back
Naima

माघे संक्रान्तिले बढायो तरुलको कारोबार,यो हप्तामात्रै ९०० टन तरुल बजारमा भित्रियो

काठमाडौं । माघे संक्रान्तिको अवसरमा काठमाडौं उपत्यकामा तरुलसहित कन्दमूलको कारोबार तीव्र बनेको छ । विशेष गरी तरुल, पिँडालु र सखरखण्डको माग बढेपछि पुष मसान्त सम्म कन्दमुलको आगमन उल्लेख्य रूपमा वृद्धि भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार यो हप्तामात्रै करिब ८०० देखि ९०० टन तरुल बजारमा भित्रिएको छ । पुष महिनाभरको तथ्याङ्क हेर्दा हालसम्म करिब १ हजार ३ सय टन तरुल भित्रिसकेको छ । यस वर्ष कन्दमूलको कुल आगमन करिब ३ हजार ४ सय टन पुगेको छ, जसमा झन्डै ६० प्रतिशत हिस्सा तरुलको रहेको छ ।

तरुलको मुख्य आपूर्ति आन्तरिक उत्पादन क्षेत्रबाट नै हुने गरेको श्रेष्ठले बताए । उनका अनुसार तराईका सर्लाही, सुनसरी र मोरङ जिल्लाबाट मात्रै करिब ६० प्रतिशत तरुल आपूर्ति हुने गरेको छ । यस्तै, धादिङ, काभ्रे, मकवानपुरलगायत उपत्यकाका छिमेकी जिल्ला तथा पूर्वको झापादेखि पश्चिमतर्फ पाल्पासम्मका जिल्लाबाट पनि तरुल आउने गरेको छ ।

आन्तरिक उत्पादन पर्याप्त भए तापनि केही मात्रामा भारतीय कन्दमूल पनि भित्रिने गरेको छ । “करिब ९० प्रतिशत कन्दमूल आन्तरिक उत्पादनकै हुन्छ, बाँकी ८–१० प्रतिशत भारतबाट आउने गरेको देखिन्छ,” श्रेष्ठले भने । विशेष गरी सखरखण्ड भने भारतीय क्षेत्रबाट बढी आउने गरेको उनले जानकारी दिए ।

समितीको तथ्याङ्कअनुसार यो पुष महिनामा हालसम्म करिब १ हजार ७३० टन तरुल, ५७० टन पिडालु र १ हजार १ सय टन सखरखण्ड बजारमा भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष कन्दमूलको आगमन बढेको देखिन्छ । विशेषगरी सखरखण्डको आयात झन्डै दोब्बर भएको छ । गत वर्षको पुषमा २८६ टन सखरखण्ड भित्रिएकोमा यस वर्ष करिब ६ सय टन भित्रिसकेको छ ।

मूल्यको सन्दर्भमा, सखरखण्डको मूल्य तुलनात्मक रूपमा स्थिर भए पनि माघे संक्रान्तिलाई लक्षित गर्दै तरुलको मूल्य दिनानुदिन बढ्दो देखिन्छ । संक्रान्तिको दिन बजारमा आएको तरुल प्रायः सकिने भएकाले त्यसअघिसम्म मूल्य उकालो लाग्ने गरेको श्रेष्ठले बताए ।

हाल बजारमा सर्लाहीतिरबाट आउने आकाशे तरुल र पाताले तरुल बढी बिक्री हुने गरेका छन् । यी तरुल केही दिनअघि प्रतिकिलो ७०–८० रुपैयाँमा बिक्री हुँदै आएकोमा हाल १०० देखि १५० रुपैयाँसम्म पुगेको छ । सुनसरी र मोरङबाट आउने हात्तीपाइले तरुल प्रतिकिलो ८०–१०० रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै, वनतरुल भने २०० रुपैयाँभन्दा माथि पुगेको छ भने सिमलतरुल, सेतो तरुल र मुडे तरुलजस्ता स्थानीय तरुल थोकमा ६०–७० रुपैयाँमा कारोबार भइरहेको छ ।

श्रेष्ठका अनुसार पहिले कालीमाटी नै मुख्य थोक बजार रहे पनि अहिले उपत्यकाका विभिन्न स्थानमा ठूला थोक बजार खुलेपछि तरुललगायतका उपजहरू सोझै ती बजारमा पुग्ने प्रवृत्ति बढेको छ । यसका कारण काठमाडौँ उपत्यकामा प्रवेश गर्ने वास्तविक परिमाण कालीमाटीमा देखिएको भन्दा अझ बढी हुन सक्ने अनुमान गरिएको छ । माघे संक्रान्तिसँगै तरुलको कारोबार लगभग समाप्त हुने र त्यसपछि बजारमा माग घट्ने भएकाले संक्रान्तिसम्म तरुलको मूल्य उच्च नै रहने श्रेष्ठले बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

समस्याग्रस्त सहकारी व्यवस्थापन समिति: ४ हजार बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समिति: ४ हजार बचतकर्ताको रकम फिर्ता

वि.सं.२०८३ साउन २५ सोमवार १७:०४

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब ४ हजार...

शिक्षक दिलबहादुरको कृषिकर्म : खोरियामा फुल्यो ‘ड्रागन’को सपना

शिक्षक दिलबहादुरको कृषिकर्म : खोरियामा फुल्यो ‘ड्रागन’को सपना

वि.सं.२०८३ साउन २४ आइतवार १२:३९

रामेछाप । दिनभरि विद्यालयको कक्षाकोठामा विद्यार्थीलाई पढाउने जिम्मेवारी । बिहान...

रौतहटका धान खेत जलाशयमा परिणत, किसान मर्कामा 

रौतहटका धान खेत जलाशयमा परिणत, किसान मर्कामा 

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१८

रौतहट । प्रकृतिकोे सानो कृपाको पर्खाइमा रहेका रौतहटका किसानमाथि दैवले...

किसानले आफ्नो लगानीअनुसार सहज रूपमा प्रतिफल प्राप्त गर्ने वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री शाह

किसानले आफ्नो लगानीअनुसार सहज रूपमा प्रतिफल प्राप्त गर्ने वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री शाह

वि.सं.२०८३ साउन २० बुधवार १६:१७

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले किसानले आफ्नो...

दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

वि.सं.२०८३ साउन १९ मंगलवार ११:०८

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति...

कियान केमिकल्सको ११ अर्बको मेगा प्रोजेक्टः इथानोलमार्फत देशलाई आत्मनिर्भर बनाउने लक्ष्य

कियान केमिकल्सको ११ अर्बको मेगा प्रोजेक्टः इथानोलमार्फत देशलाई आत्मनिर्भर बनाउने लक्ष्य

वि.सं.२०८३ साउन १८ सोमवार ०९:४१

काठमाडौं । नेपालमा इथानोल उत्पादन र कृषि क्षेत्रलाई औद्योगिकरण गर्ने...