back

नाडा अध्यक्षमा ध्रुब थापा उम्मेदवारी घोषणा, को–को छन् प्यानलमा

nactional life

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसियसनको आगामी अध्यक्षका लागि ध्रब्र थापाको समूहले ‘अब बनाउनु छ नाडा, सबै अटोमोबिल्स व्यवसायीको साझा” भन्ने नाराका साथ उम्मेद्धारी घोषणा गरेको छ । फोर्स मोटरको नेपालको आधिकारिक बिक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष धुब्र थापाको समूहले राजधानिमा पत्रकार सम्मेलन गर्दै उम्मेद्धारी घोषणा गरेको हो ।
अध्यक्षका लागि दाबी गर्ने थापासँग अटोमोवाइल क्षेत्रमा ३ दशक लामो अनुभव रहेको छ ।

अध्यक्ष थापाका अनुसार उनले तीन लाख रूपैयाँ लगानी गरी मोटरसाइकल रिकन्डिसन सेन्टरबाट व्यवसाय विस्तार गर्न सुरु गरेका थिए । कडा मेहनत र परिश्रमको प्रतिफल ग्रहण गर्दै जाँदा उनी पश्चिमाश्चल अटोमोवाइल डिलर्स एशोसिएसनको अध्यक्ष हुँदै नाडाको केन्द्रीय समितिमा पुग्न सफल भएको छन् । उनले अघिल्लो कार्यकालका लागि पनि अध्यक्षमा उम्मेद्वारी तयारी गरेका थिए । तर, अहिलेका अध्यक्ष कृष्णप्रसाद दुलालले अर्को पटकको अध्यक्षका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएपछि व्याक भएसँगै अहिले पुनः अध्यक्ष पदको दाबी गरेका हुन् ।

हिमालयन अर्गनाइजेसनमार्फत १५ वटा भन्दा बढी कम्पनीहरुको नेतृत्व गर्दै आएका छन् । हिमालयन अर्गनाइजेसन एक विभिन्न कम्पनीहरुको छाता संस्था हो जसमा घरजग्गा, होटल,हस्पिटालिटी, अटोमोबाइल्स, इञ्जिनियरिङ क्षेत्रका धेरै कम्नीहरु छन् ।
यसो त थापाको समूहबाट उम्मेद्धारी दिएका अन्य उम्मेद्धार पदाधिकारीहरु थापासँग सानो देखि ठूलो र अटो क्षेत्रका हरेक विद्यामा अनुभवि भएका कारण साथ दिएको घोषणा कार्यक्रममा बताएका छन् ।

सदस्यमा आकाश गोल्छा, दिपेन्द्र कुँवर, कपिल शिवाकोटी, निराकर श्रेष्ठ, नारायणप्रसाद पौडेल, प्रतिमान श्रेष्ठ, प्रकाश सिग्देल, रिद्धी कार्की, सुभास थपलिया, संजय खेतन, अमर रञ्जित, नवराज भूसाल, सगुन कङ्साकार र विएन पाठकलगायतले उम्मेद्वारी घोषणा गरेका छन् ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको अघिवेशन मंसीर २२ र २३ गते काठमाडौमा हुँदै छ । त्यस्तै यस अघि नै करण चौधरीको अर्को समुहले पनि यस अघि नै उमेरद्धावारी घोषणा गरिसकेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४१

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

वि.सं.२०८३ जेठ २४ आइतवार १७:००

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय...

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

वि.सं.२०८३ जेठ २४ आइतवार १६:४९

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनको मुख्य मेरुदण्ड मानिएको...

सरकारी ढिलासुस्तीको पराकाष्ठा: १० महिनामा ३१ प्रतिशत मात्र विकास खर्च, संसद्‍मा ‘सनसेट ऐन’को प्रस्ताव

सरकारी ढिलासुस्तीको पराकाष्ठा: १० महिनामा ३१ प्रतिशत मात्र विकास खर्च, संसद्‍मा ‘सनसेट ऐन’को प्रस्ताव

वि.सं.२०८३ जेठ २४ आइतवार ११:१६

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना समाप्त...

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:३५

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनालाई थप व्यवस्थित,...

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:२१

काठमाडौं । नेपालमा सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक सीजी मोटोकर्प प्रालिले...