back

यूनियन लाइफको खुद बीमाशुल्क ५९.४० प्रतिशतले बढ्दा नाफामा भने गिरावट

काठमाडौँ । यूनियन लाइफ इन्स्योरेन्सले चालु आवको तेस्रो त्रैमाससमा ५९.४० प्रतिशतले खुद बीमाशुल्क संकलन बढाएको छ । यो अवधिमा इन्स्योरेनसले ५ अर्ब ५ करोड ५१ लाख रुपैयाँ संकलन गरेको छ । गत आवको चैत मसान्तसम्ममा कम्पनीले ३ अर्ब १७ करोड १४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

खुद बीमाशुल्क बढे पनि यस अवधिमा कम्पनीको नाफा भने घटेको छ । कम्पनीले चैत मसान्तसम्ममा ८ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा ७.५६ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले ८ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा आकार ७३ करोड ७१ लाख रुपैयाँे छ । समीक्षा अवधिमा कम्पनीको बीमा कोषमा ६ अर्ब ९० करोड २ लाख १० हजार रुपैयाँ सञ्चित छ । गत आवको यसै अवधिमा ३ अर्ब ६८ करोड ५४ लाख ५२ हजार रुपैयाँ रहेकोमा ८७.२३ प्रतिशतले बढेको हो।

कम्पनीले यस अवधिमा ३४ हजार ८४० वटा बीमालेख जारी गरि ५ अर्ब २४ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले ५९३ वटा दाबी वापत १ अर्ब ४५ करोड ९७ लाख रुपैयाँ भुक्तानी गरेको छ।

nactional life
Corporatebazar 11 Anniversary

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४१

काठमाडौं । गरिमा विकास बैंंक लिमिटेडलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र...

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०१

काठमाडौँ । कृषि क्षेत्रमा व्याप्त बिचौलिया संयन्त्रलाई निरुत्साहित गर्दै वास्तविक...

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

वि.सं.२०८३ वैशाख ८ मंगलवार २१:१६

काठमाडौँ । अन्तर्राष्ट्रिय भू-राजनीतिक तनाव र पेट्रोलियम पदार्थको अनियन्त्रित मूल्यवृद्धिको...

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:०५

काठमाडौँ । सरकारले विदेशी लगानी आकर्षित गर्न 'अटोमेटिक रुट' (स्वचालित...

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:३०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८...

अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विषयगत मन्त्रालयका मन्त्री र...