back

सन नेपाल लाइफ इन्स्योरेन्स तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बैंककमा आयोजना भएको आईसीसी २०२४ एसिया इन्स्योरेन्स कार्यक्रममा संलग्न भएका बीमा कम्पनीहरुमध्येबाट उत्कृष्टताका आधारमा तीन प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ ।

कम्पनीले ‘उत्कृष्ट जोखिम व्यवस्थापन रणनीति’, ‘बीमा क्षेत्रमा महिला नेतृत्व’ तथा ‘उत्कृष्ट ग्राहकमैत्री जीवन बीमा सेवा’ विधामा उच्च सम्मान प्राप्त गर्दै आफ्नो व्यावसायिक उत्कृष्टता प्रमाणित गरेको छ । बैंककमा आयोजित विशेष कार्यक्रममा उक्त अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले ग्रहण गरेका थिए । यस प्रतिष्ठित उपलब्धिले कम्पनीको नवीन रणनीति, समावेशी नेतृत्व, र ग्राहक केन्द्रित सेवामा उच्चतम मानक स्थापित गरेको पुष्टि गर्दछ । यसले नेपालको बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनुका साथै ग्राहकको विश्वासलाई अझ मजबुत बनाउने प्रेरणा प्रदान गर्नेछ ।

सन नेपाल लाइफले १३९ शाखा तथा उपशाखा कार्यालयमार्फत देशभर जीवन बीमा सेवा प्रदान गर्दै आफ्ना ग्राहकको वित्तीय सुरक्षामा निरन्तर समर्पित रहेको जनाएको छ।


सिटिजन्स बैंकको ‘टपअप र फोनपे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं’ अभियान

सिटिजन्स बैंकको ‘टपअप र फोनपे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं’ अभियान

वि.सं.२०८१ चैत ४ सोमवार १०:५८

काठमाडौं । डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सिटिजन्स बैंक...

नेपाल बैंक र वात्सल्य नेचुरल आईभिएफबीच छुट सम्बन्धी सम्झौता

नेपाल बैंक र वात्सल्य नेचुरल आईभिएफबीच छुट सम्बन्धी सम्झौता

वि.सं.२०८१ चैत ४ सोमवार १०:५५

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता...

महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी क्यालेन्डर २०८२’ को डिजिटल संस्करण सार्वजानिक

महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी क्यालेन्डर २०८२’ को डिजिटल संस्करण सार्वजानिक

वि.सं.२०८१ चैत ४ सोमवार १०:५३

काठमाडौं । महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी क्यालेन्डर २०८२’ को डिजिटल...

एभरेष्ट बैंकको बाँडफाँड, ब्याजदर कति ?

एभरेष्ट बैंकको बाँडफाँड, ब्याजदर कति ?

वि.सं.२०८१ चैत ४ सोमवार १०:५१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको छ ।...

आजदेखि ग्लोबल मनि विक २०२५ मनाउँदै राष्ट्र बैंक

आजदेखि ग्लोबल मनि विक २०२५ मनाउँदै राष्ट्र बैंक

वि.सं.२०८१ चैत ४ सोमवार १०:२५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज, मार्च १७ तारिख अर्थात...

बीमा प्राधिकरणमा नवनियुक्त सदस्य पोखरेलद्वारा सपथ ग्रहण

बीमा प्राधिकरणमा नवनियुक्त सदस्य पोखरेलद्वारा सपथ ग्रहण

वि.सं.२०८१ चैत ३ आइतवार १३:४१

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको नवनियुक्त सदस्य राधा...