नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर
वि.सं.२०८३ साउन २७ बुधवार
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) मा बैकिङ पार्टनरका रुपमा सहभागी सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ ।
बैंकले एक्स्पो अवधिभर सवारी साधन खरिदका लागि कर्जा लिने ग्राहकहरूका लागी ०.५ प्रतिशत सेवा शुल्क तथा आधार दरमा वार्षिक थप १ प्रतिशत प्रिमियमको ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने अफर ल्याएको छ । उक्त विशेष योजना २०८३ साउन २६ गतेदेखि ३१ गतेसम्म (११–१६ अगस्ट २०२६) आयोजना भइरहेको नाइमा नेपाल माबिलिटी एक्स्पो २०२६ अवधिभर लागू हुनेछ ।
सवारी साधन खरिद गर्न इच्छुक ग्राहकहरूले एक्स्पोमा सहभागी भई बैंकको विशेष कर्जा योजनाको लाभ लिन सक्नु हुनेछन् । यस योजनामार्फत ग्राहकलाई सहज, सरल तथा प्रतिस्पर्धी कर्जा सुविधा उपलब्ध गराउँदै आफ्नो आवश्यकता अनुरूपको सवारी साधन खरिद गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
प्रकाशित समय : १९:१८ बजे






















