back

मौद्रिक निति सकारात्मक तर घरेलु तथा साना उद्योगीलाई समेटिएन : संस्थापक अध्यक्ष कटुवाल

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले आर्थिक वर्ष २०८१/ ०८२ को मौद्रिक नीतिले अर्थतन्त्रमा आएको सुस्तता चिर्न केही मद्दत पुग्ने बताएका छन् ।

उनले मौद्रिक नीतिका बारेमा आफ्नो धारणा राख्दै यस्तो बताएका हुन । संस्थापक अध्यक्ष कटुवालले विगतका तुलनामा राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याएकाले अर्थतन्त्रमा देखिएको संकट समाधान हुने संकेत देखिएको बताए । उनले मौद्रिक नीतिले आर्थिक संकटबाट मुलुकलाई माथि उठाउन सहयोग पुग्ने र औद्योगिक क्षेत्रमा लगानी वृद्धि हुने विश्वास व्यक्त गरे । मौद्रिक नीतिले चालु पुँजी कर्जा मार्गदर्शनमा परिमार्जन गर्ने कुराले उद्योगी व्यवसायीलाई केही राहत पुगेको उनको तर्क छ ।

उनले भने,‘मौद्रिक नीति मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने किसिमले आएको छ । तर कार्यान्वयनमा गरी व्यवसायीहरुलाइ सहजिकरण गर्न सक्दा मात्रै राम्रो हुन्छ । अहिलेको मौद्रिक नीति वित्तीय पहुँच, जो औपचारिक अर्थतन्त्रमा जोडिएका छन् ।’

उनले मौद्रिक नीति सकारात्मक भए साना तथा मझौला व्यवसायीहरुका मागलाई सम्बोधन गर्न भने नसकेको बताए । उनले साना तथा घरेलु उद्योगी व्यवसायीहरुका मागलाई सम्बोधन गर्न सके मात्रै अर्थतन्त्र चलायमान हुन सक्ने अवस्थामा पहुँचवालाहरुलाई मात्रै केन्द्रित भएर मौद्रिक नीति आएको बताए ।

उनले बन्द उद्योगले तिर्नु पर्ने साँवा र व्याजलाई सहजीकरण गर्ने व्यवस्थाबाट राहत पुग्ने समेत बताए । साना व्यवसायीहरुले लिएको १ करोडसम्मको सीमालाई पुनरावलोकन गर्ने व्यवस्था साना व्यवसायीका लागि सकारात्मको भएको बताए ।

उनले २ करोड रुपैयाँसम्मका कृषि उत्पादन, सूचना प्रविधि र पर्यटन क्षेत्रले सस्तोमा ब्याज पाउने व्यवस्था सकारात्मक भएको बताए ।

उनले  चेक अनादरलाई मात्र आधार मानी कालोसूचीमा राख्ने तथा बैंकिङ कारोबारमा बन्देज हुने गरी खाता राख्ने लगायतका व्यवस्था परिमार्जन हुनु व्यवसायीलाई सहज हुने बताए ।  उनले मौद्रिक समग्रमा सकारात्मक रहेका भए पनि कार्यान्वयनका क्रममा थप सहजता हुनु पर्नेमा जोड दिए ।

nactional life
Corporatebazar 11 Anniversary

इन्धन र डलरको दोहोरो दबाब: भान्छा महँगिँदा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

इन्धन र डलरको दोहोरो दबाब: भान्छा महँगिँदा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

वि.सं.२०८३ वैशाख १३ आइतवार १८:४६

काठमाडौँ । नेपाली उपभोक्ताका लागि बितेको चैत महिना महँगीको निकै...

सहकारी ठगको सम्पत्ति जफत गरी बचत फिर्ता गरिने: ‘चक्रीय कोष’ मार्फत साना बचतकर्तालाई प्राथमिकता

सहकारी ठगको सम्पत्ति जफत गरी बचत फिर्ता गरिने: ‘चक्रीय कोष’ मार्फत साना बचतकर्तालाई प्राथमिकता

वि.सं.२०८३ वैशाख १३ आइतवार १६:४५

काठमाडौं । सहकारीको बचत अपचलन गरी फरार रहेका वा दायित्व...

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०१

काठमाडौँ । कृषि क्षेत्रमा व्याप्त बिचौलिया संयन्त्रलाई निरुत्साहित गर्दै वास्तविक...

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

वि.सं.२०८३ वैशाख ८ मंगलवार २१:१६

काठमाडौँ । अन्तर्राष्ट्रिय भू-राजनीतिक तनाव र पेट्रोलियम पदार्थको अनियन्त्रित मूल्यवृद्धिको...

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:०५

काठमाडौँ । सरकारले विदेशी लगानी आकर्षित गर्न 'अटोमेटिक रुट' (स्वचालित...

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:३०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८...