back

कोभिड–१९ को रोकथाम र उपचारसँग सम्बन्धित सामग्रीहरुको भन्सार जाँचपास छिटो र छरितो बनाउन निर्देशन

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिएका छन् ।

भर्चुअल माध्यमबाट सोमबार आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री पौडेलले भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक, विभिन्न भन्सार कार्यालयका प्रमुखहरुलाई नेपाल सरकार, प्रदेश, स्थानीय तह, गैरसकारी संस्था, निजी क्षेत्रले आयात गर्ने लिक्विड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट र त्यसका पार्टपूर्जा लगायतका सामग्रीहरुको बिना झन्झट भन्सार जाँचपास गरी आपूर्तिलाई थप सहज बनाउन निर्देशन दिएका हुन् ।

उनले एकातिर कोभिड–१९ बाट जोगिनु पर्ने र अर्कातिर प्रभावकारी रुपमा कार्य सम्पादन गर्नु पर्ने अवस्था रहेको उल्लेख गर्दै स्वास्थ्य मापदण्ड पालना गरी काम गर्न कर्मचारीहरुलाई आग्रह गरे ।

अर्थमन्त्री पौडेलले कोभिड–१९ को उपचारका लागि आयात भएका वस्तुको परिणाम र मूल्य सहित दैनिक रुपमा जानकारी गराउन पनि निर्देशन दिए।

अर्थसचिव शिशिरकुमार ढुङ्गानाले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धित सामग्रीहरुको भन्सार जाँचपास सम्बन्धी संक्षिप्त कार्यविधि जारी गरी लागू गर्न निर्देशन दिए।

राजस्व सचिव रामशरण पुडासैनीले छिटो जाँचपासका लागि छिमेकी मुलुकको भन्सार कार्यालयहरुसँग समन्वय गरी चौबिसै घण्टा प्रभावकारी रुपमा काम गर्न निर्देशन दिए।

कार्यक्रममा भन्सार विभागका महानिर्देशक यमलाल भूसालले अत्यावश्यक वस्तुहरुको आपूर्तिलाई सहज बनाउन विभागले क्विक रेस्पोन्स टिम बनाएर काम गरेको जानकारी दिए।

२०७८ जेठ ५ गते प्रकाशित


वित्तीय क्षेत्रको संवेदनशीलता बुझेर सूचना सम्प्रेषण गर्नु जरुरी छ डेपुटी सिइओ पाण्डे

वित्तीय क्षेत्रको संवेदनशीलता बुझेर सूचना सम्प्रेषण गर्नु जरुरी छ डेपुटी सिइओ पाण्डे

वि.सं.२०८२ असार ६ शुक्रवार १६:५७

काठमाडौंं । नविल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ)...

वित्तीय क्षेत्रमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण छ: डेपुटी गभर्नर मिश्र

वित्तीय क्षेत्रमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण छ: डेपुटी गभर्नर मिश्र

वि.सं.२०८२ असार ६ शुक्रवार १६:५४

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले...

कर्जाको माग बढाउने गरि आगामी आवको मौद्रिक नीति आउनुपर्छः योजना आयोग सदस्य श्रेष्ठ

कर्जाको माग बढाउने गरि आगामी आवको मौद्रिक नीति आउनुपर्छः योजना आयोग सदस्य श्रेष्ठ

वि.सं.२०८२ असार ६ शुक्रवार १६:५१

काठमाडौं ।  राष्ट्रिय योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठले रियल सेक्टर...

६६ अर्ब बढी लगानी डुब्ने अवस्था आएपछि इप्पानले घोषणा ग¥यो आन्दोलन, यस्ता छन् कार्यक्रम

६६ अर्ब बढी लगानी डुब्ने अवस्था आएपछि इप्पानले घोषणा ग¥यो आन्दोलन, यस्ता छन् कार्यक्रम

वि.सं.२०८२ असार ५ बिहीवार २०:३६

काठमाडौं । टेक एण्ड पे पीपीए सम्बन्धी प्रावधान हटाउने सम्बन्धमा...

ड्रोनबाट यस्तो देखियो, बलम्बु फ्लाईओभर

ड्रोनबाट यस्तो देखियो, बलम्बु फ्लाईओभर

वि.सं.२०८२ असार ५ बिहीवार २०:०३

काठमाडौंको नागढुंगा बलम्बु–सिस्नेखोला सुरूङ मार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न चन्द्रागिरि नगरपालिकाको...

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

वि.सं.२०८२ असार ५ बिहीवार १९:५८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न पाउने गरी...