back

बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा १ करोड सहयोगको घोषणा

काठमाडौं । लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले १ करोड सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा बद्री केसीका अनुसार आइतबार भएको भर्चुअल बैठकमा सङ्घका पदाधिकारीहरूले पहिलो चरणमा तत्काल बाढीपीडितका लागि एक करोड सहयोग गर्ने निर्णय गरेका हुन् ।

बैठकले गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष डा हेमराज शर्माको संयोजकत्वमा उच्चस्तरीय आर्थिक सहयोग सङ्कलन समिति गठन गरेको छ । समितिमा सङ्घका विभिन्न पदाधिकारी, क्षेत्रीय संयोजक तथा राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरू समावेश छन् । पदाधिकारीको बैठक पछि राष्ट्रिय समन्वय परिषद् र अन्तर्राष्ट्रिय समन्वय परिषद्को आपतकालीन संयुक्त बैठक आयोजना गरी सहयोग सङ्कलनमा थप छलफल गरिने जनाइएको छ ।

अध्यक्ष डा केसीका अनुसार एनआरएनएले राष्ट्रिय समितिको सहकार्यमा बाढी प्रभावित क्षेत्रमा भौतिक रूपमा उपस्थित भएर राहत वितरण गर्ने तयारी गरिरहेको छ । बैठकले वर्षाका कारण उत्पन्न विपद्का घटनामा ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जलि व्यक्त गर्दै, शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । यसैक्रममा सङ्घले प्रभावित क्षेत्रको क्षति अध्ययन गर्न काठमाडौँमा रहेका सोम सापकोटा र कृष्ण तिमल्सिनासहितको समिति गठन गरेको छ । समितिले आफ्नो प्रतिवेदन अन्तर्राष्ट्रिय परिषद् (केन्द्रीय समिति) बैठकमा प्रस्तुत गर्नेछ । बाढीपहिरोबाट काठमाडौँ, भक्तपुर, मकवानपुर, ललितपुर, काभ्रे, धादिङ, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, नुवाकोट, पाँचथर, धनकुटा, उदयपुर, सोलुखुम्बु, इलाम, महोत्तरी र सप्तरी जिल्लाका बासिन्दा प्रभावित छन् ।

सङ्घका महासचिव गौरीराज जोशीले सङ्घको वार्षिक साधारणसभाको तयारीबारे पनि बैठकमा छलफल भएको जानकारी दिए । उक्त साधारणसभा आगामी कात्तिकको ११ र १२ मा काठमाडौँमा आयोजना हुँदैछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

उपभोक्ता अदालत गठनदेखि डिजिटल बजार नियमनसम्म सरकारको ध्यान जानुपर्छ : सांसद रोशनी मेचे

उपभोक्ता अदालत गठनदेखि डिजिटल बजार नियमनसम्म सरकारको ध्यान जानुपर्छ : सांसद रोशनी मेचे

वि.सं.२०८३ साउन २० बुधवार १८:०७

काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दैनिक...

नेपाल टेलिकमको बक्यौता पौष मसान्तसम्म जरिवाना छुट हुने

नेपाल टेलिकमको बक्यौता पौष मसान्तसम्म जरिवाना छुट हुने

वि.सं.२०८३ साउन २० बुधवार १७:२०

काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/८१ सम्मको बक्यौता महसुल...

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई : स्नेहशील बुद्धिमत्ता’ प्रदर्शनी, २०२६ का अत्याधुनिक एआई उत्पादन सार्वजनिक

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई : स्नेहशील बुद्धिमत्ता’ प्रदर्शनी, २०२६ का अत्याधुनिक एआई उत्पादन सार्वजनिक

वि.सं.२०८३ साउन २० बुधवार १६:३७

काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले नेपालका लागि आफ्नो आधिकारिक वितरक सीजी...

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

वि.सं.२०८३ साउन २० बुधवार १६:३१

काठमाडौं । मनसुनका बादलहरूले देशभर ऊर्जा प्रवाह गरिरहेका बेला एनसेलले...

सुनचाँदको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ साउन २० बुधवार ११:१९

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन २० बुधवार ०९:५२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...