back

नेपालको अर्थतन्त्र पुनरुत्थानमा एनआरएनको भूमिका (डा.बद्री केसीको लेख)

करिब दुुई वर्षदेखि नोबेल कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्र थला परेको छ । यस अवधिमा चार लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारी गुमाएर स्वदेश फर्किएका छन् । त्यहाँ कम्पनीहरू बन्द छन्, कामदारहरू कटौती गरिएको छ । यसको नकारात्मक असर तत्काल मात्रै नभएर दीर्घकालसम्म पर्ने निश्चित छ ।

कोभिड समयमा धेरै गैरआवासीय नेपाली (एनआरएन) हरूलाई ठूूलो समस्या प¥यो । हजारौंले रोजगारी गुमाए । कतिपय महिला कम्पनीबाट मात्र होइन घरबाट पनि निकालिए । यस्तो कठिन बेलामा एनआरएनएले तुरुन्तै राहत/उद्धारको काम ग¥यो । संघले कोभिडका बेला नेपालीलाई सहयोग गर्न अभियान नै चलायो । यस अवधिमा ५० वटा देशमा २५ सय जनाभन्दा बढी स्वयंसेवक खटिए । स्वास्थसम्बन्धी थुप्रै कमिटी गठन गरेर चिकित्सक र नर्सहरूलाई पनि परिचालन ग¥यो । रोजगारी गुमाएर सडकमा आएकाहरूलाई सेल्टरको व्यवस्था गरेर खाना नपाएकाहरूलाई खाना, अस्पतालमा भएकालाई हेरविचार र औषधिको व्यवस्था गर्ने काम ग¥यो । दूूधेबालक तथा गर्भवती महिलाहरूलाई उद्धार गर्नुपर्ने अवस्था आयो । यूूएईबाट ९० महिलालाई उद्धार गरेर नेपाल ल्याइयो । दूूधेबालक भएका महिलाहरूलाई राहतका साथै स्वास्थ्य सुरक्षाका सामग्रीहरू पनि वितरण ग¥यो ।

संघकै पहलमा खर्च नभएका करिब १५ सय नेपालीलाई टिकट काटेर काठमाडौंसम्म आउने मात्र होइन उनीहरूको थातथलो (घरसम्म) पुु¥याउने व्यवस्था भयो । राहदानी नवीकरणका लागि एनआरएनएले ‘क्याम्प’हरू सञ्चालन ग¥यो । दूूतावास बन्द हुँदा पनि एनआरएनएले आफ्नो झ्याल ढोका बन्द गरेर बसेन । ५/६ ‘भोलेन्टियर’ को समेत कोरोना संक्रमणका कारण मृत्यु भयो । कोरोना संक्रमणका कारण हालसम्म ४ सय ८६ जनाले विदेशमा मृत्युवरण गरिसकेका छन् भने एक लाख १० हजारभन्दा बढी संक्रमित भए । संस्थाले सुरुबाटै राहतको अभियान चलाएको छ । राहतको ‘रिपोर्टेसन’ र ‘रिहाबिलिटेसन’ को अभियान नै सञ्चालन गरेको छ । नेपाल आएका व्यक्तिहरूको पनि संघले रेकर्ड राखेको छ । बाहिर के गरेर आएको यहाँ के गर्दै छ, अब के गर्छ भन्ने विषय पनि संस्थाले सोचिरहेको छ ।
कुबेतबाट एकैचोटि तीन हजारभन्दा बढी महिलालाई उद्धार गरेर नेपाल ल्याइयो । सरकारले टिकट त हाल्यो तर, सेल्टरमा बस्दाको खर्च (बस्ने–खाने सबै व्यवस्था) संघले मिलायो । युरोपियन देशहरूमा समस्यामा परेका विद्यार्थीलाई पनि कोठाभाडा तिर्नेदेखि विभिन्न किसिमका सहयोग गर्न संघ तत्पर रह्यो ।

अहिले करिब आठ लाख नेपाली वैैदशिक रोजगारीमा छन् । नेपालीहरूले विदेशमा गएर गर्ने काम र नेपालमा विदेशीहरू आएर गर्ने काममा खासै फरक छैन । नेपालहरू विदेशमा गएर गर्ने त्यही काम नेपालमा गर्दैनन् र विदेशीले आएर गर्छन् । विदेशी नेपालमा आएर गर्ने नेपालीले गर्ने हो भने तीनगुणा बढी ज्याला आउँथ्यो । अहिले चार लाख नेपाली विदेशबाट फर्किएका छन् । तिनीहरूलाई पुनःस्थापना गर्न सकियो भने विदेशीहरू नेपाल आएर लगेको पैसा रोक्न ठूलो मद्दत हुन्छ । कोरोनाको समयमा पनि विदेशबाट आउने रेमिट्यान्स घटेन बरु झनै बढ्यो । विदेशमा काम गर्नेहरूले कोरोनाका बेला घरमा समस्या पर्छ भनेर अघिपछि भन्दा बढी पैसा पठाए । अर्कोतिर यो बेला वैधानिक प्रणालीबाट पैसा पठाउनेको संख्या पनि बढ्यो । तर, खुुकुुलो भएसँगै फेरि रेमिट्यान्स घट्ने संकेत मिलिरहेको छ ।
संघसँग विदेशमा नेपालीहरूले के सीप सिकेका छन् भन्ने तथ्यांक पनि छ । यो एकदमै ठूलो सम्पत्ति हो । कसले के सीप सिकेको छ उसलाई त्यही सीप प्रयोग गर्ने गरी पुनःस्थापनाका लागि कार्यक्रम ल्याउन सरकार र संघबीच सहकार्य गर्नुपर्नेछ । पुनःस्थापना एक्लैले गरेर सम्भव छैन । सार्वजनिक क्षेत्र, सरकार र निजी क्षेत्र सबै मिलेर काम गर्नुपर्ने आवश्यकता छ ।

सामूहिक लगानीको एजेन्डा
संघले पहिलेदेखि नै नेपालमा लगानी ल्याउनुपर्छ भनेर लागेकै हो । संघकै अग्रसरता र व्यक्तिगत पहिलमा एनआरएनएहरूले ठुल्ठूला क्षेत्रमा लगानी पनि गरिरहेका छन् । तर, सामूहिक रूपमा ठूलो लगानी आएको भने छैन । सामूहिक लगानी हुनुपर्छ भनेर एनआरएनए इन्भेस्टमेन्ट कम्पनी पूर्वअध्यक्ष जीवा लामिछानेको पहलमा खोलिएको छ । त्यसमा एक हजारभन्दा बढी गैरआवासीय नेपालीले न्यूनतम एक लाखदेखि अधिकतम एक करोड रुपैयाँसम्म लगानी गरेका छन् । यो कम्पनीले धेरै पूर्वाधार क्षेत्रमा लगानी पनि गरेको छ । यसैबाट हामी प्रभावित भएर अब झन् धेरै मानिसहरूले गर्न सक्छन् भनेर ‘ड्रिम प्रोजेक्ट’ का रूपमा १० अर्ब रुपैयाँ (१० करोड डलर) को कम्पनी संघकै अध्यक्ष कुमार पन्तको अध्यक्षतामा खडा भएको छ ।

कम्पनीमा सुरुमा एक करोड ५० लाख डलर सरकारले हाल्ने र आठ करोड ५० लाख डलर एनआरएनमा आबद्ध व्यक्ति तथा वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूले न्यूनतम हजार रुपैयाँदेखि सेयर किन्न मिल्ने गरी लगानी जुटाउने नीति अङ्गीकार गरिएको छ । कम्पनी दर्ता भइसकेकाले रकम जुटाउन सार्वजनिक आह्वान पनि भइसकेको छ । कम्तीमा विदेशमा बस्ने ४–५ लाख व्यक्तिको संलग्नतामा केही महिनाभित्रै सञ्चालनमा आउँछ । विदेशमा रहेका ४–५ लाख नेपालीले डिम्याट एकाउन्ट खोल्छन् र उनीहरूलाई नेपाली अर्थतन्त्रसँग जोड्न कामयाबी हुन्छ । यो कम्पनी विदेशमा बस्ने ७० लाख नेपालीलाई नेपाली अर्थतन्त्रसँग जोड्ने सुुरुवाती विन्दु (स्टार्टिङ प्वाइन्ट) बन्नेछ र यसले अर्थतन्त्रमा उपलब्धि प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।

स्वीकृति लिनुपर्ने सबैजसो ठाउँबाट कम्पनीले अनुमति पाइसकेको छ । चार वर्षअगाडि लगानी सम्मेलनमा संघले गरेको १० करोड डलरको लगानी प्रतिबद्धता कार्यान्वयनमा गएको छ । लगानी सम्मेलनमा लगानी नेपाल भित्र्याउन धेरै विदेशी कम्पनीहरूले प्रतिबद्धता देखाए पनि संघले गरेको प्रतिबद्धता कार्यान्वयनमा आउनुु ठूलो उपलब्धि हो । कम्पनीमार्फत गरिने लगानीसँगै संघले सन् २००५ देखि सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार उपभोग गर्न पाउने अधिकारसहितको दोेहोरो नागरिकताको निरन्तरतामा जोड दिइरहेको छ । तर, अझै कार्यान्वयन भएको छैन । भोलि पनि प्राथमिकता दोहोरो नागरिकताको व्यवस्था नै हुन्छ । नागरिकता लिएको एनआरएनएले के–के गर्न पाउने र नागरिकता नभएको एनआरएनएले के–के गर्न पाउने भनेर आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको वर्णनसहित कानुन बनाउन संघले आगामी दिनमा थप दबाब सिर्जना गर्नेछ ।

अहिलेको लगानी सुरुवात मात्रै हो । सुुरुवाती कोषलाई बढाउँदै लैजाने योजना छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरू बल हुँदा विदेशमा काम गर्ने र नेपाल आएपछि बोझ ठान्ने प्रवृत्ति अधिक छ । यस्तो स्थितिबाट पार पाउन निवृत्तिभरण (पेन्सन) कोष वा सामाजिक सुरक्षा कोषको व्यवस्था गरी विदेशमा काम गर्ने नेपालीहरूको रोजगारीलाई सुनिश्चित गराउनुुपर्ने आवश्यकता छ ।
विदेशमा काम गर्ने दौरान श्रम स्वीकृति लिएको व्यक्ति कसैको मृत्यु वा अंगभंग भए सानोतिनो बिमा पाउँछ तर श्रम स्वीकृति नभएकाले केही पनि नपाउने स्थिति छ । यस्तो अवस्थामा वैदेशिक रोजगारीमा देखिएका समस्याहरूलाई निराकरण गर्दै वैदेशिक रोजगारमा भएका जति पनि ठगीधन्दाहरू छन्, त्यसलाई न्यूनीकरण गर्न संघले सक्रियतापूर्वक भूमिका खेल्नेछ ।

नेपालमा बौद्धिक लगानी एकदमै कम छ । संघसँग अहिले प्रविधि छ, भौतिक रूपमा नेपालमै आएर बस्नु पर्दैन । कौशल हस्तान्तरण (स्किल ट्रान्सफर) को काम अमेरिका, युरोप वा अन्य जुुनसुुकै स्थानबाट पनि हुने स्थिति छ । प्रतिष्ठित विश्वविद्यालयमा पढाउने हजारौं प्राध्यापक, इन्जिनियर, चिकित्सकहरू छुट्टीका बेलामा नेपालमा आएर भोलेन्टियरका रूपमा आफूले जानेको सीप सिकाउन चाहिरहेका छन् । दोस्रो पुुस्तालाई आकर्षित गर्ने कार्यक्रम ल्याएर संघमा आबद्ध गराउन हरदम प्रयास गरिनेछ । समस्या बुुझेर समाधान खोज्न सक्ने क्षमता भएको व्यक्तिले एनआरएनएका भूमिकालाई थप प्रभावकारी बनाइ संस्थागत अस्तित्व जोगाइराख्न महत्वपूर्ण भूमिका खेल्नेछ ।

– लेखक गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष हुन् । (नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को वार्षिक जर्नल ‘अर्थिचित्र’ बाट साभार )

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०६

काठमाडौं । उपभोक्ताहरूले सामान खरिद गर्दा अनिवार्य रूपमा सक्कली बिल...

विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी, सदस्य राष्ट्रलाई बढ्नेछ आर्थिक सहयोग

विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी, सदस्य राष्ट्रलाई बढ्नेछ आर्थिक सहयोग

वि.सं.२०८३ साउन ४ सोमवार १३:२३

काठमाडौं । फिफा विश्वकप २०२६ ले विश्व फुटबल महासंघ (फिफा)का...

५८ अर्बभन्दा धेरैको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत

५८ अर्बभन्दा धेरैको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत

वि.सं.२०८३ साउन ३ आइतवार १३:४१

काठमाडौं । आर्थिक वर्ष २०८२÷८३ मा उद्योग विभागले कुल ५८...

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...