back
nactional

टेस्लाको सेयरले झड्कायो एलन मस्कलाई, विश्वका धनाढ्यको सूचीमा तेस्रो स्थानमा झरे

काठमाण्डौ । विश्वका धनाढ्यको सूचिमा दोस्रो स्थानमा रहेका एनल मस्क अहिले भने तेस्रो स्थानमा झरेका छन् । टेस्ला इंक र स्पेस एक्सका संस्थापक एवं सीईओ मस्क
ब्लुमबर्गले मंगलबार सार्वजनिक गरेको विश्वका सर्वाधिक धनीको सूचीमा दोस्रो स्थानबाट तेस्रो स्थानमा झरेका हुन्।

ब्लुमबर्गले सार्वजनीक गरेको उक्त रिपोर्ट अनुसार एलभीएमएचका अध्यक्ष बर्नार्ड अर्नल्ट दोस्रो स्थानमा उक्लिएका हुन् । बर्नार्डको कुल सम्पत्ति १६२ बिलियन डलर रहेको छ।
ब्लुमबर्गका अनुसार मंगलबारसम्म मस्कको कुल सम्पत्ति ३.१६ बिलियन डलर घटेर १६१ बिलियन डलरमा झरेको छ। पछिल्लो समय टेस्लाको सेयरमा गिरावट आउन थालेपछि मस्कको सम्पत्तिमा गिरावट आएको छ। उनले हालै बिटक्वाइनबाट टेस्ला कार खरिद गर्न नपाउने ट्विट गरेसँगै टेस्ला कम्पनीको सेयरमा गिरावट आउन थालेको हो। टेस्ला कम्पनीसँगै बिटक्वाइनको मूल्यमा पनि भारी गिरावट आइरहेको छ।

विश्वका सर्वाधिक धनीको सूचीको पहिलो स्थानमा अमेजनका संस्थापक जेफ बेजोस छन्। उनको कुल सम्पत्ति १९० बिलियन डलर रहेको छ।

यसैगरी तेस्रो स्थानमा १४४ बिलियन डलर सम्पत्तिका साथ माइक्रोसफ्टका संस्थापक बिल गेट्स र ११८ बिलियन डलर सम्पत्तिका साथ पाँचौँ स्थानमा फेसबुकका मार्क जुकरबर्ग रहेका छन्।

२०७८ जेठ ५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सेयर बजारमा सुधार, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा सुधार, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८३ भदौ ४ बिहीवार १५:५२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

नेप्सेमा झिनो अंकको गिरावट, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

नेप्सेमा झिनो अंकको गिरावट, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८३ भदौ ३ बुधवार १५:४५

काठमाडौं । बुधबारको नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको...

‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ मस्यौदामा के-के छन् नयाँ व्यवस्था? (पूर्ण विवरण)

‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ मस्यौदामा के-के छन् नयाँ व्यवस्था? (पूर्ण विवरण)

वि.सं.२०८३ भदौ ३ बुधवार १२:४३

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (SEBON) ले पूँजी बजारमा मार्जिन...

इन्टरनेट सेवा प्रदायकको २ अर्ब ९४ करोड राजस्व विवादमा सर्वोच्चद्वारा मूल मिसिल झिकाउने आदेश

इन्टरनेट सेवा प्रदायकको २ अर्ब ९४ करोड राजस्व विवादमा सर्वोच्चद्वारा मूल मिसिल झिकाउने आदेश

वि.सं.२०८३ भदौ २ मंगलवार १७:४४

काठमाडौं ।  इन्टरनेट सेवा प्रदायकबाट उठाउनुपर्ने दूरसञ्चार सेवा दस्तुरसम्बन्धी ठूलो...

आईपीओ निष्कासनका लागि थप चार कम्पनीले मागे अनुमति

आईपीओ निष्कासनका लागि थप चार कम्पनीले मागे अनुमति

वि.सं.२०८३ भदौ २ मंगलवार १६:४३

काठमाडौं । आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट...

सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, बाँकी दुई योजनाका इकाईधनीको हात खाली

सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, बाँकी दुई योजनाका इकाईधनीको हात खाली

वि.सं.२०८३ भदौ २ मंगलवार १०:४१

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालित विभिन्न म्युचुअल...