back

५० हजार डलरभन्दा बढी मूल्यको सवारीसाधन पैठारीमा लगाइएको बन्देज हट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारीसाधनको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाएको छ।

केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै अमेरिकी डलरभन्दा बढी मूल्यको सवारीसाधनको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाएको हो। सोहीअनुसार विदेशी मुद्राको सटही सुविधा दिइने राष्ट्र बैंकले जानकारी गराएको छ।

यसैगरी राष्ट्र बैंकले भन्सार उपशीर्षक ०७१३.१०.०० को केराउको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई आर्थिक वर्ष २०७७–७८ अवधिका लागि कुल ८० हजार मेट्रिकटन परिमाण ननाघ्ने गरी विदेशबाट आयात गर्न सकिने व्यवस्था गरेको छ।

यसैगरी भन्सार उपशीर्षक ०८०२.८०.०० र ०८०२.९०.०० को सुपारीको पैठारीमा लगाएको पूर्ण प्रतिबन्धलाई हटाई आव २०७७÷७८ का लागि २५ हजार मेट्रिकटन विदेशबाट आयात गर्न सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ।

त्यस्तै भन्सार उपशीर्षक ०८०४.१०.०० को छोकडाको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाए आव २०७७–७८ को अवधिका लागि ५० हजार मेट्रिकटन आयात गर्न सकिने व्यवस्था गरिएको छ।

भन्सार उपशीर्षक ०९०४११.०० को नधुल्याएको मरिचको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई आर्थिक वर्ष २०७७–७८ को अवधिका लागि कुल १५ हजार मेट्रिकटन परिमाण ननाघ्ने गरी विदेशबाट आयात गर्न सकिने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।

यी सबै वस्तुको पैठारीमा सोहीअनुसार विदेशी मुद्राको सटही सुविधा दिइने राष्ट्र बैंकले जनाएको छ।

२०७८ कार्तिक १४ गते प्रकाशित

khanepani

अर्थतन्त्र सुधारोन्मुख छः गभर्नर अधिकारी

अर्थतन्त्र सुधारोन्मुख छः गभर्नर अधिकारी

वि.सं.२०७९ माघ १३ शुक्रवार ११:०७

उदयपुर। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली अर्थतन्त्र सुधारोन्मुख...

‘अर्थतन्त्रः अबको बाटो’ ; ‘निक्षेपको ब्याजदर घटेर मात्रै हुँदैन, कर्जाको ब्याज कम दोहोरो अंकमा आवश्यक’ छ: पूर्व अर्थमन्त्री खतिवडा

‘अर्थतन्त्रः अबको बाटो’ ; ‘निक्षेपको ब्याजदर घटेर मात्रै हुँदैन, कर्जाको ब्याज कम दोहोरो अंकमा आवश्यक’ छ: पूर्व अर्थमन्त्री खतिवडा

वि.सं.२०७९ माघ ५ बिहीवार १०:१५

काठमाडौं । पूर्वअर्थमन्त्री युवराज खतिवडाले उनले बैंकहरुको ब्याजदर मात्र घटेर...

सामाजिक सुरक्षा कोषमा २८ अर्ब संकलन, ३ अर्ब बढी दावी भुक्तानी

सामाजिक सुरक्षा कोषमा २८ अर्ब संकलन, ३ अर्ब बढी दावी भुक्तानी

वि.सं.२०७९ पुस २९ शुक्रवार ०९:२९

काठमाडौं । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत योजनाकर्तालाई ३...

विकट तथा दुर्गम क्षेत्रमा अत्याधुनिक दूरसञ्चार सेवाहरु विस्तार गर्दै डिजिटल नेपाल बनाउछौं: अध्यक्ष अर्याल

विकट तथा दुर्गम क्षेत्रमा अत्याधुनिक दूरसञ्चार सेवाहरु विस्तार गर्दै डिजिटल नेपाल बनाउछौं: अध्यक्ष अर्याल

वि.सं.२०७९ पुस २९ शुक्रवार ०९:०९

काठमाडौं । नेपाल टेलिकमका सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा...

काठमाडाैं महानगरपािलकाकाे राजश्व सङ्कलन बढ्याे

काठमाडाैं महानगरपािलकाकाे राजश्व सङ्कलन बढ्याे

वि.सं.२०७९ पुस २१ बिहीवार १०:५८

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा...

युनाइटेड सिमेन्टलाई विद्युत महशुलको २० करोड २४ लाख बक्यौता तिर्न आदेश

युनाइटेड सिमेन्टलाई विद्युत महशुलको २० करोड २४ लाख बक्यौता तिर्न आदेश

वि.सं.२०७९ पुस १९ मंगलवार ११:१३

धादिङ । युनाइटेड सिमेन्ट प्रा.लि.ले नेपाल विद्युत प्राधिकरणलाई १६ करोड...