back
himalayan life

कर्मचारी भन्दा माथी उठेर काम गर्न कर्मचारीहरुलाई युवा तथा खेलकुद मन्त्री अथकको निर्देशन

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय युवा परिषद कार्यालयको अनुगमन सम्पन्न गरेका छन् । राष्ट्रिय युवा परिषदको अध्यक्ष समेत रहेका मन्त्री अथकले शुक्रबार भक्तपुर ठिमि स्थित परिषदको कार्यालयमा पुगेर अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा युवा परिषदका प्रशासकिय प्रमुख बाबुराम ढुंगानासहितका कर्मचारी तथा युवा परिषदका सदस्यहरुले मन्त्री अथकलाई फुल गुच्छाले सम्मान गरेका थिए । त्यसक्रममा मन्त्री अथकले कार्यालय भवन तथा युवा परिषद अन्तर्गतका ६ वटा शाखाको निरिक्षण गरेका हुन् ।

निरिक्षण पछि कर्मचारी तथा पदाधिकारीहरुलाई निर्देशन दिदैं मन्त्री अथकले युवा परिषदलाई युवाहरुको केन्द्रका रुपमा स्थापित गर्न प्रतिवद्ध भएर काम गर्न आग्रह गरेका छन् । ४० प्रतिशत बढि युवाको प्रतिनिधित्व गर्ने मन्त्रालयको अभिन्न अंगका रुपमा रहेको युवा परिषदले युवाहरुको मनोविज्ञान बुझेर योजनाहरु तर्जुमा गर्नुपर्ने बताउँदै मन्त्री अथकले भने, “भविष्य बोकेका युवाहरुको मनोविज्ञान तथा भावना बुझेर दिर्घकालीन योजनाको खाका तयार गर्नुहोस ।”

पछिल्लो समय ठुलो मात्रामा युवाहरु बिदेशिने गरेको तर्फ ईगित गर्दै मन्त्री अथकले युवाहरुलाई स्वदेशमै बस्ने बातावरण निर्माण गर्न नयाँ ढंगले सोचनुपर्ने आवश्यक रहेको बताए । “युवालाई स्वदेशमै केही गर्ने सपना देखाउनुहोस” मन्त्री अथकले भने, “स्वदेशमै विभिन्न क्षेत्रमा सफल कर्मशिल युवाहरुबाट उप्रेरीत हुने गरी अन्य युवाहरुलाई समेत स्वदेशमै रोक्नेखालका योजनाहरु अगाडी बढाउनुहोस ।”

साधन स्रोतका कारण कुनै पनि योजना संचालनमा समस्या हुने अवस्था आउन नदिने प्रतिवद्धता जनाउँदै मन्त्री अथकले सामान्य कर्मचारी भन्दा माथी उठेर देशभरका युवाहरुलाई सपना देखाउने ब्यक्तिका रुपमा आफुलाई उभ्याउन कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् ।

अहिलेकै अवस्थामा युवाहरु बिदेशिने हो भने आगामी ३० वर्षभित्र नेपालमा युवाहरुको खडेरी पर्ने अवस्था आउने खतारा बढ्दै गएको भन्दै मन्त्री अथकले चिन्ता ब्यक्त गरेका थिए ।
कार्यक्रममा युवा तथा खेलकदु मन्त्रालयका निमिक्त सचिव कमल प्रसाद पोखरेल र सहसचिव विष्णुृराज ढकालले मन्त्रालयले मन्त्रीका रुपमा उर्जावान ब्यक्ति पाएको भन्दै अहिलेसम्म विभिद कारणले रोकिएका र हुन नसकेका महत्वपूर्ण नितिगत कुराहरुलाई अगाडी बढाउने प्रक्रिया सुरु भएको बताए ।

कार्यक्रममा युवा परिषदका प्रशासकिय प्रमुख बाबुराम ढुंगानाले कार्यालयको प्रगती विवरण पेश गरेका थिए । पछिल्ला वर्षहरुमा परिषदलाई उपलब्ध हुँदै आएको बजेटमा कटौती हुने क्रम बढ्दै गएको भन्दै ढुंगानाले त्यसतर्फ मन्त्रालयले विशेष ध्यान दिनुपर्ने बताए ।
२०७८ कार्तिक १४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

वि.सं.२०८३ असार ५ शुक्रवार ११:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका जारी...