back

शिखर इन्स्योरेन्स १८ औँ वर्षमा प्रवेश

काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो १७ वर्ष पूरा गरी १८ औँ वर्षमा प्रवेश गरेको छ। कम्पनीले आजैका दिन दिन अर्थात वि.सं. २०६१ मंसिर २ देखि बीमा सेवा प्रदान गर्दै आईरहेको हो । सुरुवाती समयमा १० करोडको चुक्तापुँजी भएको कम्पनीको आज १ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको पछिल्लो १५ औँ र १६ औँ वार्षिक साधारणसभाबाट पारित ३० प्रतिशत हकप्रद सेयर जारी भएपश्चात कम्पनीको चुक्तापुँजी २ अर्ब २८ करोड पुग्नेछ।
विगत १७ वर्षदेखि अनवरत रुपमा सेवा प्रदान गर्दै आइरहेको कम्पनीले यस क्रममा बीमाको पहुँच नेपालको विकट जुम्ला, हुम्ला, कालिकोट, मुगु, मुस्ताङ, बझाङ दैलेख, डोटी, डोल्पाजस्ता दूरदराजका जिल्लासहित कुल १०५ शाखा र निकट भविष्यमा थप २० शाखा गरी कुल १२५ शाखा मार्फत सेवा प्रदान गर्न सफल छ। सम्पूर्ण बीमित वर्गको विश्वास र भरोसाको केन्द्र भएका कारण नेपालमा भएका निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्ने कम्पनी बन्न सफल भएको छ।

यस अवधिमा कम्पनीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कार प्राप्त गर्न सफल भएको छ। जसमा नेपाल सरकार अर्थ मन्त्रालय, अन्तरिक राजश्व विभाग, ठूला करदाता कार्यालय ललितपुरले आर्थिक बर्ष २०७१/७२ मा सबैभन्दा बढी कर दाखिाले गर्ने कम्पनीका रुपमा सम्मानपत्र प्रदान गरेको थियो। यसैगरी नेपाल सरकारको ४९ प्रतिशत लगानी रहेको नेपाल पुनर्बीमा कम्पनी आ.व. २०७५–७६ र आ।व। २०७६–७७ मा निर्जीवन कम्पनीहरुमध्ये पुनर्बीमा शुल्क र दाबीका आधारमा सबैभन्दा बढी नाफामूलक व्यवसाय प्रदान गरेकोमा सम्मानपत्र प्रदान गरेको थियो।

शिखरले वि.स. २०७१, २०७३, २०७४, २०७६ सालमा न्यु बिजनेस एज संस्थाबाट बेस्ट म्यानेज्ड इन्स्योरेन्स कम्पनी पुरस्कार प्राप्त गर्न सफल भएको छ।

नेपालको दूरदराज बिकट जुम्ला, कालिकोट, डोल्पा, मुगुका जनतालाई बर्सेनि मौसमका कारण स्याउखेतीमा हुने नोक्सानीका कारण पर्न जाने आर्थिक भारलाई कम गर्न मौसम सूचकांक बीमालेखमार्फत किसानलाई भएको जोखिम तथा क्षतिको क्षतिपूर्ति प्रदान गरेकै कारण UK Aid funded Adaptation at Scale prize Asia Network for Sustainable Agriculture and Bioresources (ANSAB)  द्वारा २०१९ मा ५० हजार पाउन्ड स्ट्रेलिङबराबर पुरष्कार राशि शिखर इन्स्योरेन्सले प्राप्त गरेको छ। २०७२ सालको भूकम्पका कारण सृजित विपत्तिको समयमा भत्किएका संरचनाको पुनर्निर्माणका लागि बीमितको दाबी समयमै भुक्तानी गरी बीमा व्यवसायमा दाबी केन्द्रित गरी बीमितलाई परेको बेला सहयोग गरेमा बीमा बारेको जनचेतना तथा आस्था एवं विश्वास आर्जन गरेमा व्यवसायमा स्वतः बढोत्तरी हुन्छ भन्ने कुरा आज शिखर इन्स्योरेन्स नेपालको अग्रस्थानमा रहनुले प्रमाणित गरेको छ।

आ.व. २०७७–७८ मा निर्जिवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी ३ अर्ब ९७ करोडको बीमाशुल्क आर्जन गर्न कम्पनी बन्न सफल कम्पनीले आफ्ना सेयरधनीलाई राम्रो प्रतिफल दिन सफल छ।

कम्पनीलाई यस उचाइमा पुर्याउन कर्मचारी वर्गको मेहनत र योगदान अतुलनीय रहन्छ। यस अवसरमा कम्पनीमा १० वर्षे कार्यकाल पूरा गरेका २५ जना कर्मचारीलाई सम्मान गरिएको छ। हालसम्म कम्पनीमा १० वर्ष कार्याकाल पूरा गरेका कर्मचारीको संख्या ७० पुगेको छ।

यस अवसरमा कम्पनीको केन्द्रीय कार्यालयमा बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरियो थियो। जसमा ५६ जना कर्मचारीहरुले रक्तदान गरेका थिए।

nactional life
Corporatebazar 11 Anniversary

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०१

काठमाडौँ । कृषि क्षेत्रमा व्याप्त बिचौलिया संयन्त्रलाई निरुत्साहित गर्दै वास्तविक...

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

वि.सं.२०८३ वैशाख ८ मंगलवार २१:१६

काठमाडौँ । अन्तर्राष्ट्रिय भू-राजनीतिक तनाव र पेट्रोलियम पदार्थको अनियन्त्रित मूल्यवृद्धिको...

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:०५

काठमाडौँ । सरकारले विदेशी लगानी आकर्षित गर्न 'अटोमेटिक रुट' (स्वचालित...

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:३०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८...

३९ सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स : नक्कली बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिने

३९ सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स : नक्कली बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिने

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३५

काठमाडौं । सरकारले हालै सुरक्षण मुद्रण केन्द्रमार्फत छपाइ गरिरहेको नयाँ...

अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विषयगत मन्त्रालयका मन्त्री र...