back

एनसेलले पायो विट्सा र एसोसीओ अवार्ड

काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले धुलिखेल अस्पतालसँगको सहकार्यमा ग्रामीण तथा दूरदराजका सेवाबाट वन्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न संचालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम दुई वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ। यो कार्यक्रमका लागि एनसेलले विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ र एसोसीओ अवार्ड २०२१ जित्न सफल भएको छ।

कम्प्युटर एसोसियसान नेपाल (क्यान) महासंघले शुक्रबार काठमाण्डौमा आयोजना गरेको ‘बीटुबी बिजनेस समिट २०२१’ को अवसर पारी यी दुई पुरस्कार सम्माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले एनसेललाई हस्तानतरण गरेका थिए। वर्ल्ड इन्फरमेसन टेक्नोलोजी एन्ड सर्भिसेस अलाएन्स (विट्सा) र एसियन–ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एसोसीओ) मा क्यान महासँगले नेपालको प्रतिनिधित्व गर्दछ।

विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ को विजेताहरुको घोषणा गत कार्तिक २७ गते बंगलादेशको ढाकामा आयोजित एक कार्यक्रममाझ भएको थियो। एनसेलले यो अवार्ड मेरिट विनरको रुपमा ई–हेल्थ सोलुसन अवार्ड (प्राइभेट सेक्टर–एनजीओ) विधाअन्तर्गत जितेको हो।

त्यस्तै गत कात्तिक २६ गते बंगलादेशको ढाकामा आयोजित वर्ल्ड कंग्रेस अन इन्फरमेसन एन्ड टेक्नोलोजी २०२१ कार्यक्रममा एनसेलले हेल्थटेक अवार्ड २०२१ विधाअन्तर्गत एसोसीओ अवार्ड जितेको घोषणा गरिएको थियो। यस कार्यक्रममा विभिन्न २४ देशका ३५ संघसंस्था तथा कम्पनीहरु एसोसीओ अवार्डबाट सम्मानित भएका थिए।

‘१०० भन्दा बढी योग्य, नवीन तथा राम्रा आवेदनहरुको समिक्षा गर्ने हामीले मौका पायौँ’, विश्वभरका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका संघसंस्थाहरुको छाता संगठन विट्साका सेक्रेटरी जनरल जिम पोइसन्टले शुक्रबार कार्यक्रममा देखाइएको भिडियो सन्देशमा भने। ‘इनोभेटिभ ई–हेल्थ सोलुसन्सअन्तर्गत एनसेल आजियाटा लिमिटेड विजयी भएको छ। दूरदराजका जनसमुदायलाई सेलुलर र डिजिटल प्रविधिहरुको प्रयोगमार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेकाले यो पुरस्कार प्रदान गरिएको हो।’

एनसेलले आफ्नो व्यवसायिक सामाजिक जिम्मेवारी अन्तर्गत प्रविधि तथा तथ्यांकमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामीण तथा दूरदराजका सेवाबाट बन्चित समुदायहरुलाई उनीहरुको घरदैलोमा नै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको थियो। यो कार्यक्रम धुलिखेल अस्पतालअन्तर्गतका विभिन्न ग्रामिण भेगका चार स्वास्थ्य केन्द्रहरुमा लागू गरिसकिएको छ। यस कार्यक्रमअन्तर्गत जनसमुदायले आफ्नै स्थानीय स्वास्थ्य केन्द्रमार्फत धुलिखेल अस्पतालमा रहेका विषेशज्ञ डाक्टरहरुसँग परामर्श लिन सक्छन्।

‘हाम्रो सामाजिक जिम्मेवारीअन्तर्गत सुरु गरिएको स्वास्थ्यसम्बन्धी यस नविन कार्यक्रमले प्रतिष्ठित विट्सा र एसोसीओ अवार्ड जित्न सफल भएकोमा हामी निकै खुसी छौँ’, एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, ‘यस पहलले दुरदराजका जनसमुदायको जीवनरक्षा गर्न मद्दत गर्नुको साथै आफ्नै ठाउँमा नै सेवा उपलब्ध हुने भएकाले शहरका अस्पतालमा जाँदा लाग्ने समय र स्रोत बचत गर्नमा योगदान गर्दछ। यो कार्यक्रमले १५ हजारभन्दा बढी घरधुरीका जनसमुदायलाई दीर्घ रोग, नसर्ने रोग, सरुवा रोग लगायतका रोगहरुको उपचार सेवामा प्रतक्ष्य योगदान गर्दछ।’

कार्यक्रम पुरस्कृत भएकोमा खुसी व्यक्त गर्दै धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले भने, ‘एनसेलसँगको हाम्रो यस सहकार्यले अन्तर्राष्ट्रिय पुरस्कार पाउनु ठूलो सम्मान हो। जनसमुदायलाई सजिलै गुणस्तरीय स्वास्थ्य सेवामा पहँुच सुनिश्चित गर्न यो कार्यक्रम २० वा सोभन्दा बढी स्वास्थ्य केन्द्रमा लागू गर्ने हाम्रो योजना रहेको छ।’

टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम धुलिखेल अस्पतालद्वारा ग्रामीण भेगमा सञ्चालन गरिएको चारवटा स्वास्थ्य केन्द्रहरु सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा सञ्चालन भइरहेको छ। यो कार्यक्रममा टेलिमेडिसिन र पर्सनलाईज्ड हेल्थ प्रोग्राम (पीएचपी) गरी दुई क्षेत्रमा केन्द्रित रहेको छ। टेलिमेडिसिनअन्तर्गत आधुनिक टेलिमेडिसिन किट र कनेक्टिभिटीको प्रयोग गरि अस्पतालका चिकित्सक तथा विज्ञहरुसंग सीधै सम्पर्क स्थापित गराई स्थानीय जनसमुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान दिइन्छ।

पीएचपीअन्तर्गत यो कार्यक्रम सञ्चालन भएका क्षेत्रका समुदायका स्थानीयहरुले पर्सनलाईज्ड स्वास्थ्य सेवा पाउनेछन्। जसका लागि स्वास्थ्य केन्द्रहरुले त्यहाँका स्थानिय मानिसहरुको स्वास्थ्य सम्बन्धी नियमित जाँच गर्नेछ र समयमा नै आवश्यक स्वास्थ्योपचार स्थानीय ठाउँमा नै गर्नेछन्।

nactional life
Corporatebazar 11 Anniversary

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

वि.सं.२०८३ वैशाख ८ मंगलवार २१:१६

काठमाडौँ । अन्तर्राष्ट्रिय भू-राजनीतिक तनाव र पेट्रोलियम पदार्थको अनियन्त्रित मूल्यवृद्धिको...

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:०५

काठमाडौँ । सरकारले विदेशी लगानी आकर्षित गर्न 'अटोमेटिक रुट' (स्वचालित...

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:३०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८...

३९ सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स : नक्कली बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिने

३९ सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स : नक्कली बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिने

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३५

काठमाडौं । सरकारले हालै सुरक्षण मुद्रण केन्द्रमार्फत छपाइ गरिरहेको नयाँ...

अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विषयगत मन्त्रालयका मन्त्री र...

नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात

नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:२२

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८२÷८३ को नौ महिना...