back

महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी कल सेन्टर” को सुरुवात

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम “महालक्ष्मी कल सेन्टर” सञ्चालनमा ल्याएको छ। बैंकिङ्ग सेवाहरुको रुपान्तरणकारी परिवर्तन स्वरुप परम्परागतरुपमा उपलब्ध सेवाहरुमा थप विस्तार गर्दै यस्तो सेवाको सुरुवात गरेको हो ।

बैंकले सञ्चालनमा ल्याएको “महालक्ष्मी कल सेन्टर” बाट ग्राहक सहायता सम्बन्धी जानकारी प्रदान गर्ने, ग्राहकहरुको जिज्ञासा तथा गुनासोको सम्बोधन गर्ने, वित्तीय सेवाहरु सम्बन्धी जानकारी प्रदान गर्ने, डिजिटल बैंकिङ्ग सम्बन्धी आइपर्ने प्राविधिक समस्याहरुको सम्बोधन गर्ने, ग्राहकहरुबाट आउने उजुरीको अभिलेख राखी सोको निराकरणको लागि प्रक्रिया अगाडी बढाउने लगायतका कार्यहरु गर्नेछ। बैंकले एक निश्चित समय भित्र कल सेन्टर मार्फत आएका गुनासो/जिज्ञासा/उजुरीहरुको सम्बोधन गर्नेछ ।

यस अन्तर्गत ग्राहकहरुले फोन नम्बर ०१–५९७०९७३ मा सिधा सम्पर्क गर्न सक्नेछन् वा इमेल ठेगाना [email protected] मा इमेल गर्न सक्नेछन् । यसबाट ग्राहकहरुको समस्याहरुको व्यवस्थापन र समाधान गर्न सहज हुने तथा ग्राहक सेवा प्रणालीलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सर्वोच्च अदालतद्वारा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष र सञ्चालकहरूलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी

सर्वोच्च अदालतद्वारा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष र सञ्चालकहरूलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी

वि.सं.२०८३ साउन २१ बिहीवार २१:१३

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेसहित सम्पूर्ण...

नेपाल बैंक र चितवन इन्जिनियरिङबीच ४.५ मेगावाटको लाङटाङ लघु जलविद्युत आयोजनाका लागि सम्झौता

नेपाल बैंक र चितवन इन्जिनियरिङबीच ४.५ मेगावाटको लाङटाङ लघु जलविद्युत आयोजनाका लागि सम्झौता

वि.सं.२०८३ साउन २१ बिहीवार २१:०७

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इन्जिनियरिङ लिमिटेड बीच...

ज्योति विकास बैंकको नाफा उल्लेख्य बढ्यो, वितरणयोग्य मुनाफा कति?

ज्योति विकास बैंकको नाफा उल्लेख्य बढ्यो, वितरणयोग्य मुनाफा कति?

वि.सं.२०८३ साउन २१ बिहीवार १५:०४

काठमाडौं ।  ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो...

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

वि.सं.२०८३ साउन २१ बिहीवार १३:०१

काठमाडौँ । पछिल्लो समय देशको आर्थिक गतिविधि सुस्त बनिरहेका बेला...

लुम्बिनी विकास बैंकको खुद नाफामा उल्लेखनीय वृद्धि , प्रतिशेयर आम्दानी कति ?

लुम्बिनी विकास बैंकको खुद नाफामा उल्लेखनीय वृद्धि , प्रतिशेयर आम्दानी कति ?

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५२

काठमाडौँ। राष्ट्रिय स्तरको लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष...

गरिमा विकास बैंककाे नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, वितरणयोग्य नाफा १ अर्ब २१ करोड नाघ्यो

गरिमा विकास बैंककाे नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, वितरणयोग्य नाफा १ अर्ब २१ करोड नाघ्यो

वि.सं.२०८३ साउन २१ बिहीवार ११:२४

काठमाडौँ। राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष...