back

गरिमा विकास बैंककाे नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, वितरणयोग्य नाफा १ अर्ब २१ करोड नाघ्यो

काठमाडौँ। राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा साढे १ अर्ब भन्दा बढी खुद नाफा कमाएको छ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास (असार मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा नाफा ३५.३४ प्रतिशतले बढेर १ अर्ब ६८ करोड ८६ लाख ६६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकले १ अर्ब २४ करोड ७६ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

यस्तै बैंकको मुख्य व्यवसायको आधार मानिने खुद ब्याज आम्दानी ६.१७ प्रतिशतले बढेर ३ अर्ब ८३ करोड ५१ लाख ३५ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ३ अर्ब ६१ करोड २० लाख ५७ हजार रुपैयाँ रहेको थियो।

 

मुख्य ब्याज आम्दानी तथा सेवा शुल्क एवम् कमिसन आम्दानीमा सुधार आएसँगै बैंकको कुल सञ्चालन आम्दानी पनि ७.३० प्रतिशतले वृद्धि भई ४ अर्ब ५६ करोड ७४ लाख २२ हजार रुपैयाँ पुगेको छ।

यस्तै, समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ३९.३४ प्रतिशतको फराकिलो अन्तरले बढेर २ अर्ब ५१ करोड ६३ लाख १४ हजार रुपैयाँ पुगेको छ।

नाफामा आएको उल्लेखनीय वृद्धिका कारण बैंकको लाभांश क्षमतामा पनि राम्रो सुधार आएको छ। नियामक निकायका विभिन्न कोष तथा प्राविधिक समायोजनपश्चात् समीक्षा अवधिमा बैंकको कुल वितरणयोग्य मुनाफा १ अर्ब २१ करोड ७९ लाख ६१ हजार रुपैयाँ कायम भएको छ, जुन अघिल्लो वर्ष ५९ करोड ९२ लाख १४ हजार रुपैयाँ मात्र रहेको थियो। यस आधारमा बैंकको प्रतिशेयर वितरणयोग्य मुनाफा २०.२३ रुपैयाँ पुगेको छ।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी २१.९६ रुपैयाँबाट उकालो लाग्दै २८.०४ रुपैयाँ पुगेको छ। यस्तै, बैंकको प्रतिशेयर नेटवर्थ १७७.२६ रुपैयाँ कायम भएको छ।

यता समीक्षा अवधिमा बैंकको खराब कर्जा भने ४.६६ प्रतिशतबाट बढेर ४.७६ प्रतिशत पुगेको छ। बैंकको आधार दर ५.२६ प्रतिशत, स्प्रेड रेट ४.०४ प्रतिशत र पुँजी कोष अनुपात १३.६३ प्रतिशतको सबल अवस्थामा रहेको छ।

व्यवसाय विस्तारतर्फ ६ अर्ब २ करोड १३ लाख ४८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले असार २०८३ सम्ममा सर्वसाधारण तथा विभिन्न संस्थाबाट ९२ अर्ब ४७ करोड २ लाख ७३ हजार रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब २४ करोड १२ लाख १२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ज्योति विकास बैंकको नाफा उल्लेख्य बढ्यो, वितरणयोग्य मुनाफा कति?

ज्योति विकास बैंकको नाफा उल्लेख्य बढ्यो, वितरणयोग्य मुनाफा कति?

वि.सं.२०८३ साउन २१ बिहीवार १५:०४

काठमाडौं ।  ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो...

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

वि.सं.२०८३ साउन २१ बिहीवार १३:०१

काठमाडौँ । पछिल्लो समय देशको आर्थिक गतिविधि सुस्त बनिरहेका बेला...

लुम्बिनी विकास बैंकको खुद नाफामा उल्लेखनीय वृद्धि , प्रतिशेयर आम्दानी कति ?

लुम्बिनी विकास बैंकको खुद नाफामा उल्लेखनीय वृद्धि , प्रतिशेयर आम्दानी कति ?

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५२

काठमाडौँ। राष्ट्रिय स्तरको लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

वि.सं.२०८३ साउन २१ बिहीवार ११:०४

काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट चार्जमा...

बैंकिङ प्रणालीबाट ८५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, अधिक तरलता व्यवस्थापन गर्ने तयारी

बैंकिङ प्रणालीबाट ८५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, अधिक तरलता व्यवस्थापन गर्ने तयारी

वि.सं.२०८३ साउन २० बुधवार १७:०३

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले...

मोबिलिटीदेखि शिक्षासम्मका दर्जनौँ सेवा एउटै एपबाट फिरिरी

मोबिलिटीदेखि शिक्षासम्मका दर्जनौँ सेवा एउटै एपबाट फिरिरी

वि.सं.२०८३ साउन २० बुधवार १६:१३

काठमाडौं । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो...