back

लुम्बिनी विकास बैंकको खुद नाफामा उल्लेखनीय वृद्धि , प्रतिशेयर आम्दानी कति ?

काठमाडौँ। राष्ट्रिय स्तरको लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास (असार मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफामा उल्लेखनीय वृद्धि  गरेको छ।

असार मसान्तसम्म आइपुग्दा बैंकले ८५ करोड १० लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ।अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकले २४ करोड ११ लाख ६ हजार रुपैयाँ मात्र खुद नाफा कमाएकोमा समीक्षा अवधिमा नाफा २५२.९६ प्रतिशतको फराकिलो अन्तरले बढेको हो।

खुद नाफामा आएको यो उछालसँगै बैंकको सञ्चालन मुनाफा पनि १०८.५२ प्रतिशतले बढेर १ अर्ब २१ करोड ७८ लाख १२ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ५८ करोड ४० लाख ७७ हजार रुपैयाँमा सीमित थियो।

 

बैंकको इम्पेयरमेन्ट चार्ज ७७ करोड ८७ लाख ६२ हजार रुपैयाँबाट उल्लेख्य घटेर १३ करोड ६० लाख ३६ हजार रुपैयाँमा झरेकाले सञ्चालन मुनाफा र खुद नाफा बढाउन मुख्य सहयोग पुगेको छ।

बैंकको मुख्य व्यवसायको आधार मानिने खुद ब्याज आम्दानी पनि अघिल्लो वर्षको १ अर्ब ८५ करोड ७३ लाख १ हजार रुपैयाँको तुलनामा ७.५३ प्रतिशतले बढेर १ अर्ब ९९ करोड ७२ लाख २१ हजार रुपैयाँ पुगेको छ। यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ५.६२ प्रतिशतले बढेर २ अर्ब २८ करोड १४ लाख ६५ हजार रुपैयाँ पुगेको छ।

नाफामा आएको उच्च वृद्धिका कारण बैंकको लाभांश क्षमतामा राम्रो सुधार आएको छ। नियामक निकायका विभिन्न कोष तथा प्राविधिक समायोजनपश्चात् समीक्षा अवधिमा बैंकको कुल वितरणयोग्य मुनाफा ६१ करोड ५५ लाख ८० हजार रुपैयाँ कायम भएको छ, जुन अघिल्लो वर्ष १८ करोड ४३ लाख ६६ हजार रुपैयाँ रहेको थियो। यस आधारमा बैंकको प्रतिशेयर वितरणयोग्य मुनाफा १६.९९ रुपैयाँ पुगेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि ठूलो सुधार देखिएको छ। अघिल्लो वर्ष ६.५६ रुपैयाँ रहेको ईपीएस बढेर २३.४० रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ २१३.७३ रुपैयाँ कायम भएको छ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा ४.७१ प्रतिशतबाट केही बढेर ६.३४ प्रतिशत पुगेको छ। बैंकको आधार दर (बेस रेट) ५.४८ प्रतिशत, स्प्रेड रेट ३.७६ प्रतिशत र पुँजी कोष अनुपात १४.९६ प्रतिशत रहेको छ।

व्यवसाय विस्तारतर्फ ३ अर्ब ६२ करोड ३६ लाख ७८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले असार २०८३ सम्ममा सर्वसाधारण तथा विभिन्न संस्थाबाट ५७ अर्ब ४४ करोड ३३ लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ५ करोड ६२ लाख ३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

माछापुच्छ्रे बैंकको ‘बिल जितौँ’ सुविधा सञ्चालनमा

माछापुच्छ्रे बैंकको ‘बिल जितौँ’ सुविधा सञ्चालनमा

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:१९

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार...

सिआईबीको छानबिनमा निर्दोष ठहरिएपछि सन नेपाल लाइफका सिइओ अर्याल काममा फर्किए

सिआईबीको छानबिनमा निर्दोष ठहरिएपछि सन नेपाल लाइफका सिइओ अर्याल काममा फर्किए

वि.सं.२०८३ साउन २२ शुक्रवार १२:४५

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ)...

नबिलको ‘लाइफटाइम फ्री क्रेडिट कार्ड’ अफर, घरबाटै आवेदन दिन सकिने

नबिलको ‘लाइफटाइम फ्री क्रेडिट कार्ड’ अफर, घरबाटै आवेदन दिन सकिने

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:१८

काठमाडौं । नबिल बैंकले आफ्नो ४२औँ वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि...

सर्वोच्च अदालतद्वारा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष र सञ्चालकहरूलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी

सर्वोच्च अदालतद्वारा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष र सञ्चालकहरूलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी

वि.सं.२०८३ साउन २१ बिहीवार २१:१३

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेसहित सम्पूर्ण...

नेपाल बैंक र चितवन इन्जिनियरिङबीच ४.५ मेगावाटको लाङटाङ लघु जलविद्युत आयोजनाका लागि सम्झौता

नेपाल बैंक र चितवन इन्जिनियरिङबीच ४.५ मेगावाटको लाङटाङ लघु जलविद्युत आयोजनाका लागि सम्झौता

वि.सं.२०८३ साउन २१ बिहीवार २१:०७

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इन्जिनियरिङ लिमिटेड बीच...

ज्योति विकास बैंकको नाफा उल्लेख्य बढ्यो, वितरणयोग्य मुनाफा कति?

ज्योति विकास बैंकको नाफा उल्लेख्य बढ्यो, वितरणयोग्य मुनाफा कति?

वि.सं.२०८३ साउन २१ बिहीवार १५:०४

काठमाडौं ।  ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो...