back

यूनियन लाइफको खुद बीमाशुल्क ५९.४० प्रतिशतले बढ्दा नाफामा भने गिरावट

काठमाडौँ । यूनियन लाइफ इन्स्योरेन्सले चालु आवको तेस्रो त्रैमाससमा ५९.४० प्रतिशतले खुद बीमाशुल्क संकलन बढाएको छ । यो अवधिमा इन्स्योरेनसले ५ अर्ब ५ करोड ५१ लाख रुपैयाँ संकलन गरेको छ । गत आवको चैत मसान्तसम्ममा कम्पनीले ३ अर्ब १७ करोड १४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

खुद बीमाशुल्क बढे पनि यस अवधिमा कम्पनीको नाफा भने घटेको छ । कम्पनीले चैत मसान्तसम्ममा ८ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा ७.५६ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले ८ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा आकार ७३ करोड ७१ लाख रुपैयाँे छ । समीक्षा अवधिमा कम्पनीको बीमा कोषमा ६ अर्ब ९० करोड २ लाख १० हजार रुपैयाँ सञ्चित छ । गत आवको यसै अवधिमा ३ अर्ब ६८ करोड ५४ लाख ५२ हजार रुपैयाँ रहेकोमा ८७.२३ प्रतिशतले बढेको हो।

कम्पनीले यस अवधिमा ३४ हजार ८४० वटा बीमालेख जारी गरि ५ अर्ब २४ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले ५९३ वटा दाबी वापत १ अर्ब ४५ करोड ९७ लाख रुपैयाँ भुक्तानी गरेको छ।


melung
निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१७

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८...

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय...

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

वि.सं.२०८० साउन ३० मंगलवार १६:४२

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक...

यस कारण भदौमा अधिकांश बैंकको ब्याज बढ्ने

यस कारण भदौमा अधिकांश बैंकको ब्याज बढ्ने

वि.सं.२०८० साउन ३० मंगलवार १६:२७

काठमाडौं । भदौमा अधिकांश बैंकहरुले निक्षेपतर्फको ब्याज बढाउने भएका छन्...

सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो ग्लोबल आइएमई

सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो ग्लोबल आइएमई

वि.सं.२०८० साउन ३० मंगलवार १५:५७

काठमाडौँ । देशको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंक लिमिटेड...

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

वि.सं.२०८० साउन २९ सोमवार १६:२७

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच...