back

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को प्रसारणका लागि हिमालय स्पोर्ट्ससँग सह–प्रायोजकका रूपमा सहकार्य गरेको छ। यस सहकार्यअन्तर्गत विश्वकपका खेलहरू हिमालय स्पोर्ट्स टिभी तथा DIGO App मार्फत प्रसारण हुँदा नेपाल लाइफ पनि आधिकारिक सह–प्रायोजकका रूपमा सहभागी रहनेछ।

नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले विश्वकै सर्वाधिक लोकप्रिय खेल महोत्सव फिफा विश्वकप २०२६ को प्रसारणमा हिमालय स्पोर्ट्ससँग सहकार्य गर्न पाउँदा कम्पनी गौरवान्वित भएको बताउनुभयो।

उहाँले विश्वभरका अर्बौं दर्शकको आकर्षणको केन्द्र बन्ने फिफा विश्वकपले खेलकुदमार्फत मानिसहरूलाई एकताबद्ध गर्ने उल्लेख गर्दै यस ऐतिहासिक प्रतियोगितासँग आफ्नो उपस्थिति जोड्न पाउनु नेपाल लाइफका लागि गर्वको विषय भएको बताउनुभयो।

पराजुलीका अनुसार उक्त सहकार्यले नेपाली दर्शकलाई विश्वकपको रोमाञ्च अझ नजिकबाट अनुभव गराउन मद्दत गर्नेछ। साथै, नेपाल लाइफको ब्रान्डलाई देशभरका खेलप्रेमीसँग थप प्रभावकारी रूपमा जोड्ने विश्वास कम्पनीले लिएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

माछापुच्छ्रे बैंकको ‘बिल जितौँ’ सुविधा सञ्चालनमा

माछापुच्छ्रे बैंकको ‘बिल जितौँ’ सुविधा सञ्चालनमा

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:१९

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार...

सिआईबीको छानबिनमा निर्दोष ठहरिएपछि सन नेपाल लाइफका सिइओ अर्याल काममा फर्किए

सिआईबीको छानबिनमा निर्दोष ठहरिएपछि सन नेपाल लाइफका सिइओ अर्याल काममा फर्किए

वि.सं.२०८३ साउन २२ शुक्रवार १२:४५

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ)...

नबिलको ‘लाइफटाइम फ्री क्रेडिट कार्ड’ अफर, घरबाटै आवेदन दिन सकिने

नबिलको ‘लाइफटाइम फ्री क्रेडिट कार्ड’ अफर, घरबाटै आवेदन दिन सकिने

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:१८

काठमाडौं । नबिल बैंकले आफ्नो ४२औँ वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि...

सर्वोच्च अदालतद्वारा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष र सञ्चालकहरूलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी

सर्वोच्च अदालतद्वारा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष र सञ्चालकहरूलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी

वि.सं.२०८३ साउन २१ बिहीवार २१:१३

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेसहित सम्पूर्ण...

नेपाल बैंक र चितवन इन्जिनियरिङबीच ४.५ मेगावाटको लाङटाङ लघु जलविद्युत आयोजनाका लागि सम्झौता

नेपाल बैंक र चितवन इन्जिनियरिङबीच ४.५ मेगावाटको लाङटाङ लघु जलविद्युत आयोजनाका लागि सम्झौता

वि.सं.२०८३ साउन २१ बिहीवार २१:०७

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इन्जिनियरिङ लिमिटेड बीच...

ज्योति विकास बैंकको नाफा उल्लेख्य बढ्यो, वितरणयोग्य मुनाफा कति?

ज्योति विकास बैंकको नाफा उल्लेख्य बढ्यो, वितरणयोग्य मुनाफा कति?

वि.सं.२०८३ साउन २१ बिहीवार १५:०४

काठमाडौं ।  ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो...