back
skip this gaugauma singhadarbar

क्रसर महासंघले भन्यो : लगानी र रोजगारी सुरक्षामा संवेदनशील हुनुपर्छ

काठमाडौँ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले हालै मुलुकभर जेनजी पुस्ताले सञ्चालन गरेका प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । महासंघका अध्यक्ष सिताराम न्यौपानेले एक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना व्यक्त गरिएको छ ।

महासंघले कानूनसम्मत रूपमा व्यवसाय गर्ने नागरिक अधिकार सुनिश्चित हुनु राज्यको दायित्व भएको उल्लेख गर्दै उद्योगीहरूको लगानीलाई कानूनी संरक्षण गर्नुपर्नेमा जोड दिएको छ ।

त्यस्तै, रोजगारी, स्वरोजगारी र सर्वसाधारणले तिरेको राजश्वको सदुपयोगबारे युवा पुस्ताले देखाएको चासोलाई सरकार, राजनीतिक दल र सम्बन्धित निकायहरूले संवेदनशीलतापूर्वक सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरेको छ ।

देशको विद्यमान परिस्थितिमा जेनजी, नेपाली सेना प्रमुख, स्वतन्त्र नागरिक समाजका अगुवाहरू तथा सुरक्षा निकायहरू संविधानको रक्षा गर्दै आगामी दिनमा शान्ति, स्थायित्व र समृद्धि सुनिश्चित गर्ने विश्वास समेत महासंघले प्रकट गरेको छ ।

उद्योग–व्यवसाय सञ्चालन गरेर खान पाउने अधिकार संविधानले प्रदान गरेको अधिकार भएको उल्लेख गर्दै महासंघले लगानी, रोजगारी, आम्दानी र राजश्वको सुरक्षा राज्यले गर्नुपर्ने आग्रह गरेको छ। ‘सामाजिक न्यायसहितको उच्च आर्थिक वृद्धिको वातावरण बनाएर मात्र मर्यादित रोजगारी र उच्च ज्याला सम्भव हुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

महासंघले मुख्य पर्यटकीय मौसममा नेपालबारे विश्वमा सकारात्मक सन्देश प्रवाह गर्न सबै पक्ष संयमित भई संवाद र सहकार्यमार्फत अघि बढ्नुपर्नेमा जोड दिएको छ ।

साथै यस्ता घटना दोहोरिन नदिन सरकार, सम्पूर्ण राजनीतिक दल र जेनजी पुस्तासँग अपील गर्दै युवाको चाहनाअनुरूप सरकारी सेवामा सहज पहुँच, स्वतन्त्र पेशा–व्यवसाय गर्ने अधिकार सुनिश्चित गर्ने र लगानी तथा रोजगारी प्रवद्र्धनका लागि अनुकूल वातावरण बनाउन राज्यलाई आग्रह गरेको छ।


निर्वाण चौधरीले भने- दुष्कर्मीहरूले हाम्रो भवन जलाउन सक्छन्, तर हाम्रा सपना जलाउन सक्दैनन्

निर्वाण चौधरीले भने- दुष्कर्मीहरूले हाम्रो भवन जलाउन सक्छन्, तर हाम्रा सपना जलाउन सक्दैनन्

वि.सं.२०८२ भदौ २७ शुक्रवार १३:५५

हालैको घटनाले सीजी समूह (चौधरी ग्रुप)को इतिहासमै सबैभन्दा पीडादायी क्षण...

आज सुन र चाँदी दुवैको मूल्य बढ्यो

आज सुन र चाँदी दुवैको मूल्य बढ्यो

वि.सं.२०८२ भदौ २७ शुक्रवार ११:२९

काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य...

शान्ति र स्थिरताको पक्षमा सहकार्य गर्ने उद्योग वाणिज्य संघको प्रतिबद्धता

शान्ति र स्थिरताको पक्षमा सहकार्य गर्ने उद्योग वाणिज्य संघको प्रतिबद्धता

वि.सं.२०८२ भदौ २६ बिहीवार १२:५१

काठमाडौं । सामाजिक सञ्जाल निषेध र भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले सञ्चालन...

कनेक्ट आईपीएसको शुभयात्रा अफर

कनेक्ट आईपीएसको शुभयात्रा अफर

वि.सं.२०८२ भदौ २३ सोमवार १८:३४

काठमाडौं । यस चाडपर्वको समयलाई लक्षित गर्दै फ्लाइट तथा बस...

सामाजिक संजाल बन्दको प्रभाव : नेपालमै निर्माण भएको ‘वीटक’ चर्चामा, सूचिकृतपछि चासो बढ्यो

सामाजिक संजाल बन्दको प्रभाव : नेपालमै निर्माण भएको ‘वीटक’ चर्चामा, सूचिकृतपछि चासो बढ्यो

वि.सं.२०८२ भदौ २२ आइतवार १८:२७

काठमाडौं । नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाललाई निस्क्रिय गर्ने सरकारको...

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला २ लाख १२ हजार पुग्यो

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला २ लाख १२ हजार पुग्यो

वि.सं.२०८२ भदौ २२ आइतवार १०:४८

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड...