back

भारतको आर्थिक सहयोगमा जुम्लाको चन्दननाथमा साना जलविद्युत प्लान्टको पुनःस्थापना

nactional life

काठमाडौँ । भारत सरकारको आर्थिक सहयोगमा जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकामा साना जलविद्युत प्लान्ट निर्माण हुने भएको छ । भारत सरकारको नेपाली रुपैयाँ २ करोड ६३ लाख आर्थिक सहयोगमा हालै पुनः स्थापना गरिएको उक्त साना जलविद्युत प्लान्टको आज भारतीय राजदूतावासका प्रथम सचिव (विकास साझेदारी तथा पुनर्निर्माण प्रभाग) करुण वंशल, जिल्ला समन्वय समिति, जुम्ला तथा नेपाल विद्युत प्राधिकरण, जुम्लाद्वारा भर्चुअल माध्यममार्फत उद्घाटन गरिएको हो ।

२०० किलोवाट विद्युत उत्पादन क्षमता भएको उक्त जलविद्युत प्लान्टको निर्माण नेपाल विद्युत प्राधिकरणले सन् १९८३ मा गरेको थियो । प्राकृतिक विपदका कारण उक्त प्लान्टमा क्षति पुगेको थियो । उपभोक्ता समिति, स्थानीय बासिन्दा र जिल्ला समन्वय समिति, जुम्लाको विशेष अनुरोधमा उक्त पावर प्लान्टको पुनस्र्थापनाका लागि भारत सरकारले आर्थिक सहयोग गरेको हो । ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको अनुदानमा जलाशय ट्याङ्कीको निर्माण र जलविद्युत प्लान्टको पुनस्र्थापना गरिएको हो । जिल्लाको चन्दननाथ नगरपालिकाका करिब २०,००० मानिसहरु यस प्लान्टबाट लाभान्वित हुनेछन् ।

भारतले नेपालमा ४५० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु सम्पन्न गरिसकेको छ जसमध्ये जुम्ला जिल्लाका २ वटा परियोजना सहित १० वटा परियोजनाहरु प्रदेश नं ६ मा रहेका छन् । भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित प्रदेश नं ६ का ४ वटा परियोजनाहरु निर्माण र कार्यान्वयनका विभिन्न चरणमा रहेका छन् । यी बाहेक भारतीय राजदूतावासले जुम्ला जिल्लाका विभिन्न स्वास्थ्य चौकी तथा गैरसरकारी संस्थालाई ५ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ ।

यस परियोजनाले प्राविधिको पहुँच पूर्णरुपमा स्थापित भइनसकेको त्यस क्षेत्रको अर्थव्यवस्थालाई सुदृढ बनाउनुका साथै रोजगारीको सिर्जना गरी त्यस क्षेत्रका मानिसहरुको जीवनस्तर उकास्न सहयोगी भूमिका खेल्नेछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:३५

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनालाई थप व्यवस्थित,...

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

वि.सं.२०८३ जेठ २२ शुक्रवार १०:३१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना बित्न...

विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशकहरूलाई ऊर्जा मन्त्रीको निर्देशन: असार १५ भित्र विस्तृत कार्ययोजना ल्याउनुस्

विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशकहरूलाई ऊर्जा मन्त्रीको निर्देशन: असार १५ भित्र विस्तृत कार्ययोजना ल्याउनुस्

वि.सं.२०८३ जेठ २२ शुक्रवार ०९:४६

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...

लिजियान–१ क्यारियर रकेट : पाँचवटा उपग्रहहरू अन्तरिक्षमा

लिजियान–१ क्यारियर रकेट : पाँचवटा उपग्रहहरू अन्तरिक्षमा

वि.सं.२०८३ जेठ २१ बिहीवार २०:३९

एजेन्सी । चीनको लिजियान १ क्यारियर रकेटले उच्च–फ्रिक्वेन्सी प्रक्षेपण गरेको...

भ्रष्टाचार नियन्त्रणका लागि दण्ड मात्र होइन, अनुकूल प्रणाली पनि आवश्यक : गगन थापा

भ्रष्टाचार नियन्त्रणका लागि दण्ड मात्र होइन, अनुकूल प्रणाली पनि आवश्यक : गगन थापा

वि.सं.२०८३ जेठ २१ बिहीवार २०:१७

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले भ्रष्टाचार नियन्त्रणका लागि...

मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

वि.सं.२०८३ जेठ २१ बिहीवार ०९:३८

मुगु । नेपालको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल आसपासका व्यापारीहरुले...