back
nactional

प्रोटोन इ.मास ५ को नयाँ टिभिसी ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक

काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले कम्प्याक्ट विद्युतीय एसयूभी प्रोटोन इ.मास ५ को नयाँ टिभिसी फिल्म ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक गरेको छ।

अभियानले काम, परिवार, सिर्जनशीलता र यात्रासँग जोडिएका चार फरक कथामार्फत आधुनिक सहरी जीवनका विविध पक्षलाई प्रस्तुत गरेको छ। टिभिसीमा करियरको महत्वपूर्ण मोडमा रहेका युवा उद्यमी, सिर्जनात्मक स्थानको खोजीमा रहेका कलाकार, योजनाविनै यात्रामा निस्किएका साथीहरू र परिवारसँग समय बिताइरहेका पात्रका कथा समेटिएका छन्।

अभियानले प्रोटोन इ.मास ५ को प्रविधिलाई मात्र केन्द्रमा नराखी यसको फराकिलो स्पेस, आरामदायी इन्टेरियर र बहुउपयोगिताले दैनिक जीवनलाई कसरी सहज बनाउन सक्छ भन्ने पक्षलाई प्रस्तुत गरेको कम्पनीले जनाएको छ। हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा प्रोटोन इ.मास ५ ले ग्राहकबाट उच्च चासो र बुकिङ प्राप्त गरेको कम्पनीको दाबी छ।

प्रोटोन इ.मास ५ प्राइम र प्रिमियम भेरियन्टमा उपलब्ध छ। यसमा रियर–ह्विल ड्राइभ, जि–ट्र्याक्सन कन्ट्रोल, ३२ वटा स्मार्ट स्टोरेज कम्पार्टमेन्ट, ७० लिटरको फ्रन्ट ट्रंक, १४.६ इन्चको फुल–एचडी टचस्क्रिन तथा भेहिकल–टु–लोड (भी–टु–एल) क्षमता रहेको छ। मुख्य टिभिसी सार्वजनिक भएसँगै चारवटै कथामा आधारित छुट्टाछुट्टै छोटा फिल्म पनि आगामी हप्तामा प्रोटोन नेपालका डिजिटल प्लेटफर्ममार्फत क्रमशः सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाली बजारमा हिरोको पहिलो एड्भेन्चर म्याक्सी स्कुटर जुम १६० नाडा अटो शोमा सार्वजनिक हुँदै

नेपाली बजारमा हिरोको पहिलो एड्भेन्चर म्याक्सी स्कुटर जुम १६० नाडा अटो शोमा सार्वजनिक हुँदै

वि.सं.२०८३ भदौ ४ बिहीवार १६:३४

काठमाडौं। नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक वितरक सीजी मोटर्सले आफ्नो...

यामाहाको नयाँ स्पोर्ट्स मोटोसाइकल आर २ आगामी साता भारतमा सार्वजनिक हुँदै

यामाहाको नयाँ स्पोर्ट्स मोटोसाइकल आर २ आगामी साता भारतमा सार्वजनिक हुँदै

वि.सं.२०८३ भदौ ४ बिहीवार १६:१६

काठमाडौं। यामाहाको चर्चित आर सिरिज अन्तर्गत भारतमा निर्माण भएको नयाँ...

नेपालमा आज लन्च हुँदै रोयल इनफिल्ड क्लासिक ३५० को ‘गोर्खा एडिसन’

नेपालमा आज लन्च हुँदै रोयल इनफिल्ड क्लासिक ३५० को ‘गोर्खा एडिसन’

वि.सं.२०८३ भदौ ४ बिहीवार १०:४१

काठमाडौं । रोयल इनफिल्डको लोकप्रिय बाइक क्लासिक ३५० को नयाँ...

नेपालमा नयाँ ‘नामी भिगो ई २’ सार्वजनिक: ५ लाख सस्तियो मूल्य, नाडा अटो शोमा ३५.९९ लाखमै पाइने

नेपालमा नयाँ ‘नामी भिगो ई २’ सार्वजनिक: ५ लाख सस्तियो मूल्य, नाडा अटो शोमा ३५.९९ लाखमै पाइने

वि.सं.२०८३ भदौ ३ बुधवार २१:४४

काठमाडौँ । नेपालको विद्युतीय सवारी साधन (ईभी) बजारमा तीव्र प्रतिस्पर्धा...

नेपालमा बहुप्रतीक्षित ‘Sierra.ev’ भित्रियो, नाडा अटो शोमा आधिकारिक रूपमा सार्वजनिक गरिँदै

नेपालमा बहुप्रतीक्षित ‘Sierra.ev’ भित्रियो, नाडा अटो शोमा आधिकारिक रूपमा सार्वजनिक गरिँदै

वि.सं.२०८३ भदौ ३ बुधवार २१:४२

काठमाडौँ । भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

राठी ट्रेडिङले मनोहरामा सुरु गर्‍यो अत्याधुनिक ईभी सर्भिस सेन्टर र चार्जिङ नेटवर्क

राठी ट्रेडिङले मनोहरामा सुरु गर्‍यो अत्याधुनिक ईभी सर्भिस सेन्टर र चार्जिङ नेटवर्क

वि.सं.२०८३ भदौ ३ बुधवार १७:५७

काठमाडौं । चीनको शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका विद्युतीय सवारी...