरका धेरै सरकारी निकायहरूमा समेत गम्भीर क्षति पुगेको छ ।
अधिकारीले भने, ‘अब नागरिकलाई सेवा प्रवाह निरन्तरता दिनका लागि पासपोर्ट, वैदेशिक रोजगार, इमिग्रेसन, कर संकलनलगायतका सेवा अनलाइन प्रणालीबाट उपलब्ध गराउने व्यवस्था मिलाइसकिएको छ ।’

त्यस्तै खानेपानी, बिजुली, टेलिफोन जस्ता आधारभूत सेवाहरू अवरुद्ध नहोस् भन्नका लागि सम्बन्धित निकायहरूलाई निर्देशन दिइसकिएको र आपूर्ति सहज बनाउन समेत पहल भइरहेको उनले बताए ।

उनका अनुसार, नेपाल सरकारका सम्बन्धित मन्त्रालयका सचिवहरूसँग भर्चुअल बैठक गरी तत्कालीन सेवा सञ्चालन तथा समन्वयको व्यवस्था मिलाइएको छ । सुरक्षाको जिम्मेवारी नेपाली सेनाको नेतृत्वमा भइरहेका कारण सुरक्षा अवस्था क्रमशः सामान्य बन्दै गएको जानकारी दिँदै उनले भने,‘युवा पुस्ताले उठाएका मागहरू सम्बोधन हुनेगरी चाँडोभन्दा चाँडो सरकार गठन होस् भन्ने हाम्रो चाहना हो ।’

सरकार गठन भएपछि मन्त्रालयहरूबाट सेवाप्रवाहलाई निरन्तरता दिने कार्ययोजना बनाइरहेको उल्लेख गर्दै उनले प्रभावित क्षेत्रको क्षति मूल्यांकनपछि ड्यामेज नभएका निकायहरूबाट सेवा सञ्चालन सुरु गरिने बताए ।

यस क्रममा सवारी साधन र भवनसमेतमा भएको क्षतिको प्राविधिक मूल्यांकन गरेर कुन सामग्री मर्मतयोग्य छन् भन्ने पहिचान गरिने जनाइएको छ । अन्तरिम सरकार गठनको सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भने,‘प्रधानमन्त्री नियुक्तिपछि राष्ट्रपति र सुरक्षासम्बन्धी निकायहरूसँगको संयुक्त सल्लाहअनुसार मात्र स्थान र व्यवस्थापनबारे निर्णय हुनेछ ।’ उनले अभिलेख र रेकर्डसम्बन्धी क्षति नेपालकै लागि दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै, यथार्थ तथ्यांक संकलनका लागि अझ केही समय लाग्ने पनि जानकारी दिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वि.सं.२०८३ असार ११ बिहीवार १७:१३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक,...

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

वि.सं.२०८३ असार ११ बिहीवार १६:५०

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल...

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...