back

चीन-भारत जोड्ने कालीगण्डकी करिडोरमा २४ वटा मोटरेबल पुल

काठमाडौं । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङका तीन वटा मोटर चल्ने पुल निर्माण भएको छ ।

बेनी-जोमसोम-कोरला सडक आयोजना कार्यालय, मुस्ताङले घरपझोङ गाउँपालिका-२ मार्फाखोला, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-६ छुसाङको नर्सिङखोला र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङखोलामा ३१ करोड ७८ लाख रुपैयाँको लागतमा मोटरेबल पुल निर्माण गरेको हो ।

आयोजनाका प्रमुख धु्रवकुमार झाले तीनवटै पुलको संरचना र पहुँचमार्ग निर्माण सकेर सवारीसाधन सञ्चालन हुन थालेका जानकारी दिए । उनका अनुसार मार्फाखोलामा १२० र छुसाङको नर्सिङखोलामा ९० मिटर लामो मोटरेबल पुल निर्माणका लागि ६ वर्षअघि हिमदुङ एण्ड थोकर इमोटल कन्ट्रक्सनले २१ करोड ६० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

चराङखोलामा ८० मिटर लामो मोटरेबल पुल निर्माणका लागि विसं २०७५ असार २९ गते १० करोड १८ लाख रुपैयाँमा काष्ठमाण्डप निर्माण सेवाले ठेक्का लिएको थियो । पक्की पुल सञ्चालन भएपछि काठको मुडा राखिएको कच्ची र अस्थायी पुल तथा खोलाबाट जोखिम मोलेर सवारी वारपार गर्नुपर्ने समस्या हटेको लोघेकर–दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोम्साङ छोम्फेल विष्टले बताए ।पर्वतको मालढुुङ्गादेखि म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने २०२ किलोमिटर दूरीको बेनी-जोमसोम कोरला सडकअन्तर्गत २४ वटा मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेको, १२ वटा निर्माण सकिएको, २ वटा निर्माणाधीन, ५ वटाको ठेक्का तोडेको र ५ वटा पुल निर्माणको प्रक्रियामा छन् । विसं २०७३/७४ देखि सुुरु भएको योजनाको हालसम्म ८४ प्रतिशत भौतिक प्रगति भएको छ ।


पोखरा बेलुन विस्फोट घटनाको छानविन समितिले बुझायो प्रतिवेदन: के छ प्रतिवेदनमा ?

पोखरा बेलुन विस्फोट घटनाको छानविन समितिले बुझायो प्रतिवेदन: के छ प्रतिवेदनमा ?

वि.सं.२०८१ चैत ५ मंगलवार १७:३१

काठमाडौं । पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उदघाटन समारोहमा...

रोकिएन सेयर बजारको गिरावट : नेप्से ७.६६ अंकले घटेर २६९७.०४ बिन्दुमा

रोकिएन सेयर बजारको गिरावट : नेप्से ७.६६ अंकले घटेर २६९७.०४ बिन्दुमा

वि.सं.२०८१ चैत ५ मंगलवार १७:२१

काठमाडौं। मंगलबार नेप्से परिसूचक ७.६६ अंकले घटेर २६९७.०४ बिन्दुमा झरेको...

अवैध विदेशी मुद्रासहित पक्राउ परेका लामा सार्वजनिक

अवैध विदेशी मुद्रासहित पक्राउ परेका लामा सार्वजनिक

वि.सं.२०८१ चैत ५ मंगलवार १५:१०

काठमाडौं । अवैध विदेशी मुद्रासहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका कुसाङ...

बर्ली एयर कूलरको नेपालमा भव्य रूपमा लन्च

बर्ली एयर कूलरको नेपालमा भव्य रूपमा लन्च

वि.सं.२०८१ चैत ५ मंगलवार १४:२१

काठमाडौं। भारतको सबैभन्दा ठूलो इक्विपमेन्ट म्यानुफ्याक्चरर बर्ली होम एप्लायन्सले नेपालमा...

सुनको मूल्य ऐतिहासिक उचाइमा : बनायो नयाँ रेकर्ड

सुनको मूल्य ऐतिहासिक उचाइमा : बनायो नयाँ रेकर्ड

वि.सं.२०८१ चैत ५ मंगलवार १०:५८

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम...

राष्ट्र बैंकका गभर्नर अधिकारी आजबाट विदामा : कामुको जिम्मा डा.नीलम ढुंगानालाई

राष्ट्र बैंकका गभर्नर अधिकारी आजबाट विदामा : कामुको जिम्मा डा.नीलम ढुंगानालाई

वि.सं.२०८१ चैत ५ मंगलवार १०:४२

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजबाट विदामा बसेका...