back

निकासी पैठारी सम्बन्धि विधेयकमा अझै प्रशस्त छलफल आवश्यक

काठमाडौ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि छलफल भएको छ । सोमबार बसेको समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि छलफल भएको हो ।

सोही क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीले निकासी पैठारी (नियमन) विधेयकमा भएको कमि कमजोरी सही तरिकाले पहिचान गरेर मात्र अगाडि बढाउनुपर्ने बताए । अहिले यो ऐनले निर्यात र आयातलाई कुन हिसाबले रोक्न सकिन्छ भन्ने कुरामा बढि केन्द्रित रहेको पनि उनको भनाइ छ ।

उनले भने, ‘यो अवैध सामान पैठारी निकासीका कुराहरुलाई समेट्ने गरि यो ऐनमा भएका कमी कमजोरी यसअघिको बैठकमा राखिसकेको छ । त्यसलाई थोरै खोतल्ने हो भने यो छिटै निष्कर्षमा पुग्न सकिन्छ । आयात, निर्यात भनेपछि भन्सार जोडिन्छ, आयात निर्यात गर्ने निकाय मन्त्रालयसँग जोडिन्छ । यहाँ धेरै निकाय र धेरै कानुनहरु पनि यो अन्तर्राष्ट्रिय व्यापार भन्सारमा बढी जोडिन आउने हुनाले सबै डाटाहरु राख्यो भने सजिलो हुन्छ । भन्सार चुहावटको विषय भन्सार ऐनले हेर्छ । तर अहिलेको ऐनले चाहीं हामीले निर्यात र आयातलाई कुन हिसाबले रोक्ने भन्ने कुरालार्ई लिएर केन्द्रित रहेको छ ।’

यस्तै, उनले अन्तर्राष्ट्रिय व्यपारको लागि कानुन बनाएर अगाडि बढ्ने हो भने व्यापारमा सहज हुने बताए  । छलफलमा समितिमा हुने छलफलका विषयहरुमा समिति सभापति अब्दुल खानले जानकारी गराएका थिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...