back

कोरोना महामारी र उद्योगको पुनर्उत्थान (उद्योगसचिव पोखरेलको लेख)

nactional life

सन् २०१९ को डिसेम्बरमा चीनबाट सुरु भएको कोरोना महामारीले विश्व अर्थतन्त्रसँगै नेपाली अर्थतन्त्रमा पनि ठूलो असर प¥यो । नेपालका सबै क्षेत्रमा कोरोना महामारीको असर परेको छ । कोरोना महामारीको फैलावटपश्चात् जारी गरिएको बन्दोबन्दी (लकडाउन)ले अर्थतन्त्रलाई प्रत्यक्ष असर पार्ने उद्योग वाणिज्य क्षेत्रमा भने अझ बढी असर पा¥यो ।

लकडाउनका कारण शतप्रतिशत उद्योग व्यवसाय बन्द भए । केही अत्यावश्यक सेवाका उद्योगधन्दाहरू भने लकडाउन सुरु भएको केही दिनपछि खुला गरियो । विभिन्न निकाय र क्षेत्रका सरोकारवालाहरूको सुझाव तथा छलफलपछि अत्यावश्यक मानिएका खाद्यवस्तु तथा औषधि उद्योगहरूलाई बाहिर लकडाउन भए पनि भित्रभित्रै उचित सुरक्षा संवेदनशीलता अपनाई नियमित गर्न लगाइएको थियो ।
लकडाउनकै समयमा भारतीय र चिनियाँ नाका बन्द हुँदा अत्यावश्यक वस्तुका उद्योगहरूलाई आवश्यक पर्ने कच्चा पदार्थहरूको आपूर्तिमा ठूलो झमेला व्यहोर्नुप¥यो । तर, कोरोना महामारीको करिब डेढ वर्ष पुग्न लाग्दा बन्द भएका ९० प्रतिशत उद्योग सञ्चालनमा आइसकेका छन् । कोरोना महामारीको सन्त्रासमा रहेका उद्योगहरूका लागि आवश्यक जनशक्तिहरू भने अझै काममा फर्किन सकेका छैनन् । विदेशी जनशक्ति (खासगरी भारतीय कामदारमा भर परेका) बाट सञ्चालन हुने सहरी क्षेत्रमा अव्यवस्थित तथा करिडोरअन्तर्गत रहेका उद्योगहरू अझै सञ्चालनमा आउन सकेका छैनन् । हाल सञ्चालनमा आएका ९० प्रतिशत उद्योगहरू पनि अझै पूर्ण क्षमतामा सञ्चालनमा आइसकेका छैनन् ।

होटेल व्यवसाय, चलचित्र उद्योगलगायत व्यवसायहरू अझै पूर्ण रूपमा सञ्चालनमा नआए पनि धेरैजसो उद्योग व्यवसायहरू खुलिसकेका छन् । सञ्चालनमा आउन नसकेका उद्योग व्यवसायहरूलाई ‘रिकभर’ गर्न केही समय लागे पनि सरकारले आफ्ना तर्फबाट भरपूर प्रयास गरिरहेको छ । बजार पूर्ण रूपमा चलायमान हुन अझै कम्तिमा एक वर्ष लाग्ने देखिन्छ । आमउपभोक्ताहरूको क्रयशक्ति बढेपछि मात्रै मनोरञ्जन र पर्यटन क्षेत्रहरू पूर्ण रूपमा खुल्ने स्थिति बन्छ । त्यसका लागि अझै केही समय धैर्य गर्नैपर्छ । तर, अबका दिन समस्या केन्द्रित भएर समाधानका उपाय खोजेर अघि बढ्नुपर्ने चुनौती भने छ । स्वास्थ्य मापदण्ड ख्याल गर्दै व्यावसायिक कामहरू अघि बढाउन सकिएमा केही छिटो पुनःस्थापित हुन सक्छौं ।

अधिकांश नेपालीको शरीरमा एन्टीबडी बनिसकेको र धेरै ठाउँमा खोप पनि उपलब्ध गराइसकेको अवस्था भएकाले अब भने कोरोनाको त्रास कम भएको छ । त्यसैले सबै क्षेत्र खुला गरिएको हो । तर, न्यूनतम स्वास्थ्य सुरक्षा मापदण्ड भने पूर्ण पालना गर्नुपर्छ । पहिलो चरणको लकडाउन अन्त्य भएको केही महिनापछि पुनः दोस्रो चरणको महामारी फैलिएर निषेधाज्ञा लागु गरेका कारण पनि केही उद्योगहरू अझै सञ्चालनमा आउन नसकेका हुन् । कोरोनाले उद्योग व्यवसायमा पारेको प्रभाव एकातिर राखेर क्रमशः उद्योगहरू सञ्चालनका लागि तयार हुनुु सकारात्मक पक्ष हो । त्यसमा पनि सरकारले कोरोनाको चपेटामा परेका उद्योगधन्दाहरूलाई पुरानै लयमा फर्काउन र पहिलेकै जस्तो अवस्था सिर्जना गरिदिन निरन्तर प्रयास गरिरहेको छ । बजेटदेखि नीतिनिर्माणसम्म उद्योगीहरूका हरेकजसो सुझावलाई मनन् गर्दै सरकारले आफ्ना गतिविधि अघि बढाएकाले अहिले उद्योगी व्यवसायीहरू पनि सन्तुष्ट देखिएका छन् ।

सरकारले गत आर्थिक वर्षको र चालु आर्थिक वर्षको बजेटमार्फत उद्योगीहरूका लागि प्रायः मागहरू सम्बोधन गरेको छ । कोरोनाको सन्त्रास कम हुँदै गएकाले पहिलाको जस्तो घरभित्रै थुनिनुपर्ने अवस्था छैन । सबै किसिमका उद्योग व्यवासायहरू सञ्चालनमा ल्याउन सरकारले आदेश पनि जारी गरिसकेको अवस्थामा मालवस्तु ढुवानी पनि सहज भएको छ । यसरी सबै क्षेत्र सहज हुँदै जाँदा अबको केही महिनामै उद्योग क्षेत्र पूर्ण रूपमा नियमित हुनेछ र अर्थतन्त्र बढी नै प्रभावकारी हुने आकलन गरिएको छ ।

उद्योगधन्दाहरूलाई दिइएका विभिन्न सहुलियत र सहजीकरणसँगै यसको कार्यान्वयनको पाटो भने हेर्न जरुरी छ । विभिन्न नीति निर्देशिकामा उद्योगी, व्यवसायीका मागहरू समेटिए पनि यसको कार्यान्वयन नभएको भन्ने गुनासो बढेको छ । यस्ता गुनासोको सम्बोधन गर्न सरकारले कार्यक्रम कार्यान्वयन कार्ययोजना निर्माण गरी मन्त्रालयले नै कार्यान्वयनको पाटो हेरिरहेको अवस्था छ । सरकारले जस्तोसुकै परिस्थितिमा पनि सबै कार्यक्रमहरू कार्यान्वयन गर्ने प्रतिबद्धता गरेकाले आगामी दिन सहज हुने देखिन्छ ।

सार्वजनिक संस्थानको अवस्था

कोरोनाका कारण निजी क्षेत्रका उद्योगधन्दाहरू प्रभावित भएजस्तै सार्वजनिक संस्थान पनि प्रभावित भए । हाल कतिपय संस्थानहरू सञ्चालनमा आए पनि पूर्ण रूपमा सञ्चालन हुन सकेका छैनन् । उनीहरूले वित्तीय कुशलता प्रदर्शन गर्न सकेको अवस्था छैन । मन्त्रालयअन्तर्गतका सार्वजनिक संस्थानहरूले स्थापनाको उद्देश्य पूरा गर्न नसकेको अवस्था एकातिर छ भने केही उद्योगहरू बन्द रहेको अवस्था अर्कोतिर छ । बन्द भएका र आंशिक रूपमा सञ्चालनमा रहेका उद्योगहरूलाई आगामी दिनमा कुन प्रारूपमा अघि बढाउने भनेर छलफल चलिरहेको छ । चलाउन नसकिने उद्योगलाई भने बन्द गर्नुपर्छ भन्ने आवाज मुखरित भइरहेको छ ।

सरकारले हाल कुन संस्था सञ्चालन गर्ने र कस्ता संस्थान खारेज गर्ने भन्ने विषयमा छलफल अघि बढाइरहेको छ । सञ्चालनमा रहेका संस्थानलाई भने कसरी अघि बढाउन सकिन्छ भनेर खाका तयार पार्ने योजना छ । हाल धेरै संस्था घाटामा छन् । तर, वित्तीय नाफालाई मात्रै नाफाघाटासँग नजोडी उनीहरूले गरेको रोजगारी सिर्जना, स्थानीयस्तरमा भएको विकास, स्थानीय कच्चा पदार्थको उपभोगलगायतलाई पनि हेर्नु जरुरी छ । तर, सार्वजनिक संस्थानको सुधार भने अति आवश्यक छ ।

हिजो सरकारीस्तरमा चलेको तरिकाभन्दा राम्रो तरिकाले चलून् भनेर सार्वजनिक संस्थान निजीकरणको अवधारणा अघि सारिँदै आएको छ । सरकारले भन्दा राम्रो गर्न सकोस् भनेर सार्वजनिक संस्थान निजी क्षेत्रलाई जिम्मा लगाउने गरिन्छ । हालसम्म निजीकरण भएका सार्वजनिक संस्थानको अवस्था र अबको बाटोबारे अध्ययन भइरहेको छ । अध्ययनको निष्कर्षका आधारमा आगामी दिनमा सार्वजनिक संस्थान कसरी अघि बढाउने भनेर निर्णय लिइनेछ ।

सचेत हुने मौका
सरकारले अघिल्लोपटकको लकडाउनको तुलनामा दोस्रो लकडाउनमा धेरै कुराको ख्याल गर्दै अर्थतन्त्र चलायमान राख्न अग्रसर भइरह्यो । अघिल्लो वर्ष एकाएक आएको महामारीले तयारी नै नगरेको नेपाली अर्थतन्त्र र खासगरी उद्योग क्षेत्रलाई ठूलो असर पारे पनि पछिल्लो लकडाउनले त्यति असर भने पारेन ।
पहिलेको लकडाउनमा भोगेको दुःखका आधारमा धेरै सचेत भइसकेकाले पछिल्लो निषेधाज्ञामा ढुवानीको व्यवस्था, उद्योग व्यवसाय सञ्चालनलगायतमा सहजीकरणको भूूमिका सरकारले निभायो । पहिलेको लकडाउनबाट पाठ सिकेकै कारण दोस्रो लकडाउनमा धेरै सजिलो भएको उद्योगी व्यवसायीहरूको पनि भनाइ छ । आगामी दिनमा यस्तै अन्य कुनै महाविपत्ति आएको खण्डमा कसरी अघि बढ्ने भन्ने पाठ सिकाएको छ । यसले आगामी दिन अझ सहज हुने स्थिति पैदा भएको छ ।

अबको बाटो
नेपालमा उत्पादन हुने वस्तुहरू गुणस्तरीय हुन सकेको अवस्थामा स्वदेशी उद्योगको प्रतिस्पर्धी क्षमता बढाउन सकिन्छ । यसबाट कोरोनाले अर्थतन्त्रमा पारेको प्रभाव न्यूनीकरणमा सहयोग पुग्ने देखिन्छ । विदेशमा बन्ने स्तरका मालवस्तुहरू जस्तै– गुणस्तरीय वस्तु नेपालमै उत्पादन गर्न जोड दिने र सोहीअनुसारको बाटो पनि खोलिएको अवस्थामा सहज हुने देखिन्छ । यसका लागि प्रायः वस्तुहरू नेपालमै बन्नुपर्ने र कम्तीमा नेपालीले प्रयोग गर्ने सुनिश्चितता पनि हुनुपर्छ । यसबीच निजी क्षेत्रका २ छाता संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले उचित कार्यक्रमहरू पनि सार्वजनिक गरेका छन् । यी कार्यक्रमहरूले सरकारसँगको सहकार्यमा नेपालमै उत्पादकत्व बढाउन जोड दिनेछन् । सरकारले पनि निजी क्षेत्रसँग साझेदारी गरेर अभियानलाई सहयोग पुग्नेगरी समन्वयको समझदारी गरिसकेको छ । नेपाली अर्थतन्त्रलाई आत्मनिर्भर हुनेगरी चलाएको अभियानको सरकारले स्वागत गर्ने गरेकै छ ।

नेपालको आयातमुखी अर्थतन्त्रलाई निरुत्साहित गरी आयात प्रतिस्थापनलाई पनि उत्तिकै ध्यान दिनुपर्छ । नेपालमा आयात प्रतिस्थापन गर्न आन्तरिक उत्पादन बढाउनुपर्छ । त्यसका लागि निजी क्षेत्र अघि आउनुपर्छ भने सरकारले औद्योगिक पूर्वाधारको विकास गरिदिनुपर्छ । त्यसका लागि सरकारले विशेष आर्थिक क्षेत्र (सेज), औद्योगिक ग्राम, जनशक्ति विकासका लागि विभिन्न कार्यक्रमहरू अघि बढाइरहेको छ । सरकारले सहजीकरण गरिदिने र निजी क्षेत्र त्यहीअनुसार लागिपरे नेपालको व्यापारघाटा कम गराउन सहयोग पुग्नेछ ।

सेज र औद्योगिक ग्रामहरूले स्वदेशी उद्योगहरूको प्रवद्र्धनमा विशेष जोड दिनेछन् । सेजका लागि देखिएका नीतिगत अप्ठ्यारोहरू सुल्झाई सकिएको छ । त्यस्तै औद्योगिक ग्राम पनि प्रत्येक स्थानीय तहमा हुनुपर्ने व्यवस्था प्रभावकारी नदेखिएपछि प्राथमिकताका क्षेत्र तोकेर औद्योगिक ग्राम निर्माण गर्ने व्यवस्था गरिएको छ । सरकारले कोरोनाकालमै वैदेशिक लगानी प्रवद्र्धनका धेरै कामहरू गरिसकेको छ । यसबीचमा २१ भन्दा बढी कानुनहरू निर्माण भएका छन् । उद्योग विभागले पनि सोहीअनुसार काम गरिरहेकै छ । नेपालमा वैदेशिक लगानी भित्र्याउन नीतिगत सुधारहरू सबै भइसकेकाले बजारीकरण गर्नु जरुरी छ । अझ कमी–कमजोरीहरू भए त्यसलाई पनि सुधार गर्दै जान सकिन्छ । नेपालमा हाल ८३३ अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता छ । सोहीअनुसार बहुराष्ट्रिय उद्योगहरू नेपालमा खुुलिरहेका छन् र खुल्दै छन् । हाल बनेका नीतिहरू कार्यान्वयन भइसकेकाले उद्योगहरूले भरपूर नाफा लैजाने पनि गरेका छन् । वैदेशिक वा स्वदेशी लगानीमा समेत कुनै अवरोध आएको खण्डमा सरकार सहजीकरणका लागि तत्पर छ ।

विपत्तिविरुद्धको पूर्वतयारी
कुनै पनि महाविपत्ति पहिल्यै सूचना दिएर आउँदैन । त्यसैले हरेक समयमा महाविपत्तिका लागि जुुध्न पूर्वतयारी गरिराख्नुपर्छ । अहिले केही भएको छैन भनेर चुप लागेर बस्ने कुरा हुँदैन । पछिल्लो कैयौं वर्षदेखि नेपालमा कोरोनाजस्तो महामारी नभोगिएको स्थितिमा पनि विस्तारै समस्या समाधान गर्दै अघि बढ्न सकिएको छ । कोरानाको महाविपत्तिले प्रकृतिअनुसार फरक तरिकाले पूर्वतयारी गर्नुपर्छ भन्ने सन्देश दिएको छ । (नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को वार्षिक जर्नल ‘अर्थिचित्र’ बाट साभार )

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सरकारी ढिलासुस्तीको पराकाष्ठा: १० महिनामा ३१ प्रतिशत मात्र विकास खर्च, संसद्‍मा ‘सनसेट ऐन’को प्रस्ताव

सरकारी ढिलासुस्तीको पराकाष्ठा: १० महिनामा ३१ प्रतिशत मात्र विकास खर्च, संसद्‍मा ‘सनसेट ऐन’को प्रस्ताव

वि.सं.२०८३ जेठ २४ आइतवार ११:१६

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना समाप्त...

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:३५

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनालाई थप व्यवस्थित,...

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

वि.सं.२०८३ जेठ २२ शुक्रवार १०:३१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना बित्न...

नेपालको बैंकिङ क्षेत्रमा नयाँ क्रान्ति: अब ‘पेमेन्ट गेटवे’ होइन, बन्दैछ ‘फिनटेक मार्केटप्लेस’

नेपालको बैंकिङ क्षेत्रमा नयाँ क्रान्ति: अब ‘पेमेन्ट गेटवे’ होइन, बन्दैछ ‘फिनटेक मार्केटप्लेस’

वि.सं.२०८३ जेठ २० बुधवार १२:२२

काठमाडौं । अहिलेको युग डिजिटल प्रविधिको हो। गोजीमा नगद बोकेर हिँड्ने...

आज फेरि ३० अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ३० अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ जेठ २० बुधवार ११:३४

काठमाडौं ।नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि लगातार...

अन्तर बैंक ब्याजदर नियन्त्रणमा ‘स्थायी निक्षेप सुविधा’ सर्वोत्कृष्ट औजार, दैनिक प्रयोगले वित्तीय बजार सन्तुलित

अन्तर बैंक ब्याजदर नियन्त्रणमा ‘स्थायी निक्षेप सुविधा’ सर्वोत्कृष्ट औजार, दैनिक प्रयोगले वित्तीय बजार सन्तुलित

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:१५

काठमाडौँ । नेपालको बैंकिङ प्रणालीमा अन्तर बैंक ब्याजदर नियन्त्रण र...