back

आजबाट ‘प्रभु सेलेक्ट फण्ड’का इकाइहरु बिक्री खुला

काठमाडौँ । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने १ अर्बको ‘प्रभु सेलेक्ट फण्ड’ का इकाइहरु आज जेठ ५ गतेबाट बिक्री खुला भएका छन् ।
कोष प्रवर्द्धक प्रभु बैंक तथा योजना व्यवस्थापक तथा डिपोजिटरी प्रभु क्यापिटल लिमिटेड रहेको यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ बिक्री खुला गरिएको हो। कुल इकाइमध्ये बीजपुँजीबापत न्यूनतम १ करोड ५० लाख इकाइ (१५ प्रतिशत) मध्ये कोष प्रवर्द्धक प्रभु बैंकलाई १४ प्रतिशतले हुन आउने १ करोड ४० लाख इकाइ र १ प्रतिशतले हुन आउने १० लाख इकाइ प्रभु क्यापिटललाई सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

यो योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतममा ८ करोड ५० लाख इकाइसम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। यो बन्दमुखी योजनामा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र देशभरिका तिनका शाखा कार्यालयहरुबाट तथा सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सिआस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।
सातवर्षे यस योजनाका निष्कासन बन्द छिटोमा जेठ ९ गते र ढिलो जेठ १५ गते हुनेछ।

यो योजनालाई नेपाल धितोपत्र बोर्डले गते वैशाख १३ गते निष्कासन गर्ने अनुमति दिएको थियो।

प्रभु सेलेक्ट फण्ड प्रभु क्यापिटल लिमिटेडले व्यवस्थापन गर्न लागेको पहिलो सामूहिक लगानी योजना हो । यो योजना अहिलेसम्म सञ्चालनमा आएका सामूहिक लगानी योजनाभन्दा पृथक रहने कम्पनीले जनाएको छ। यसले एकपटकमा बढीमा ३० वटासम्म कम्पनीहरुमा लगानी गरी आफ्नो अलग्गै बेञ्चमार्क बनाउनेछ, जसलाई नेप्से ३० बेन्चमार्कको रुपमा लिएर पनि लगानीकर्ताले यसमा लगानी गर्न सक्नेछन्।
यस योजनाले इकाइ बिक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशतसम्म सेयरमा लगानी गर्नेछ अर्थात यो एउटा इक्विटी ओरियन्डेड योजना हो। कम्पनीको व्यावसायिक वृद्धिदर उच्च रहेको, नियमित रुपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने, वित्तीय अवस्था सबल भएका कम्पनीका सेयरमा लगानी गरी नियमित खरिदबिक्री गर्ने भएकाले यो योजनाको नाम प्रभु सेलेक्ट फण्ड’ राखिएको हो।

यसले ७ वर्षको अवधिमा लगानीकर्तालाई करिब ३ गुणासम्म प्रतिफल प्रदान गर्ने लक्ष्य राखेको क्यापिटलले जनाएको छ। आफूसँग रहेको बचतलाई लगानीमा परिणत गर्दै दीर्घकालमा उच्च प्रतिफल चाहने लगानीकर्ताहरुले ढुक्कसँग यो सामूहिक लगानी योजनामा लगानी गर्नसक्ने क्यापिटलको भनाइ छ।

प्रभु क्यापिटलले लगानी व्यवस्थापन तथा योजना व्यवस्थापनका लागि नेपाली पुँजी बजारमा उपलब्ध सबैखाले स्रोतहरुको उच्चतम प्रयोग गर्दै आएको छ। हालको अवस्थामा पनि क्यापिटलले विभिन्न स्रोतबाट जुटाएर गएको १ वर्षयता करिब २ अर्ब बराबरको लगानी व्यवस्थापन गर्दै आएको छ। जसको औषत प्रतिफल निकै आकर्षक रहेको छ। जुन नेप्सेको औषत प्रतिफलभन्दा उच्च रहेको छ।

२०७८ जेठ ५ गते प्रकाशित


melung
निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१७

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८...

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय...

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

वि.सं.२०८० साउन ३० मंगलवार १६:४२

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक...

यस कारण भदौमा अधिकांश बैंकको ब्याज बढ्ने

यस कारण भदौमा अधिकांश बैंकको ब्याज बढ्ने

वि.सं.२०८० साउन ३० मंगलवार १६:२७

काठमाडौं । भदौमा अधिकांश बैंकहरुले निक्षेपतर्फको ब्याज बढाउने भएका छन्...

सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो ग्लोबल आइएमई

सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो ग्लोबल आइएमई

वि.सं.२०८० साउन ३० मंगलवार १५:५७

काठमाडौँ । देशको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंक लिमिटेड...

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

वि.सं.२०८० साउन २९ सोमवार १६:२७

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच...