back
nactional

नेपाली बजारमा हिरोको पहिलो एड्भेन्चर म्याक्सी स्कुटर जुम १६० नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं। नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक वितरक सीजी मोटर्सले आफ्नो बहुप्रतीक्षित एड्भेन्चर सेग्मेन्टको नयाँ स्कुटर जुम १६० आगामी साता नेपाली बजारमा औपचारिक रूपमा बिक्री सुरु गर्ने भएको छ।

कम्पनीले आगामी भदौ ९ गतेदेखि काठमाडौंमा आयोजना हुन गइरहेको ‘नाडा अटो शो २०२६’ को भव्य मञ्च प्रयोग गरी यस स्कुटरको बिक्री तथा वितरण थाल्ने तयारी पूरा गरेको छ। गत वर्षको नाडा अटो शोमा केवल प्रदर्शनीका लागि मात्र राखिएको यो एड्भेन्चर म्याक्सी स्कुटरलाई यसपटक भने नेपाली ग्राहकले सोझै खरिद गर्न पाउने भएका हुन्।

कम्पनीले आफ्ना आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्महरू मार्फत नयाँ एड्भेन्चर स्कुटरको आगमनबारे जानकारी सार्वजनिक गरिसकेको छ। अत्यन्तै आकर्षक र स्पोर्टी म्याक्सी डिजाइनमा तयार पारिएको जुम १६० मा १५६ सीसी क्षमताको लिक्विड-कुल्ड, फोर-भल्भ, सिंगल-सिलिन्डर, एसओएचसी, फ्युल इन्जेक्टेड (एफआई) इन्जिन जडान गरिएको छ। शक्तिशाली प्रदर्शनका लागि परिचित यो इन्जिनले अधिकतम ८००० आरपीएममा १४.६ बीएचपी पावर तथा ६५०० आरपीएममा १४ एनएम टर्क उत्पादन गर्छ।

लामो यात्रा र अफरोड राइडलाई समेत ध्यानमा राखेर निर्माण गरिएको यस स्कुटरमा हिरोको इन्धन बचत गर्ने प्रविधि आई३एस (i3S) साइलेन्ट स्टार्ट सिस्टम समावेश छ। आधुनिक फिचरका रूपमा यसमा डुअल चेम्बर एलईडी हेडलाइट सेटअप, फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट ड्यासबोर्ड, ब्लुटुथ कनेक्टिभिटी, टर्न-बाई-टर्न (TBT) नेभिगेसन, स्मार्ट की, सीभीटी ट्रान्समिसन, डिस्क ब्रेक, एबीएस र मोबाइल चार्जिङ पोर्ट उपलब्ध गराइएको छ।

उकालो-ओरालो र कच्ची सडकमा सहज यात्राका लागि यसको अगाडि टेलिस्कोपिक हाइड्रोलिक सक अब्जर्बर र पछाडि ट्वीन सक अब्जर्बर सस्पेन्सन सेटअप रहेको छ। यसका साथै १४ इन्चको ठूलो अलोय ह्वील, डुअल पर्पस ट्युबलेस टायर, रिमोट कि बाट खुल्ने सिट, अग्लो विन्डसिल्ड र टुरिङ एसेसरिज सेटअपले यसलाई प्रिमियम एड्भेन्चर लुक्स प्रदान गरेका छन्। नेपाली प्रिमियम स्कुटर बजारमा यसको आगमनले अन्य प्रतिस्पर्धी ब्रान्डहरूलाई कडा चुनौती दिने अपेक्षा गरिएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रोटोन इ.मास ५ को नयाँ टिभिसी ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक

प्रोटोन इ.मास ५ को नयाँ टिभिसी ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक

वि.सं.२०८३ भदौ ४ बिहीवार १६:४४

काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले...

यामाहाको नयाँ स्पोर्ट्स मोटोसाइकल आर २ आगामी साता भारतमा सार्वजनिक हुँदै

यामाहाको नयाँ स्पोर्ट्स मोटोसाइकल आर २ आगामी साता भारतमा सार्वजनिक हुँदै

वि.सं.२०८३ भदौ ४ बिहीवार १६:१६

काठमाडौं। यामाहाको चर्चित आर सिरिज अन्तर्गत भारतमा निर्माण भएको नयाँ...

नेपालमा आज लन्च हुँदै रोयल इनफिल्ड क्लासिक ३५० को ‘गोर्खा एडिसन’

नेपालमा आज लन्च हुँदै रोयल इनफिल्ड क्लासिक ३५० को ‘गोर्खा एडिसन’

वि.सं.२०८३ भदौ ४ बिहीवार १०:४१

काठमाडौं । रोयल इनफिल्डको लोकप्रिय बाइक क्लासिक ३५० को नयाँ...

नेपालमा नयाँ ‘नामी भिगो ई २’ सार्वजनिक: ५ लाख सस्तियो मूल्य, नाडा अटो शोमा ३५.९९ लाखमै पाइने

नेपालमा नयाँ ‘नामी भिगो ई २’ सार्वजनिक: ५ लाख सस्तियो मूल्य, नाडा अटो शोमा ३५.९९ लाखमै पाइने

वि.सं.२०८३ भदौ ३ बुधवार २१:४४

काठमाडौँ । नेपालको विद्युतीय सवारी साधन (ईभी) बजारमा तीव्र प्रतिस्पर्धा...

नेपालमा बहुप्रतीक्षित ‘Sierra.ev’ भित्रियो, नाडा अटो शोमा आधिकारिक रूपमा सार्वजनिक गरिँदै

नेपालमा बहुप्रतीक्षित ‘Sierra.ev’ भित्रियो, नाडा अटो शोमा आधिकारिक रूपमा सार्वजनिक गरिँदै

वि.सं.२०८३ भदौ ३ बुधवार २१:४२

काठमाडौँ । भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

राठी ट्रेडिङले मनोहरामा सुरु गर्‍यो अत्याधुनिक ईभी सर्भिस सेन्टर र चार्जिङ नेटवर्क

राठी ट्रेडिङले मनोहरामा सुरु गर्‍यो अत्याधुनिक ईभी सर्भिस सेन्टर र चार्जिङ नेटवर्क

वि.सं.२०८३ भदौ ३ बुधवार १७:५७

काठमाडौं । चीनको शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका विद्युतीय सवारी...