back

आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन रास्वपाको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको महाधिवेशनका क्रममा निर्वाचन आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिने निर्णय गरेको छ।

बिहीबार पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपा सचिवालय बैठकले महाधिवेशन अगावै विभिन्न पदमा दाबी गर्ने र आवश्यकता भन्दा बढी प्रचारप्रसार देखिएकाले आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिने निर्णय गरेको महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए।

उनले भने,‘अनुशासनमा रहने र पार्टीको निर्वाचन आचारसंहिताभित्र पनि रहनेगरी निर्देशन गरिएको छ । पार्टीको महाधिवेशन अगावै आवश्यकता भन्दा बढी प्रचारप्रसार भएको होकि भन्ने पनि आएको थियो । त्यसो नगरी पार्टीलाई सौहार्दपूर्ण रूपमा एकढिक्का राख्नको लागि सबैको योगदान महत्वपूर्ण हुने भएकाले निर्वाचन आचारसंहिताभित्र रहेर सबै सदस्यलाई प्रस्तुत हुन अनुरोध गर्ने निर्णय भएको छ ।’

उनले विद्युतीय भोटिङ मेशिनको प्रयोगमार्फत महाधिवेशनको निर्वाचन तालिका सम्पन्न गर्ने गरी काम सुरु गरेको जानकारी दिए।

त्यस्तै उनका अनुसार अहिलेसम्मको प्रस्तावमा पार्टीको केन्द्रीय समिति १५१ र प्रदेश समितिका सभापतिहरू पदेन रहने छलफल अघि बढेको छ ।

त्यस्तै बैठकले महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिहरूले आफ्नो पुरानो पदअनुसारको लेवी तिरेको हुनुपर्ने र लेवी नतिरेको भए प्रवेशमा रोक लगाउने निर्णय गरेको पनि उनले जानकारी दिए ।

‘अधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिहरुले आफ्नो पुरानो पद अनुसारको लेवी तिरेको हुनुपर्ने लेवी नतिरे प्रवेशमा रोक लगाउने छ त्यसैले लेवी तिर्नको लागिआजको बैठकबाट अनुरोध गरेको छ,’उनले भने

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नीतिगत सुधारको माग गर्दै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द 

नीतिगत सुधारको माग गर्दै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द 

वि.सं.२०८३ साउन २२ शुक्रवार २०:१२

काठमाडौंं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रमा...

सार्वजनिक सडक विधेयकबारे ट्रक व्यवसायी : पाँच लाख जरिवाना संशोधन गर्न माग

सार्वजनिक सडक विधेयकबारे ट्रक व्यवसायी : पाँच लाख जरिवाना संशोधन गर्न माग

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:४०

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले प्रतिनिधिसभामा प्रस्तुत ‘सार्वजनिक...

सांसद यादवको प्रश्न : ढल्केबरको ट्रमा सेन्टर योजना कहाँ हरायो ? 

सांसद यादवको प्रश्न : ढल्केबरको ट्रमा सेन्टर योजना कहाँ हरायो ? 

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:३७

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.चन्द्रमोहन यादवले मधेश प्रदेशको धनुषास्थित...

कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:००

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले २०८२ भाद्र २४...

युरोपमा आप्रवासी संकट : स्यूटाका स्थानीय दबाबमा 

युरोपमा आप्रवासी संकट : स्यूटाका स्थानीय दबाबमा 

वि.सं.२०८३ साउन २२ शुक्रवार १२:५७

एजेन्सी । स्पेनको स्युटामा रोजगारी र नयाँ जीवनको खोजीमा पुगेका...

विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश

विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश

वि.सं.२०८३ साउन २१ बिहीवार १९:२०

काठमाडौं । सर्वोच्च अदालतले नदी किनार तथा अन्य स्थानका सुकुम्बासी...