back
nactional

नेको इन्स्योरेन्सको नाफामा ४५.६० प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको खुद नाफा ४५.६० प्रतिशतले बढाएको छ । यो अवधिमा कम्पनीले ३५ करोड ९ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा यस्तो नाफा रकम २४ करोड १० लाख ६३ हजार रुपैयाँ थियो । समिक्षा अवधिमा कूल नाफा ३३.८५ प्रतिशतले बढेर ३९ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

यसैगरी समिक्षा अवधिमा कम्पनीले खुद बीमा शुल्क आर्जन पनि ४६.४६ प्रतिशतले बढाएको छ । यो तेस्रो त्रैमासमा आउँदा कम्पनीले १ अर्ब ३६ करोड ४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिमा ९२ करोड ८८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ३१ करोड ७४ लाख ३२ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिको तुलनामा यस बर्ष भने थोरै मात्र बढेको हो । त्यस्तै, यस अवधिमा कम्पनीको जगेडा कोषमा ५८.२९ प्रतिशतले बढेर ६८ करोड २३ लाख १७ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ४३ करोड १० लाख ४२ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको बीमा कोष ३८.३५ प्रतिशतले बढेर १ अर्ब ७१ लाख ५५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ७२ करोड ७९ लाख ६९ हजार रुपैयाँ थियो ।
त्यस्तै, यस अवधिमा आपत्कालिन कोषमा ९६ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्ष यस्तो रकम ६८ हजार रुपैयाँ थियो ।
त्यस्तै, यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १७.९० प्रतिशतले बढेर ४५ करोड ५ लाख ८९ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३८ करोड २१ लाख ९८ रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
त्यस्तै, यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ४५.५७ प्रतिशतले बढेर ३५ रुपैयाँ ५२ पैसा रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कमपनीको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ४० पैसा रहेको थियो । प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ५९ पैसा रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ २१ पैसा रहेको थियो । मुल्य आम्दानी अनुपात ४६.८८ गुणा रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता

वि.सं.२०८३ भदौ ३ बुधवार १६:३८

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७९औँ वार्षिकोत्सवको अवसरमा...

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय आफ्नै भवन बालुवाटारबाट सञ्चालन, निक्षेप १ खर्ब र चुक्ता पुँजी ६ अर्ब नाघ्यो

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय आफ्नै भवन बालुवाटारबाट सञ्चालन, निक्षेप १ खर्ब र चुक्ता पुँजी ६ अर्ब नाघ्यो

वि.सं.२०८३ भदौ ३ बुधवार १६:१५

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले काठमाडौँको बालुवाटारमा निर्माण गरिएको आफ्नै...

पोखरामा नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, सुरक्षा, स्वास्थ्य र शिक्षामा सहयोग

पोखरामा नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, सुरक्षा, स्वास्थ्य र शिक्षामा सहयोग

वि.सं.२०८३ भदौ ३ बुधवार १३:११

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरामा...

एनएमबि बैंकको नेतृत्वमा ४४० मेगावाटको तिला–१ को वित्तीय व्यवस्थापन, ४४ अर्ब ५५ करोड ऋण लगानी

एनएमबि बैंकको नेतृत्वमा ४४० मेगावाटको तिला–१ को वित्तीय व्यवस्थापन, ४४ अर्ब ५५ करोड ऋण लगानी

वि.सं.२०८३ भदौ ३ बुधवार १३:०९

काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा कालीकोटमा निर्माण हुन लागेको...

गरिमा विकास बैंकको हेड अफिस आफ्नै भवनमा सर्याे

गरिमा विकास बैंकको हेड अफिस आफ्नै भवनमा सर्याे

वि.सं.२०८३ भदौ ३ बुधवार १३:०६

काठमाडौं । गरिमा विकास बैंकको रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौंको लाजिम्पाटबाट...

‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ मस्यौदामा के-के छन् नयाँ व्यवस्था? (पूर्ण विवरण)

‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ मस्यौदामा के-के छन् नयाँ व्यवस्था? (पूर्ण विवरण)

वि.सं.२०८३ भदौ ३ बुधवार १२:४३

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (SEBON) ले पूँजी बजारमा मार्जिन...