back

नेको इन्स्योरेन्सको नाफामा ४५.६० प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको खुद नाफा ४५.६० प्रतिशतले बढाएको छ । यो अवधिमा कम्पनीले ३५ करोड ९ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा यस्तो नाफा रकम २४ करोड १० लाख ६३ हजार रुपैयाँ थियो । समिक्षा अवधिमा कूल नाफा ३३.८५ प्रतिशतले बढेर ३९ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

यसैगरी समिक्षा अवधिमा कम्पनीले खुद बीमा शुल्क आर्जन पनि ४६.४६ प्रतिशतले बढाएको छ । यो तेस्रो त्रैमासमा आउँदा कम्पनीले १ अर्ब ३६ करोड ४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिमा ९२ करोड ८८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ३१ करोड ७४ लाख ३२ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिको तुलनामा यस बर्ष भने थोरै मात्र बढेको हो । त्यस्तै, यस अवधिमा कम्पनीको जगेडा कोषमा ५८.२९ प्रतिशतले बढेर ६८ करोड २३ लाख १७ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ४३ करोड १० लाख ४२ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको बीमा कोष ३८.३५ प्रतिशतले बढेर १ अर्ब ७१ लाख ५५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ७२ करोड ७९ लाख ६९ हजार रुपैयाँ थियो ।
त्यस्तै, यस अवधिमा आपत्कालिन कोषमा ९६ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्ष यस्तो रकम ६८ हजार रुपैयाँ थियो ।
त्यस्तै, यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १७.९० प्रतिशतले बढेर ४५ करोड ५ लाख ८९ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३८ करोड २१ लाख ९८ रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
त्यस्तै, यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ४५.५७ प्रतिशतले बढेर ३५ रुपैयाँ ५२ पैसा रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कमपनीको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ४० पैसा रहेको थियो । प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ५९ पैसा रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ २१ पैसा रहेको थियो । मुल्य आम्दानी अनुपात ४६.८८ गुणा रहेको छ ।


नयाँ गभर्नरको घोषणा– सरकारलाई सहयोग गर्छु, मेरो पेल्ने नीति हुँदैन

नयाँ गभर्नरको घोषणा– सरकारलाई सहयोग गर्छु, मेरो पेल्ने नीति हुँदैन

वि.सं.२०८२ जेठ ७ बुधवार १२:०८

काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्व पौडेलले सरकारले बनाएको...

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

वि.सं.२०८२ जेठ ७ बुधवार ११:५९

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका...

नवनियुक्त गभर्नरले गरे सपथ ग्रहण

नवनियुक्त गभर्नरले गरे सपथ ग्रहण

वि.सं.२०८२ जेठ ७ बुधवार ११:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ लाख २३ हजार कित्ता सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ लाख २३ हजार कित्ता सेयर बिक्रीमा

वि.सं.२०८२ जेठ ७ बुधवार १०:२७

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको...

नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

वि.सं.२०८२ जेठ ६ मंगलवार १९:४६

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई...

एभरेष्ट बैंकको १३२औँ शाखा सिन्धुलीको कमलामाई नगरपालिकामा

एभरेष्ट बैंकको १३२औँ शाखा सिन्धुलीको कमलामाई नगरपालिकामा

वि.सं.२०८२ जेठ ६ मंगलवार ११:१७

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो शाखा विस्तारलाई जारी राख्दै...