back

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका जारी गरेको छ । केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका जारी गरेको हो । राष्ट्र बैंकले डिजिटल वित्तीय सेवाको गुणस्तर वृद्धि गर्दै नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी रेगुलेटरी स्यान्डबक्स स्थापना गर्ने भएको हो । यसको मुख्य उद्धेश्य पनि डिजिटल वित्तीय सेवाहरूको पहुँच, प्रयोग तथा गुणस्तर वृद्धि गर्दै सुरक्षित र जिम्मेवार नवप्रवर्द्धनलाई प्रवर्द्धन गर्ने रहेको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले उपभोक्ता तथा वित्तीय सेवा क्षेत्रको सुरक्षा सुनिश्चित गर्दै फिनटेक नवप्रवर्द्धनलाई वास्तविक वातावरणमा परीक्षण तथा कार्यान्वयन गर्न सक्षम बनाउने उल्लेख गरेको छ ।

परम्परागत वित्तीय सेवा प्रदायकहरू र फिनटेक संस्थाहरूबीच सहकार्यलाई प्रोत्साहन गर्नु, उपभोक्ता संरक्षण कायम राख्दै वित्तीय सेवा क्षेत्रमा प्रतिस्पर्धा तथा दक्षता अभिवृद्धि गर्नु, वित्तीय क्षेत्रमा प्रयोग भइरहेका नयाँ प्रविधिहरूको अनुगमन गरी जोखिम व्यवस्थापनका लागि आवश्यक सुरक्षा उपाय सुनिश्चित गर्नु यस गाइडलाइन्सको मुख्य उद्धेश्य हो ।

रेगुलेटरी स्यान्डबक्सबाट नियन्त्रित वातावरणमा उत्पादन, सेवा परीक्षण गर्न सकिनेछ । यस्तै, वित्तीय प्रणालीमा प्रणालीगत जोखिम आउन नदिन नयाँ प्रविधिहरूको निगरानी गर्न, वित्तीय सेवा क्षेत्रमा नवीन प्रविधि प्रयोग गर्ने संस्थाहरू र नियामकबीच संवादको अवसर सिर्जना गर्दै आर्थिक वृद्धिमा योगदान पुर्‍याउन र वित्तीय क्षेत्रका बदलिँदो आवश्यकताअनुसार नियामकीय सुधारका लागि आधार तयार गर्न यसले सहयोग गर्नेछ ।



Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

वि.सं.२०८३ साउन २१ बिहीवार १३:३४

काठमाडौँ । सरकारले कर्मचारीहरूको बढेको नयाँ तलबमान सार्वजनिक गरेको छ...

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

वि.सं.२०८३ साउन २१ बिहीवार १३:०१

काठमाडौँ । पछिल्लो समय देशको आर्थिक गतिविधि सुस्त बनिरहेका बेला...

राष्ट्र बैंक ऐन संशोधन विधेयक: गभर्नरको कार्यकाल तीनदेखि पाँच वर्षसम्म राख्न सांसदहरूको सुझाव

राष्ट्र बैंक ऐन संशोधन विधेयक: गभर्नरको कार्यकाल तीनदेखि पाँच वर्षसम्म राख्न सांसदहरूको सुझाव

वि.सं.२०८३ साउन २० बुधवार १८:१९

काठमाडौँ । अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई...

समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध : मनोज ज्ञवाली

समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध : मनोज ज्ञवाली

वि.सं.२०८३ साउन २० बुधवार ०९:५८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...