back
Naima

माघ महिनाका लागि पनि घटाए वाणिज्य बैंकहरुले ब्याजदर, कुन बैंकको ब्याजदर कति?

हरेक महिना बैंकहरुले ब्याजदर घटाइरहे

काठमाडौं । पछिल्लो समय हरेक महिना ब्याजदर घटाइरहेका वाणिज्य बैंकहरुले माघ महिनाका लागि ब्याजदर घटाएका छन्। बैंकहरुसँग तरलता बढी भइरहेका कारण पछिल्लो समय हरेक महिना बैंकहरुले ब्याजदर घटाइरहेका हुन्।हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औषतमा ४.६८४५ प्रतिशतविन्दुका दरले ब्याज दिने भएका छन्। यो पुस महिनाको तुलनामा ०.१४९५ प्रतिशतविन्दु कम हो।

पुस महिनामा यस्तो मुद्दति निक्षेपमा बैंकहरुको अधिकतम औषत ब्याजदर ४.८३४ प्रतिशतविन्दु थियो।

व्यक्तिगत मुद्दति निक्षेपमा २० वाणिज्य बैंकमध्ये ११ बैंकहरुले ब्याजदर घटाएसँगै औषत ब्याजदर घट्न पुगेको हो।

माघ महिनाका लागि यस्तो मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाउने बैंकहरु, हिमालयन बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स इन्टरनेश्नल बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन्।

यीमध्ये सबैभन्दा बढी ब्याजदर घटाउने बैंक भने हिमालयन बैंक र माछापुच्छ्रे बैंक रहेका छन्। यी दुबै बैंकले ०.५ प्रतिशतविन्दुका दरले ब्याजदर घटाएका हुन्।

माघ महिनामा एक बैंकले भने यस्तो निक्षेपको अधिकतम ब्याजदर बढाएको छ। पुस महिनामा सबैभन्दा कम अधिकतम ब्याजदर (४.२५ प्रतिशत) रहेको प्राइम कमर्सियल बैंकले माघ महिनाका लागि भने बढाएर ४.४ प्रतिशत पुर्याएको छ। बैंकले ०.१५ प्रतिशतविन्दुका दरले ब्याजदर बढाएको हो।

समीक्षा अवधिमा संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर पनि घटेको छ। बैंकहरुको यस्तो ब्याजदर औषतमा ०.०६२५ प्रतिशतविन्दु घटेको हो। माघ महिनाका लागि ४ बैंकहरुले संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन्। बाँकी १६ बैंकहरुले भने यस्तो निक्षेपको अधिकतम ब्याजदरमा पुस महिनाकै दरलाई निरन्तरता दिएका छन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एलआईसी नेपालको नाफामा छलाङ, खुद नाफा २८ प्रतिशतभन्दा बढीले वृद्धि

एलआईसी नेपालको नाफामा छलाङ, खुद नाफा २८ प्रतिशतभन्दा बढीले वृद्धि

वि.सं.२०८३ साउन २८ बिहीवार १०:३८

काठमाडौँ । जीवन बीमाको क्षेत्रमा लामो समयदेखि सक्रिय लाइफ इन्स्योरेन्स...

पुनर्बीमा निर्देशिकामा चौथो संशोधन: स्वदेशी पुनर्बीमकलाई ३०% हिस्सा अनिवार्य, जोखिम धारण र रेटिङमा कडा मापदण्ड

पुनर्बीमा निर्देशिकामा चौथो संशोधन: स्वदेशी पुनर्बीमकलाई ३०% हिस्सा अनिवार्य, जोखिम धारण र रेटिङमा कडा मापदण्ड

वि.सं.२०८३ साउन २७ बुधवार १९:३७

काठमाडौं । नेपालको बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

वि.सं.२०८३ साउन २७ बुधवार १९:१८

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) मा...

विकास बैंकको नाफा साढे ८ अर्ब नाघ्यो, कुनको कति ?

विकास बैंकको नाफा साढे ८ अर्ब नाघ्यो, कुनको कति ?

वि.सं.२०८३ साउन २७ बुधवार ११:४१

काठमाडौँ। नेपालका राष्ट्रियस्तरका विकास बैंकहरूले गत आर्थिक वर्ष २०८२/८३ मा...

मुक्तिनाथ विकास बैंकद्वारा १ खर्बभन्दा बढी कर्जा प्रवाह: नेपालकै पहिलो विकास बैंक बन्दै रच्यो नयाँ इतिहास

मुक्तिनाथ विकास बैंकद्वारा १ खर्बभन्दा बढी कर्जा प्रवाह: नेपालकै पहिलो विकास बैंक बन्दै रच्यो नयाँ इतिहास

वि.सं.२०८३ साउन २७ बुधवार ११:२३

काठमाडौँ। नेपालको बैंकिङ क्षेत्रमा विकास बैंकहरूको तर्फबाट मुक्तिनाथ विकास बैंक...

नेपाल एसबीआई बैंकले कमायाे २ अर्ब नाफा, लाभांश क्षमता कति ?

नेपाल एसबीआई बैंकले कमायाे २ अर्ब नाफा, लाभांश क्षमता कति ?

वि.सं.२०८३ साउन २७ बुधवार ११:१९

काठमाडाैं । नेपाल एसबीआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३...