back

पच्चिस वर्षदेखि निरन्तर चलिरहेकोछ हेण्डीक्राप्ट

nactional life

काठमाडौँ। नेपालमा रोजगारी र जीविकोपार्जनका लागि अवसर छैन भन्दै विदेशिने धेरै छन् । दैनिक हजारौंको संख्यामा नेपालीहरु रोजगारीका लागि खाडी जाने गर्दछन् । कतिले त कमाउँछन् पनि कति भने कफिनमा बन्द भएर घर फर्किन्छन् । नेपालको राजनीतिक अवस्था र अस्तव्यस्त प्रणालीका कारण केही गरौं भन्नेहरु पनि निराश हुँदै बाहिरिन बाध्य छन् । यो निराशाका बीच पनि केहीले नेपालमै उद्यम भने गरेका छन् । जोखिमपूर्ण अवस्थालाई जानेर पनि चुनौतीको सामना गर्नेहरुको पनि कमी छैन ।

यस्तै मध्यको एक हो ओम शान्ति ह्याण्डिग्राफ । कच्चा पदार्थबाट तयारी कपडालगायतका सामग्री उत्पादन हुने यो कम्पनि लगातार ढाई दशकदेखि चलिरहेको छ । बालाजुस्थित नयाँबजारमा रहेको उक्त कम्पनी करिब २५ वर्षअघि पुरुषोत्तम सिंहले स्थापना गरेका हुन् । पुख्र्यौली घर जनकपुर भएका सिंहले माओवादी द्वन्द्वकालमै उद्योग स्थापना गरेका थिए । जतिबेला बाहिरबाट कच्चा पदार्थ ल्याउन त्यति सहज थिएन । तै पनि उनको हिम्मत र जोशका कारण उद्योग स्थापना भई सञ्चालनमा आयो ।

सुरुवातीमा थोरै कामदारबाट सुरु भएको उद्योगमा अहिले करिब तीन दर्जनजति कामदारले रोजगारी पाइरहेका छन् । कपडा तयार पार्ने ३० वटा मेसिन पनि छन् । उनको उद्योगको सबै व्यवस्थापनको पाटो उनकी छोरी रिया सिंहले धानिरहेकी छिन् । ‘म जन्मिनुअघि नै आमाको नामबाट बाबाले उद्योग स्थापना गर्नुभएको हो’, रिया भन्छिन्, ‘२५ वर्षदेखि निरन्तर चलिरहेको छ ।’ कोरोना कालमा भने समस्या भएको रियाको भनाइ छ । उनी थप्छिन्,‘लकडाउनका बेला केही समय त बन्द नै गर्नुपर्यो । तर, अहिले चलिरहेको छ । त्यसबेला केही घाटा व्यहोर्नुपर्यो ।’ रियाका अनुसार अहिले उद्योगमा विशेषगरी जाडो मौसममा लगाउने कपडाहरु उत्पादन भइरहेका छन् । ज्याकेट, ट्राउजर, वीनस्वीटर, टी–सर्ट, स्याण्डो, थर्माकोट, हाफ पाइन्टलगायतका सागम्री उत्पादन हुन्छ । कच्चा पदार्थ भने नेपालमा उत्पादन नहुने भएकाले केही महँगो पर्ने रियाको भनाइ छ । ‘हामीले सिधै ल्याउन समस्या छ । डिलरहरुले बाहिरबाट ल्याउँछन् । हामीले उनीहरुबाटै लिन्छौं,’ रिया भन्छिन्, ‘अधिकांश सामान त चाइनाबाट आउने गर्दछ । केही भने भारतबाट ल्याउँछन् ।’ टि–सर्टका लागि आवश्यक कपडा भने वीरगन्जबाटै ल्याउने गरेको रियाको भनाइ छ । उत्पादन हुने भए पनि बजारको भने केही समस्या रहेको उनको भनाइ छ । ‘कच्चा पदार्थ बाहिरबाट ल्याएर तयार गर्नुपर्ने भएकाले विदेशबाट आउने तयारी सामग्रीभन्दा केही महँगो पर्न जान्छ,’ उनी थप्छिन्, ‘हामीले पहिलेदेखिका डिलरहरुलाई नै दिने गरेका छौं । अब भने देशका अन्य शहरहरुमा पनि विस्तार गर्ने योजना छ ।’ अहिले ओम शान्ति ह्याण्डिग्राफबाट उत्पादित सामानहरु काठमाडौंको न्यूरोड, पोखरा, विराटनगर, मोरङ लगायतका शहरमा जाने गरेको छ । विस्तारै उत्पादन बढाएर बाहिर पठाउने योजना उद्योगले बनाएको छ ।

हाल उद्योगबाट दैनिक तीनसय पिसजति तयारी कपडाहरु उत्पादन हुँदै आएको छ । उत्पादन धेरै भए पनि बजारमा गएको सामानको समयमै रकम नउठ्दा भने केही समस्या हुने गरेको रिया बताउँछिन् । ‘हाम्रोबाट दैनिक उत्पादन रोकिएको छैन । बजारमा भने माग अनुसार सामान गएकै छ,’ उनी भन्छिन्, ‘तर, पेमेन्ट ढिलो हुँदा भने कच्चा पदार्थहरु ल्याउनका लागि समस्या हुने गरेको छ ।’ मासिक करिब ३५ लाख जति खर्च आउने गर्दछ । जसमा कर्मचारीलाई १० लाख जतिको तलब नै खुवाउनुपर्छ । २० लाख जतिको कच्चा पदार्थ ल्याउनुपर्दछ । यस्तै, कपडामा लगाउने अन्य स–साना सामानको लागि ५ लाख जति खर्च हुनेगर्दछ । बजारमा गएको सबै सामानको रकम उठेमा भने तीन चार लाख रुपैयाँ नाफा हुने रिया बताउँछिन् ।

हाल ६ जनाको परिवार यही उद्योगमै आश्रित छ । रियाकी आमा किरण सिंह राजपूतको नाममा उद्योग छ । उनले पनि काममा सघाउँछिन् । उद्योगको आन्तरिक व्यवस्थापन रिया आफैंले हेर्छिन् । उनको बुवा पुरुषोत्तमले भने बाहिरको बजार सम्हालेका छन् । सानो लगानीमा स्थापना भएका उद्योगका लागि भने राज्यले केही नहेरेको उनको गुनासो छ । ‘ठूला ठूला उद्योगका लागि भने राज्यले विभिन्न सहुलियत दिने गरेको सुनेका छौं,’ उनी थप्छिन्, ‘तर, हामीले पनि त रोजगारी दिएका छौं । न हाम्रो बजार ज्ञारेन्टी छ न लगानीको सुरक्षा नै । आफ्नै बलबुतामा सबै गर्नुपरेको छ । हामीजस्ता साना लगानीमा देशमै केही गर्न खोज्नेका लागि राज्यले कुनै सहुलियत या सुविधा दिएको छैन ।’ लकडाउनका बेला त ऋण लिएर भए पनि कामदारलाई तलब खुवाउनुपर्ने बाध्यता आएको उनी बताउँछिन् ।

केही समयका लागि कर्मचारी हटाएर पनि भएन । दक्ष कामदार फेरि भेटाउनै मुस्किल हुन्छ । कामदार नपाउनु पनि एक समस्या नै हो । ऋण गरेर उद्योग खोल्यो । कर तिर्यो । तर, घाटामा हुँदा भने राज्यले कुनै सहुलियत नै दिँदैन’, उनको गुनासो छ । केही गर्न खोज्नेका अगाडि थुप्रै चुनौती भएको उनी बताउँछिन् । ऋण गरेर स्थानीय स्तरमै रोजगारी दिन खोज्ने आफूहरुजस्ता साना व्यवसायीलाई पनि राज्यले माथि उकास्न भूमिका खेल्नुपर्ने उनको माग छ । बजारमा माग बढेमा भने उद्योगको क्षमता विस्तार गर्ने योजना रहेको छ । उनीकहाँ जाडोमा लगाउन खालका सबै सामग्रीहरु पाउँछ । विदेशबाट आउने तयारी कपडा भन्दा आफूहरुको उत्पादन गुणस्तरीय भएको उनको दावी छ । केहीले डिलरमार्फत लैजान्छन् भने केहीले सिधै सम्पर्क गरेर पनि लिने गरेका छन् ।

(अनुमति बिना जस्ताको तस्तै वा परिर्वत गरि अन्य कुनै पत्रिका,अनलाईन तथा यूट्युवमा राख्न मिल्ने छैन, यदि यस्तो भएको खण्डमा कपी राईट लाग्ने छ, समग्र समाचार साप्ताहिकबाट)

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

वि.सं.२०८३ जेठ २४ आइतवार १६:४९

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनको मुख्य मेरुदण्ड मानिएको...

सरकारी ढिलासुस्तीको पराकाष्ठा: १० महिनामा ३१ प्रतिशत मात्र विकास खर्च, संसद्‍मा ‘सनसेट ऐन’को प्रस्ताव

सरकारी ढिलासुस्तीको पराकाष्ठा: १० महिनामा ३१ प्रतिशत मात्र विकास खर्च, संसद्‍मा ‘सनसेट ऐन’को प्रस्ताव

वि.सं.२०८३ जेठ २४ आइतवार ११:१६

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना समाप्त...

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:३५

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनालाई थप व्यवस्थित,...

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

वि.सं.२०८३ जेठ २२ शुक्रवार १०:३१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना बित्न...

नेपालको बैंकिङ क्षेत्रमा नयाँ क्रान्ति: अब ‘पेमेन्ट गेटवे’ होइन, बन्दैछ ‘फिनटेक मार्केटप्लेस’

नेपालको बैंकिङ क्षेत्रमा नयाँ क्रान्ति: अब ‘पेमेन्ट गेटवे’ होइन, बन्दैछ ‘फिनटेक मार्केटप्लेस’

वि.सं.२०८३ जेठ २० बुधवार १२:२२

काठमाडौं । अहिलेको युग डिजिटल प्रविधिको हो। गोजीमा नगद बोकेर हिँड्ने...

आज फेरि ३० अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ३० अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ जेठ २० बुधवार ११:३४

काठमाडौं ।नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि लगातार...