back

आजबाट ‘प्रभु सेलेक्ट फण्ड’का इकाइहरु बिक्री खुला

nactional life

काठमाडौँ । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने १ अर्बको ‘प्रभु सेलेक्ट फण्ड’ का इकाइहरु आज जेठ ५ गतेबाट बिक्री खुला भएका छन् ।
कोष प्रवर्द्धक प्रभु बैंक तथा योजना व्यवस्थापक तथा डिपोजिटरी प्रभु क्यापिटल लिमिटेड रहेको यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ बिक्री खुला गरिएको हो। कुल इकाइमध्ये बीजपुँजीबापत न्यूनतम १ करोड ५० लाख इकाइ (१५ प्रतिशत) मध्ये कोष प्रवर्द्धक प्रभु बैंकलाई १४ प्रतिशतले हुन आउने १ करोड ४० लाख इकाइ र १ प्रतिशतले हुन आउने १० लाख इकाइ प्रभु क्यापिटललाई सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

यो योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतममा ८ करोड ५० लाख इकाइसम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। यो बन्दमुखी योजनामा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र देशभरिका तिनका शाखा कार्यालयहरुबाट तथा सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सिआस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।
सातवर्षे यस योजनाका निष्कासन बन्द छिटोमा जेठ ९ गते र ढिलो जेठ १५ गते हुनेछ।

यो योजनालाई नेपाल धितोपत्र बोर्डले गते वैशाख १३ गते निष्कासन गर्ने अनुमति दिएको थियो।

प्रभु सेलेक्ट फण्ड प्रभु क्यापिटल लिमिटेडले व्यवस्थापन गर्न लागेको पहिलो सामूहिक लगानी योजना हो । यो योजना अहिलेसम्म सञ्चालनमा आएका सामूहिक लगानी योजनाभन्दा पृथक रहने कम्पनीले जनाएको छ। यसले एकपटकमा बढीमा ३० वटासम्म कम्पनीहरुमा लगानी गरी आफ्नो अलग्गै बेञ्चमार्क बनाउनेछ, जसलाई नेप्से ३० बेन्चमार्कको रुपमा लिएर पनि लगानीकर्ताले यसमा लगानी गर्न सक्नेछन्।
यस योजनाले इकाइ बिक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशतसम्म सेयरमा लगानी गर्नेछ अर्थात यो एउटा इक्विटी ओरियन्डेड योजना हो। कम्पनीको व्यावसायिक वृद्धिदर उच्च रहेको, नियमित रुपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने, वित्तीय अवस्था सबल भएका कम्पनीका सेयरमा लगानी गरी नियमित खरिदबिक्री गर्ने भएकाले यो योजनाको नाम प्रभु सेलेक्ट फण्ड’ राखिएको हो।

यसले ७ वर्षको अवधिमा लगानीकर्तालाई करिब ३ गुणासम्म प्रतिफल प्रदान गर्ने लक्ष्य राखेको क्यापिटलले जनाएको छ। आफूसँग रहेको बचतलाई लगानीमा परिणत गर्दै दीर्घकालमा उच्च प्रतिफल चाहने लगानीकर्ताहरुले ढुक्कसँग यो सामूहिक लगानी योजनामा लगानी गर्नसक्ने क्यापिटलको भनाइ छ।

प्रभु क्यापिटलले लगानी व्यवस्थापन तथा योजना व्यवस्थापनका लागि नेपाली पुँजी बजारमा उपलब्ध सबैखाले स्रोतहरुको उच्चतम प्रयोग गर्दै आएको छ। हालको अवस्थामा पनि क्यापिटलले विभिन्न स्रोतबाट जुटाएर गएको १ वर्षयता करिब २ अर्ब बराबरको लगानी व्यवस्थापन गर्दै आएको छ। जसको औषत प्रतिफल निकै आकर्षक रहेको छ। जुन नेप्सेको औषत प्रतिफलभन्दा उच्च रहेको छ।

२०७८ जेठ ५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै...

स्वास्थ्य मन्त्री निशा मेहताको कडाइ : ११ स्वास्थ्य संस्थाबाट १.७८ करोड रुपैयाँ बक्यौता उठाइने

स्वास्थ्य मन्त्री निशा मेहताको कडाइ : ११ स्वास्थ्य संस्थाबाट १.७८ करोड रुपैयाँ बक्यौता उठाइने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशन...

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४५

काठमाडौँ। नेपाल बीमा प्राधिकरणमा बीमा दाबी भुक्तानी तथा सेवा प्रवाहसँग...

ग्लोबल आइएमई र भाटभटेनी बीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड

ग्लोबल आइएमई र भाटभटेनी बीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड...

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

वि.सं.२०८३ जेठ २५ सोमवार १५:३४

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १५:०६

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा आयोजित...