back

ज्योति विकास बैंकको नाफा उल्लेख्य बढ्यो, वितरणयोग्य मुनाफा कति?

काठमाडौं ।  ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ अर्ब ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९०५.७५० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १० करोड २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण खुद नाफा बढ्न पुगेको हो।समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.७७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १३.८८ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ७.७५ प्रतिशतबाट घटेर ६.५५ प्रतिशतमा झरेको छ। अघिल्लो आर्थिक वर्ष ८७ करोड ८५ लाख रुपैयाँ रहेको बैंकको इम्पेरमेन्ट चार्ज, गत आर्थिक वर्ष ३० करोड १२ लाख रुपैयाँ रिभर्स भएको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १४ करोड ४३ लाख रुपैयाँ रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २० रुपैयाँ ६१ पैसा बढेर २२ रुपैयाँ ८८ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.८२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ९७ पैसा रहेको छ।

४ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ११ करोड रुपैयाँ सञ्चित छ। गत असार मसान्तसम्ममा बैंकले ६७ अर्ब २२ करोड निक्षेप संकलन गरी ४९ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

वि.सं.२०८३ साउन २१ बिहीवार १३:०१

काठमाडौँ । पछिल्लो समय देशको आर्थिक गतिविधि सुस्त बनिरहेका बेला...

लुम्बिनी विकास बैंकको खुद नाफामा उल्लेखनीय वृद्धि , प्रतिशेयर आम्दानी कति ?

लुम्बिनी विकास बैंकको खुद नाफामा उल्लेखनीय वृद्धि , प्रतिशेयर आम्दानी कति ?

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५२

काठमाडौँ। राष्ट्रिय स्तरको लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष...

गरिमा विकास बैंककाे नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, वितरणयोग्य नाफा १ अर्ब २१ करोड नाघ्यो

गरिमा विकास बैंककाे नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, वितरणयोग्य नाफा १ अर्ब २१ करोड नाघ्यो

वि.सं.२०८३ साउन २१ बिहीवार ११:२४

काठमाडौँ। राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

वि.सं.२०८३ साउन २१ बिहीवार ११:०४

काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट चार्जमा...

बैंकिङ प्रणालीबाट ८५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, अधिक तरलता व्यवस्थापन गर्ने तयारी

बैंकिङ प्रणालीबाट ८५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, अधिक तरलता व्यवस्थापन गर्ने तयारी

वि.सं.२०८३ साउन २० बुधवार १७:०३

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले...

मोबिलिटीदेखि शिक्षासम्मका दर्जनौँ सेवा एउटै एपबाट फिरिरी

मोबिलिटीदेखि शिक्षासम्मका दर्जनौँ सेवा एउटै एपबाट फिरिरी

वि.सं.२०८३ साउन २० बुधवार १६:१३

काठमाडौं । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो...