back

कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज १५ गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले असोज ३० गते, बुधबार, लिसारा रिसेप्शन, भगवती बहाल, नक्साल, काठमाडौँमा १८ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, सभाले प्रतिकित्ता १०० रुपैयाँका दरले ३५ करोड रुपैयाँ बराबरको वार्षिक ९ प्रतिशत लाभांश दर कायम हुनेगरी अविमोच्य असञ्चित अग्राधिकार शेयर जारी गरी प्राथमिक पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायका प्रस्तावहरु पनि पारित गर्नेछ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बैंकिङ प्रणालीबाट ८५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, अधिक तरलता व्यवस्थापन गर्ने तयारी

बैंकिङ प्रणालीबाट ८५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, अधिक तरलता व्यवस्थापन गर्ने तयारी

वि.सं.२०८३ साउन २० बुधवार १७:०३

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले...

मोबिलिटीदेखि शिक्षासम्मका दर्जनौँ सेवा एउटै एपबाट फिरिरी

मोबिलिटीदेखि शिक्षासम्मका दर्जनौँ सेवा एउटै एपबाट फिरिरी

वि.सं.२०८३ साउन २० बुधवार १६:१३

काठमाडौं । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो...

महालक्ष्मी विकास बैंकको नाफा ४८.४६ प्रतिशतले बढ्याे, लाभांश क्षमता कस्ताे ?

महालक्ष्मी विकास बैंकको नाफा ४८.४६ प्रतिशतले बढ्याे, लाभांश क्षमता कस्ताे ?

वि.सं.२०८३ साउन २० बुधवार ०९:३७

काठमाडौँ। राष्ट्रिय स्तरको महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष...

नबिल बैंकको नाफा झण्डै ८ अर्ब, ईपीएस कति ?

नबिल बैंकको नाफा झण्डै ८ अर्ब, ईपीएस कति ?

वि.सं.२०८३ साउन २० बुधवार ०९:३४

काठमाडौँ। नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा करिव...

जोखिमरहित बैंकिङमा एभरेस्ट बैंक अगाडि, खुद नाफा ५ अर्ब ६ करोड भन्दा माथि

जोखिमरहित बैंकिङमा एभरेस्ट बैंक अगाडि, खुद नाफा ५ अर्ब ६ करोड भन्दा माथि

वि.सं.२०८३ साउन २० बुधवार ०९:३१

काठमाडौँ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास (असार मसान्त) सम्म...

व्यवसायमा ग्लोबल आइएमई बैंकको खुद नाफा ६ अर्ब नाघ्याे, लाभांश क्षमता कति ?

व्यवसायमा ग्लोबल आइएमई बैंकको खुद नाफा ६ अर्ब नाघ्याे, लाभांश क्षमता कति ?

वि.सं.२०८३ साउन २० बुधवार ०९:२७

काठमाडौँ। बैंकिङ क्षेत्रमा आफ्नो व्यावसायिक दायरालाई तीव्र रूपमा विस्तार गरिरहेको...